Logo

समाज अध्ययन पुस्तकमा ‘किरात राई जातिमा मृत्य संस्कार र चिन्तन’ लेखबारे


–निनाम कुलुङ ‘मंगले’-नेपालको समाज अध्ययन–अनुसन्धानबारे ‘मार्टिन चौतारी’ नामक गैर सरकारी संस्थाले केही न केही योगदान गरेको छ । हुन पनि सो संस्थाले विगत १३/१४ वर्षदेखि नियमित रुपमा ‘समाज अध्ययन’ नामक जर्नल (वार्षिक !) प्रकाशित गर्दै आएको छ । विसं २०६३ (सन् २००६) देखि नै मार्टिन चौतारीले नेपालका जातजाति, भाषाभाषी, धर्म, महिला, लिंग, प्रकाशन, प्रसारण, समावेशीकरण लगायत विविध विषयहरुमा अध्ययन–अनुसन्धानात्मक ढंगले जर्नल प्रकाशित गर्दै आएको छ । यसै क्रममा ‘मार्टिन चौतारी’ को अंक १३ मा प्रकाशित (विसं २०७५/सन् २०१८) लेखक भोगीराज चाम्लिङले लेखेको ‘किरात राई जातिमा मृत्य संस्कार र चिन्तन’, पाना–९९÷११९ । शीर्षकको लेखमा उल्लेखित केही प्रसंगबारे छोटोमा टिप्पणी गर्ने प्रयास गरिएको छ । लेखकले भनेझै ‘किरातीहरु दार्शनिक दृष्टिकोणले समृद्ध जाति हुन् ।’ यसमा कसैको दुई मत नहोला । त्यति मात्रै होइन, किरात÷किरातीहरु प्राचीन जाति पनि हुन् । उनी संवृद्ध संस्कार, संस्कृति, आ–आफ्नै मौलिक भेषभुष, रहनसहन आदि भएका महाजाति पनि हुन ।
तर, लेखकले सो लेखमा वास्तवमै ‘राई !’ जात हो त ? कि नेपालको भगौलिक एकीकरणपछि शाह राजा श्री ३ महाराजहरुले दिएको पदवी वा भनौं पगरी मात्रै हो ? प्रस्ट्याएका छैनन् । यदि ‘राई !’ जात वा जाति नै हो भने, के–कसरी र के–कति कारणले ‘राई !’ जात जाति नै हो ? सो बारे वास्तविक कुरो वर्णन नगरी/नलेखीकन वा भनौं आम पाठकहरुलाई नबताईकन खालि एकोहोरो रुपमा ‘राई जाति, राई जाति !’ भनी लिँडे–ढिपी गरेका छन् । राईवाला सर/म्याडमहरुको विगत लामो समयदेखिको यस्तो हर्कतले गर्दा आम मानिसहरुमाझ वास्तवमै ‘राई !’ जात वा जाति हो भन्ने भ्रम वा भनौं वास्तविकता जस्तै हुन गएको/जाँदैछ । तर, वास्तविकता त्यस्तो होइन । वास्तवमा अरु पनि केही राईवाला सर/म्याडमहरुले ‘राई !’ के–कसरी र कति कारणले जात वा जाति नै हो ? सो बारे वास्तविक कुरो वर्णन नगरी/नलेखीकन वा भनौं आम पाठकहरुलाई नबताईकन खालि एकोहोरो रुपमा ‘राई जाति, राई जाति !’ भनी लिँडे–ढिपी गरेर लेख्ने/बोल्ने गरेका छन् । अरु त अरु नै भई गए, नेपालका डा. पनि प्रा. पनि भएका र समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्री, नृवंशशास्त्री (सायद नेपालमा हालसम्म जातिशास्त्री र नृवंशशास्त्री उत्पादन भएका छैनन् होला !) भाषाशास्त्री, संस्कृतिविद आदि इत्यादि पनि भनिनेहरुले नै एक जाति ‘राई !’ २८ भाषी ‘राई !’ भनी लेख्नेबोल्ने गर्छन् ।

