बराबरीमा रोकिएको बार्सिलोना शीर्ष स्थानमा
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा बार्सिलोना घरेलु टिम सेल्टा भिगोसँग २-२ गोलको बराबरीमा रोकिएको हो । सेल्टाको मैदानमा बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे । सेल्टाका फेडोर स्मोलोभ र इयागो आसपसले एक एक गरे ।
उपाधि दाबेदार बार्सिलोनाले २० औं मिनेटमा स्वारेजको गोलबाट अग्रता बनाएको थियो । ५० औं मिनेटमा फेडोरले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।
स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने खेलमा क्याटलान क्लब बार्सिलोना फेरी एकपटक अंक तालिकाको शीर्षस्थानमा फर्कने लक्ष्यसाथ उत्रदैछ थियो तर खेलमा बराबरी सहित दोश्रो स्थानमा रहेको छ । यो खेल २-२ गोला मा सकिएको छ ।
खेल मा बार्सिलोनाको तर्फबाट लुइस स्वारेजले २० मिनेट र ६७ मिनेटमा गोल गरेको थियो भने सेल्टा भिगोको तर्फबाट फ्योडोर स्मोलोव र लोगो आपसले ५० मिनेट र ८८ मिनेटमा गोल गरेको थियो ।
लयमा रहेको सेल्टा भिगोको मैदानमा जित निकाल्दै बार्सिलोना शीर्षस्थानमा रहेको रियल म्याड्रिडमाथि दबाब कायम गर्ने सुरमा योजनमा भए पनि पुरा हुन सकेन । लिग स्थगित हुनुअघि निकै खराब लयमा रहेको सेल्टालाई रेलिगेसनको डर समेत बढ्न थालेको थियो । तर लिग सुचारु भएपछि सकारात्मक नतिजा ल्याउँदै सेल्टा केहि ढुक्क अवस्थामा सस्थ अगि बढेको थियो ।
लिग सुचारु भएलगत्तै भिल्लारियलसँग १-० ले पराजित भएको सेल्टाले त्यसपछि रियल भालाडोलिडसँग गोलरहित बराबरी खेलेको थियो । गत साता अलाभेसमाथि ६-० को सानदार जित दर्ता गरेको सेल्टाले रियल सोसीडाडलाई १-० ले हराएको थियो भने आज बार्सिलोनासँग बराबबरी खेलेको हो ।
खेलको ६७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । तर, खेलको ८८ औं मिनेटमा आसपसले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए । सेल्टासँग बराबरीमा रोकिए पनि बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले ३२ खेलबाट ६९ अंक जोडेको छ । र, बार्सिलोना रियल मड्रिडलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको रियलको ६८ अक रहेको छ । ३४ अंक जोडेको सेल्टा १६ औं स्थानमा रहेको छ । ला लिगा अन्तर्गत नै अर्को खेलमा एथ्लेटिक बिल्बाओले मालोर्कालाई ३-१ गोल अन्तरले हराएको छ ।
बार्सिलोनाले पछिल्ला केहि खेलमा अपेक्षित प्रदर्शन गर्न सकेको छैन । पछिल्ला ५ मध्य ४ खेल जितेपनि शीर्षस्थानमा पकड गुमाउँदा टोलीको मनोबल कम भएको छ । अघिल्लो खेल सेभिल्लाविरुद्ध गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाले पछिल्लो खेलमा एथ्लेटिक बिल्बाओविरुद्ध १-० को जित दर्ता गर्न निकै संघर्ष गर्नुपरेको थियो । त्यस्तै गरी एक समय जितको नजिक पुगे पनि अङ्क बाड्न पर्यो । यो खेलबाट रियल मेड्रीडलाई फाइदा पुगेको छ ।



