Logo

क्वारेन्टाइनमै यौ’नलिला चलेपछी भिडियो भयो भाईरल


एजेन्सी-कोरोना भाइरसको संक्रमण भएको आशंकामा विश्वभरका धेरै देशहरूले क्वारेन्टिनमा राख्ने गर्दै आएका छन् । यसैक्रममा युगाण्डा सरकारले कोरोना संक्रमितलाई राखिएको क्वारेन्टिनमा राखिएकाहरुले त्यहीँ यौनलीला सुरु गरेपछि सरकारले उनिहरुको गतिविधिमाथि निगरानी गर्न सुरक्षाकर्मी खटाउनुपरेको सार्वजनिक भएको छ ।

युगाण्डाको स्वास्थ मन्त्रालयका अनुसार सरकारी क्वारेन्टिनमा राखिएकाहरुले एक अर्कासँग शारीरिक सम्बन्ध राख्ने कार्यले कोरोना नियन्त्रणमा ठूलो चुनौती थपेको टिप्पणी गरेको छ । युगाण्डा सरकारका स्वास्थ सचीव डियाना अटविनेका अनुसार नागरिकको यस्तो हर्कतले कोरोना भाइरस रोक्ने सबै प्रयास बेकार हुन सक्ने चिन्ता जाहेर गरे ।

स्वास्थ सचीव डियानाका अनुसार क्वारेन्टिनमा राखिएका कोरोना संदिग्धहरुले आफ्ना पार्टनरसँग नभई सोही सेन्टरमा भेटिने विपरीत लिङ्गीसँग यौनलीला सुरु गर्नुले चुनौती थपेको ‘द गार्जियन नाइजेरिया’ ले उल्लेख गरेको छ ।

‘द गार्जियन नाइजेरिया’ले युगाण्डाका स्वास्थ सचीव डियानालाई उदृत गर्दै ‘युगाण्डाका नागरिक कोरोना भाइरसको खतराको बिषयमा गम्भीर छैनन् । क्वारेन्टिनमा बसीरहेका कैयौं संदिग्धहरुले सेक्सुअल अफयेर चलाइरहेका छन् । हामीले उनिहरुलाई जहाँ राखेका छौं, उनिहरु त्यहाँको अर्को कोठाहरुमा गैरहेका छन् । ‘यही कारण केहीलाई १४ दिन बितिसकेपछि पनि क्वारेन्टिनमै राखिएको छ भने मानिसहरूको आवतजावत रोक्नको लागि क्वारेन्टिन सेन्टरमा सुरक्षा अधिकारीहरु तैनाथ गरिएको छ’ उनले भने ।

यो पनि पढ्नुहोस : देशमा बिभिन्न किसिमका बिबिध कुरा हुँदै आएको छ । सिन्धुली जिल्लामा महिला वडा सदस्य र विद्यालयका प्रधानाध्यापक रातभरि एउटै कोठामा सुतेको फेला परेपछि स्थानीयले पक्राउ गरेर प्रहरीमा बुझाएका छन् । तर, राजनीतिक दवावका कारण साे का;ण्डलाई गाउँपालिकाबाट दवावमा गुपचुप बनाइएकाे छ ।फिक्कल गाउँपालिकाको वडा नम्बर १ कि महिला वडासदस्य कोपिला (नाम परिवर्तन) र सोही वडाको प्राथमिक विद्यालयका प्रधानाध्यापक टीकाराम मगर खाङसाङको एउटा होटेलको कोठाबाट बिहीबार बिहान सात बजे पक्राउ परेका हुन् । उनीहरूका बीच लामो समयदेखि अनैतिकसम्बन्ध रहेको आरोप पक्राउ गर्ने स्थानीयहरूले लगाएका छन् । दुबै जना विवाहित भए पनि अबै;ध सम्बन्ध राख्ने गरेकाे जनाइएकाे छ ।स्थानीयहरूले वडा सदस्य कोपिला र प्रधानाध्यापक मगरलाई एकसाथ पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए ।

राजनीतिक दवाव परेपछि प्रहरीले जाहेरी नै नलिएर छाडिदिएकाे छ । वडा सदस्य कोपिला र प्रधानाध्यापक मगरविरुद्ध कसैले पनि उजुरी नदिएपछि दुबैलाई गाउँपालिकाको जिम्मा लगाइदिएको सिन्धुली प्रहरीकाे भनाइ छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी प्रमुख एसपी रञ्जु सिग्देलले खाङसाङको घटना आन्तरिक भएकोले प्रहरीले नहेरेको बताइन् । उनले भनिन्, ‘त्यो विषय उहाँहरूको आन्तरिक थियो । हामीले हेरेनौँ ।’ एसपी सिग्देलले वडा सदस्य र प्रधानाध्यापकको अनैतिक सम्बन्धका विषयमा अनुसन्धान गर्नुपर्नेमा त्यत्तिकै छाडिदिएकोमा स्थानीयहरू आक्रोशित भएका छन् ।

स्थानीयहरूले नेकपाको दवावमा एसपी सिग्देलले खाङसाङको घटनालाई त्यत्तिकै छाडिदिएको आरोप लगाएका छन् ।वडा सदस्य कोपिला र प्रधानाध्यापक रातभरि सोही होटेलको एउटै कोठाभित्र सुतेको दुबैले प्रहरी समक्ष स्वीकार पनि गरेका छन् ।

एउटै कोठाभित्र सुते पनि दुबैले अनैतिक सम्बन्ध नराखेको प्रहरीलाई बयान दिएका छन् । फिक्कल गाउँपालिकाको गाउँसभामा सहभागी हुन महिला वडा सदस्य कोपिला र विद्यालयका प्रधानाध्यापक मगर खाङसाङ आएका थिए । उनीहरू होटेलको एउटै कोठाभित्र रातभरि सुतेर अनैतिक कार्य गरेको थाहा पाएपछि स्थानीयहरू जम्मा भइ नियन्त्रणमा लिएर प्रहरी चौकी खाङसाङमा बुझाएका हुन् । वडा सदस्य कोपिलाले आफूहरू एउटै कोठामा सुतेको स्वीकार गरेकी छिन् ।

कोपिलाले प्रधानाध्यापक मगरसँग नाम जोडेर आफ्ना पतिले कुटपिट गर्नुका साथै विभिन्न किसिमका लाञ्छाना लगाउने गरेको बताएकी छिन् । वडा सदस्य कोपिला र प्रधानाध्यापक मगरको यौनकाण्ड लुकाउन गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारले दवाव दिएकी थिइन् ।

उनले प्रहरीलाई फोन गरेर मुद्धा नलिएर दुबैलाई गाउँपालिकामा पठाउन भनेपछि कोपिला र मगरलाई गाउँपालिका पठाएको स्रोतले जनाएको छ । उपाध्यक्ष सुनुवार नेकपाबाट निर्वाचित हुन् । गाउँपालिकाकी उपाध्यक्ष सुनुवारले वडा सदस्य कोपिलाका पति र प्रधानाध्यापक मगरकी पत्नीलाई बोलाएर दुबैलाई सम्झाइबुझाइ गरेर घर पठाएकी थिइन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेर वडा सदस्यमा निर्वाचित कोपिला केही दिन अगाडि मात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी थिइन् । प्रधानाध्यापक मगर पनि कोपिलासँग कांग्रेस पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्