Logo

अमेरिकाको कम्पनीले शेर्पाहरुको रगतमा डिएनए अध्ययन शुरु, कोरोना भाइरसविरुद्धको उपचार विधिको खोजी


एजेन्सी । अमेरिकाको बायोटेक कम्पनीले नेपालका शेर्पाहरुको रगतमा डिएनए अध्ययन गरेर कोरोना भाइरसविरुद्धको उपचार विधिको खोजी सुरु गरेको छ ।

उच्च हिमाली क्षेत्रमा अक्सिजन स्तर कम हुँदा पनि शेर्पाहरुको शरीरले त्यसलाई सजिलै आफू अनुकूल बनाउँछ भन्ने विषयमा अध्ययन गरेर कोरोना भाइरसको उपचार विधि पत्ता लगाउन सकिने कम्पनीको विश्वास छ ।

स्टार्ट अप भेरियन्ट बायो नामक कम्पनीले शेर्पाको डिएनको आनुवंशिक कोड निकाल्ने प्रयास गर्नेछ । कोभिड–१९ महामारीको उपचारमा सहयोगी हुनसक्ने भन्दै नेपालका शेर्पा समुदायको डिएनएमा अध्ययन सुरु गरिएको कम्पनीले जनाएको छ ।

उच्च हिमाली क्षेत्रका बासिन्दा शेर्पाको जनजीवनले कोरोना भाइरसको उपचारमा सहजता ल्याउनसक्ने वैज्ञानिकहरको विश्वास छ ।

भेरियन्ट बायो नामक कम्पनीले थालेको अनुसन्धानबाट कोभिड १९ बाट पीडित बिरामीको उपचार गर्न सहयोगी हुने अपेक्षा गरिएको छ । ‘भाइरसले फोक्सोलाई प्रभावित पार्ने र रगतमा अक्सिजनको मात्रा घटाउने, लेक लागेको जस्तो हुने र कोभिड १९ मा अक्सिजनको कमीकै कारण मानिसको मृत्यु हुनेगर्छ’ भेरियन्ट कम्पनीका सहसंस्थापक एवं आनुवंशिक विज्ञ स्टेफन कास्टलले बताए ।

बेलायती मेडिकल जर्नलमा हालै एउटा लेख लेखेका हिमालयन मेडिसिनका विशेषज्ञ बुद्ध बस्नेतले कोभिड १९ र उच्च हिमाली क्षेत्रको वातावरणसँग कुनै सम्पर्क नभएको बताउँछन् । यो तुलना गर्नुपर्ने विषय नभएको उनको तर्क छ । कम्पनीले शेर्पाको जिनको अध्ययनबाट अन्य औषधि पत्ता लगाउन पनि सहयोग पुग्ने अनुमान गरेको छ ।

यो अनुसन्धानका लागि हामीले अक्टोवरदेखि नेपालका झण्डै २ हजार व्यक्तिको रगतको नमुना लिन शेर्पा चिकित्सकसँग सम्झौता गरेको छ । अनुसन्धानमा सघाएपछि खुम्बु क्षेत्रमा विभिन्न सामाजिक विकासमा सहयोग गर्ने कम्पनीको योजना रहेको छ । डिएनए अध्ययनको केहीले विरोध पनि गरेका छन् ।

शेर्पा समुदायको डीएनए अध्ययन श्वासप्रश्वास समस्या, मुटु रोगलगायतको उपचारमा सहयोगी हुनसक्ने भन्दै झण्डै ९ महिना अघि भेरियन्ट बायोको एक टोलीले खुम्बु क्षेत्र भ्रमण समेत गरिसकेको छ । यद्यपि पछिल्लो समय कम्पनीले आफ्नो अध्ययनलाई कोभिड–१९ को उपचारमा पनि केन्द्रित गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्