Logo

कृषी बैज्ञानिक मदन राई भन्छन, ‘सलह किरा पक्रीएर ल्याए १ हजार केजिको १ लाख दिने’


कृषी बिज्ञ मदन राईले कसैले सलह किरा समाएर हामी शुभद्रा मदन फाउण्डेशनमा ल्याइदिए किलाेकाे नगद १०० रपियाले १००० किलाेसम्म ल्याए क्यास १ लाख नगद भूक्तानी दिने बताएका छन ।

उनले थप्दै फेसबुकमा लेखेका छन, हामी १००० किलाे मध्ये बिध्यार्थीलाइ मज्जाले भुटेर माछामासुकाे सट्टामा बिभिन्न परिकार बनाएर ख्वाउँछाैं। केही हामीसंग भएकाे पशुपंछीकाे दाना बनाउँछाैं। सिद्राकाे सट्टामा याे प्रयाेग गर्नेछाैं । केही हामीसंग भएकाे सबैखाले पंछीलाइ ख्वाउनेछाैं। तर यसलाइ मार्ने बहानामा बिष किनेर घुस नखाम अनि वातावरण बिषालु नबन समेत अनुरोध गरेको छन ।

कृषी बिज्ञ मन्दन राई भन्छन, ‘याे बाक्लाे आयो भने अलिक ठूलाे कपडा दूइजनाले दुइछेउमा तानेर सलहछैकाैं। एकै ठाउँमा एकैपटक पाँचदसकिलाे समाउन सकिन्छ। पातलाेलाइ पनि समाउने वा खेदेर बाली जाेगाउने। सलह सबैजसाे पंछीकाे खाना हाे। जंगली पंछीपनि माेटाउने भाे। मूख्य कुरा हाम्राे धानकाेदाे,मकै, आलु, तरकारी-फलफुल बाली जाेगाउनु हाे। घाँसपनि जाेगाउँ। तर पहिलाे अन्न जोगाउ।’

मदन राई ‘६७’ कृषिविज्ञका रुपमा प्रतिष्ठित नाम हो । गरिबी र अशिक्षाले ग्रस्त समाजमा जन्मी हुर्केका राई पहिलो अक्षर त्यो बेला सिके जुन बेला उनको उमेर ९ वर्षको थियो । पढाईमा अब्बल राईले कृषिमा बिएससी गरे । १७ वर्ष जागिर खाए । अमेरिकामा पिएचडी गर्दागर्दै यूएनका जागिर खान गए । विश्वका धेरै मुुलुक, त्यहाँको समाजलाई नजिकबाट नियालेका राई नेपालका ७७ जिल्ला त पैदल नै घुमेका छन् भने सबै जिल्लामा कृषिको अनुभब समेत गरेका छन ।

यो पनि पढनुहोस : सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अनिकाल निम्त्याउने एक किलो सलह किरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको छ। आइतबार धान दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलन उक्त निर्णय भएको जानकारी दिइएको हो।

मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माका अनुसार सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २५ रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको छ।

सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयहरुले तत्काल नगद दिने उनले बताए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्