भैंसी र मालिकको कथाः अधिकारका लागि वि’द्रोह अनिवार्य सर्त !
एउटा गाउँमा एकजना किसान थिए, ति किसानले एउटा भैंसी पालेका थिए। भैंसीलाई किसानले हरियो दुबो (घाँस) दिनहुँ खुंवाउँथे। समय समयमा नुहाइदिने, राति लामखट्टेबाट जोगाउन गोठको ढोकामा झूल पनि झुण्ड्याइ दिन्थे । अनि बिहान बाल्टीभरेर दूध दुहेर थोरै केटाकेटीलाई छुट्टयाइ बाँकि बजारमा बेचेर घरमा चाहिने समान किनेर ल्याइ सुख साथ परिवार संग रमाउँदै आफ्नो जिविका चलाउँदै आएका थिए ।
एक दिन किसानको मनमा आयो कि, भैसीलाई यति ख्वाउँदा बाल्टी भरि दुध दिन्छ, एक दिन न ख्वाइ हेरौं त कति दुध दिंदो रहेछ। अनि बिहानैबाट किसानले भैंसीलाइ बाहिर बाँधेर घुम्न गएछन् । हरियो घाँस, पानी, दाना पनि दिएनन् र रातभर बाहिर लाखुट्टेले टोक्न गरि छोडि दिएछन् । भैंसीले मालिकलाई हेरीरह्यो, रहि एकछिन पछि किसानले बाल्टि लिइ दुध दुहुन भनि भैंसीको खुट्टानिर बाल्टी राखि दुहुन शुरु गर्छ । भोकाएको भैंसीले खुट्टाले बाल्टीमा हानेर हुत्याइ दिन्छ । धन्नै किसानलाई चोट लागेनछ ।
अनि हामी लात्तिले हान्न पनि जन्दैनौ, चुहिन्छ खाउँला भन्ने मानसिक्ता रहँदासम्म हामीले नै मार खानु पर्ने हो कि ? होइन भने एक सबै समस्यामा परेका जनसमूदायहरु एक भएर, दलाल, जनघाती, राष्ट्रघाती सरकार जो जनताको शत्रु सावित भएको छ, त्यसका विरुद्ध संघर्षमा भाग किन नलिने ? आउनुहोस्, सम्पूर्ण किसा किसान तथा श्रमजीवि जनसमुदायहरु, न्याय, समानता र अधिकारको लागि महान जनविद्रोहको झण्डा उचालौ ।
खान न पपाउँदा भैंसी समेतले हान्छ भन्ने कुरा हाम्रा किसान दाजुभार्इले सिक्न न सक्दाको परिणाम हामी किसानको समस्यालाई राज्यले गम्भीरतापूर्वक लिएको छैन । हाम्रा किसान दाजुभाईले उत्पादन गरेको अन्नजन्य वस्तुको उपयोगमात्र गर्ने तर किसानको आवश्यकता, समस्यामा सहायता नगर्ने सामान्त, जनविरोधी राज्यसत्ताँका विरुद्ध भैसिले लात्ती हानेझै सम्पूर्ण किसान, श्रमिक जनसमूदायले विद्रोह, विरोध गर्नुको विकल्प छैन ।
श्रमबाट सबैलाई खाना पुर्याउन हुने तर हामीलाई प्रयोग गर्न मल खाद, बिउ, बिजन, कुलो, पानी कीटनाषक औषधिहरु नेपाल सरकारले समयअनुसार उपलब्ध नगराउनु, उल्टै महंगी, भ्रष्टाचार बढाउनु, करको भारी बोकाई दिनु हाम्रो उत्पादनलाई बजार ब्यवस्थापन समेत मिलाउन नसक्नुले हामी हाम्रो भैंसीबाट शिक्षा लिन आवश्यकता ठहर्छ । त्यो शिक्षा के हो भने जनावर समेतले खान नपाउँदा मालिक समेतलाई लात्तिले हानी आफ्नो आक्रोश ब्यक्त गरेको हुन्छ। यदि भैंसीले खान नपाउँदा पनि दूध दिन्थ्यो भने किसानले कहिले पनि भैंसीलाई घाँस खुवाउँदैनथ्यो । तर लात्तीले जब किसानलाई हान्यो अनि मात्र किसानले भैसीलाई खान दिनु पर्ने पाठ सिक्यो ।
तर हामी कस्तो मानवरुपी जनावर बनेका छौं ? सरकारले हामी किसानलाई केहि नदिंदा समेत मालपोत, कर, टैक्स सबै बुझाउँदै आएका छौं । अनि हामी लात्तिले हान्न पनि जन्दैनौ, चुहिन्छ खाउँला भन्ने मानसिक्ता रहँदासम्म हामीले नै मार खानु पर्ने हो कि ? होइन भने एक सबै समस्यामा परेका जनसमूदायहरु एक भएर, दलाल, जनघाती, राष्ट्रघाती सरकार जो जनताको शत्रु सावित भएको छ, त्यसका विरुद्ध संघर्षमा भाग किन नलिने ? आउनुहोस्, सम्पूर्ण किसा किसान तथा श्रमजीवि जनसमुदायहरु, न्याय, समानता र अधिकारको लागि महान जनविद्रोहको झण्डा उचालौ । संसारभरबाट दलाल सामान्तवादको समुल नष्ट गरौं । समानता र जनन्यायीक व्यवस्थाको लागि संघर्षको मोर्चामा संगै कदम चालौं । यहि सन्देश भैसीले हामी किसान र सबैलाई दिएको छ ।
(लेखक उपाध्याय नेकपा माओवादी केन्द्रका सचिव तथा प्रदेश नम्बर पाँचका इन्चार्ज हुन । उनी सामाजिक दलाल व्यवस्था विरुद्ध जनसंघर्षको विविध पाटोमा कलम चलाउने गर्दछन् ।)



