Logo

सामाजिक र राजनीतिक उ’त्पीडन वि’रुद्ध अर्को वि’द्रोहको तयारी गरौं, नयाँ नेपाल बनाउ : नेता बुढाथोकी


शान्ति नाछिरिङ, काठमाडौं । पश्चिम रुकुम–सोती घ’टना सामाजिक, राजनीतिक उत्पीडनको पराकाष्टा भएको भन्दै पूर्व संसद समेत रहेका नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकीले न्यायको लागि अर्को वि’द्रोहको तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजको आयोजनामा आज काठमाडौंमा सम्पन्न ‘रुकुम सोती न’रसंहार लगायत देशभरीका जा’तिय ह’त्या एवं वि’भेद वि’रुद्धको वृहत विरोध सभालाई सम्बोधन गर्दै महासचिव बुढाथोकीले त्यस्तो बताएका हुन ।

उनले उक्त घ’टनाको घोर भ’त्सर्ना गर्दै घ’टनाको सत्य, तथ्य अ’नुसन्धान गरी दो’षीलाई कडा का’रबाहीको माग माग समेत गरे । उनले ठुलो सधै ठूलो नहुने तर्क गर्दै भने–‘विश्वको सबैभन्दा शक्तिशाली भनिने देश अ’मेरिका अहिले अ’सफल भएको छ, भारतीय वि’स्तारवादी भारतीय सरकार अहिले अ’सफल भैरहेको छ, यसबाट हामीले दमित, उत्पीडित वर्गको शक्तिलाई राम्रोसँग देखाउँछ ।’

उनले भने–‘दश बर्षयता सयौं सामाजिक वि’भेदका घटनाहरु घटेका छन् । छु’वाछुत, ब’लात्कार, ह’त्या र वि’भेदका घटनाहरु दिनानुदिन बढिरहेको छ, मुलुकमा कथित कम्युनिष्टको सरकार छ भनिन्छ, त्यसले के हेरेर बसेको छ , यो गम्भीर प्रश्न चिन्ह छ ।’

अ’पराधीहरु कुनैपनि दल वा समूहको हुन नसक्ने भन्दै उनले भने–‘अ’पराधीलाई कडा भन्दा कडा स’जाय गराउनुपर्ने र त्यसको लागि सम्पूर्ण उत्पीडित जनसमूहहरु सं’घर्षको प्रकृयामा जोडिन आवश्यक छ । यो सत्ताँले हामीलाई सजिलै अधिकारका दिनेवाला छैन ।’

माओवादी जनयु’द्धमा वर्गिय उत्पीडनका विरुद्ध ब’न्दुक बोकेर हिडेका दलित, उत्पीडित जनसमूदायहरु मुलुकमा आएको लोकतान्त्रीक गणतन्त्रको अवस्थामा समेत अ’न्यायमा पर्नुपर्ने, अ’नाहकमा मर्नुपर्ने र राज्यले न्या’यको अनुभूति दिलाउन नसक्नुले जनयु’द्ध लडेका योद्धाहरुप्रति र समग्र वर्ग संघर्षप्रति नै अप’मान भएको उनले बताए ।

उनले भने–‘जनयु’द्धमा ब’न्दुकको झोला बोकेर मृ’त्युवरण गर्न हिडेका यो’द्धाहरु यो देशमा समानताको राज्यसत्ताँ ल्याउन गएका थिए, जनताको संविधान ल्याउन हिडेका थिए, यो हैन कि थप पि’डा सहनुपर्ने ।’

उनले भने–‘हामी चे’तावनी दिन चाहन्छौं यस्तै अवस्था रहने हो भने हामी फेरी अर्को विद्रोहको लागि आम उत्पीडित जनसमूहमा आह्वान गर्नेछौ र अघि बढ्ने निश्चित छ । मुलत यो वर्गिय समस्या नै हो ।’

सामाजिक र राजनीतिक उ’त्पीडन नयाँ ढंगले बढेको भन्दै उनले भने–‘अब हामी सबै राजनीतिक दलहरु, सामाजिक अभियन्ताहरु र सबै उत्पीडित नागरिकहरु सामाजिक तथा राजनीतिक उत्पीडन, सरकारको द’मनका वि’रुद्ध एक भएर सं’घर्षमा होमिनुको विकल्प छैन ।’

नेपाल दलित संघका नेता जीवन परियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय जागरण मञ्च, नेपालका नरबहादुर कार्की, संघिय लोकतान्त्रीक मञ्चका कुमार लिङ्देन, दलित नागरिक समाजका भक्त विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका मिना स्वर्णकार लगायतले समेत सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रममा नेपाली काग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महत, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य परी थापा लगायत जनता समाजवादी पार्टी, वैज्ञानिक समाजवादी पार्टी, नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा (संयुक्त), साझा पार्टी, लगायत विभिन्न १४ दल तथा संगठनहरुका नेताहरुको सहभागिता रहेको थियो ।

संयुक्त दलित अधिकार मञ्च, नेपालका दुर्गा बराईलीले सञ्चालन गरेको उक्त कार्यक्रममा सयौं सहभागिहरु अषाढे बर्षातको समेत ख्याल नगरि विरोधको कार्यक्रममा सरिक भएका थिए । कार्यक्रममा सहभागिहरुले माइतिघर मण्डलाबाट वि’रोध र्याली सहित वानेश्वर चोकमा पुगेर सभामा गरेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्