उनीहरुको यस्तो कार्यले जका छन् । नामको अगाडि डा. पनि प्रा. पनि झुन्डिएका र समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्री, नृवंशशास्त्री, भाषाशास्त्री, संस्कृतिविद आदि इत्यादि भनिनेहरुले नै यस्तो कार्य गरेपछि राईवाला सर/म्याडमहरुलाई खदो पल्टेको छ । तर, नामको अगाडि डा. पनि प्रा. पनि भएका र समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्री, नृवंशशास्त्री, भाषाशास्त्री, संस्कृतिविद आदि इत्यादि पनि भनिनेहरुको यस्तो कार्यले कुलुङ २२/२८ वटा किराती जातिहरु (किनभने, हालसम्म कति वटा किराती जातिहरु ‘राईकरण !’ मा परेका छन् ? टुंगो लागेको छैन ।) त्यसैले नामको अगाडि डा. पनि प्रा. पनि भएका र समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्री, नृवंशशास्त्री, भाषाशास्त्री, संस्कृतिविद आदि इत्यादि पनि भनिनेहरुले एक जाति ‘राई !’ को २८ वटा भाषा हुन्छ ? यदि हुन्छ भने, म एक जाति राई हँु । तर, मेरो मातृभाषा २८ वटा छ ! भनेर २८ वटा मातृभाषामा खररर … बोल्न सक्ने कुनै ‘माइकालाल राई !’ भेटेका छन् ? छन् भने, त्यस्तो ‘माइकालाल ‘राई !’ हामीलाई पनि भेटाई दिनपर्यो ! होइन भने, राई जात नभएर नेपालको भगौलिक एकीकरणपछि शाह राजा श्री ३ महाराजहरुले दिएको पदवी वा भनौं पगरी मात्रै हो चरहेछ भनी गल्ती स्वीकार गर्नु पर्यो । त्यसैले नामको अगाडि डा. र प्रा. जोडिएका र विद्धान भनिएकाहरुले नै आम नागरिक र पाठकहरुलाई वास्तवमा ‘राई !’ के हो ? भनी नप्रस्ट्याईकन/नबताईकन एकोहोरो रुपमा ‘राई ! जाति, राई ! जाति’ भनी अन्ट–सन्टमै लेख्ने गर्नु भएन भन्ने यो केहीनजान्ने कुलुङेको आग्रह हो ।

त्यस्तै लेखक भोगीराजले पनि विगत लामो समयदेखि जानाजान (किनभने उनले केही पटक यो पंक्तिकारसँग अनौपचारिक रुपमा वास्तवमा राई जात नभएर पदवी/पगरी नै हो । त्यसैले तपार्इँहरुले उठाएको विषय सही छ । तर … , तर … , … ले नै हामी स्थापित भयौं ! तपाईँहरु आन्दोलन गर्दै गर्नोस् ! भने जस्तो कुरो गरेका थिए ।) जबर जस्ती ‘राई !’ लाई जातिमा स्थापित गर्ने क्रम जारी राखेका छन् । जबकि, राई नेपालको कुनै जात वा जाति नभएर नेपालका भगौलिक एकीकरणपछि त्यो वेलासम्म एकै रहेको किराती भूमि र किराती जातिहरु, संभवतः त्यो वेलासम्म लिम्बु, खम्बु (खम्बुभित्रका कुलुङ अन्य किरातीहरु), सुनुवार, याक्खा, थामी, हायु, धिमाल आदिको अस्तित्व स्थापित भई सकेको थियो । जे होस्, उनीहरुलाई विभाजन गरेर/फुटाएर जस्तै वल्लो किरात, माझ किरात र पल्लो किरात बनाईयो भने, ती क्षेत्रका स्थानीय टाठा/बाठा किरातीहरुलाई हातमा लिएर ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदवी वा भनौं पगरी दिईयो । यो इतिहासमा अंकित भई सकेको वास्तविक र तथ्य कुरो हो । हुन पनि त्यो वेला ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदवी वा भनौं पगरी पाएका मान्छेका जेठो छोरोहरु अहिलेसम्म काठमाण्डौ लगायत सुविधा सम्पन्न सहर–बजारमा यत्रतत्र पाइन्छन् ।

आशा छ, आगामी दिनमा मार्टिन चौतारी जस्तो मिडिया र समाज अध्ययनको क्षेत्रमा केही हदसम्म विश्वासिलो र भर पर्दो मानिएको संस्था र ‘समाज अध्ययन’ जर्नलको टिममा रहेका विद्धान महानुभावहरुले कुनै पनि … विद, … विज्ञ, प्राडा, अनुसन्धानकर्मी, खोजकर्ता भनिनेहरुले पठाएको सामग्री भन्दैमा ‘क्रस–चेक’ वा भनौं ‘भेरिफाई’ नगरी अन्धाधन्द ढंगले प्रकाशित गर्नु हुने छैन ।

यहाँ जेठो छोरो नै किन भनिएको हो भने, जसरी राजाको जेठो छोरो मात्रै राजा हुन पाउँथ्यो, त्यसरी नै ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदिका जेठो छोरोहरु मात्रै आफ्नो बाबु–बाबाको शेषपछि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि हुन पाउँथे । तर, यसबारेमा भने, भोगीराज लगायत राई जातिवाला सर÷म्याडमहरु कहिल्यै पनि लेख लेखेनन्, अनुसन्धान गरेनन्, सार्वजनिक रुपमा बोलेनन् । बरु उनीहरु अझै पनि ‘जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन कि, तीनपुस्ते, शैक्षिक प्रमाणपत्र, जग्गा–धनी पूर्जा, पेन्सन–पट्टा, ड्राईभिङ लाईसेन्स्, विद्यार्थी कार्ड, वृद्ध–भत्ता कार्ड आदिमा समेत राई छ ! भनी लेख्ने गर्थे/गर्छन्, राई बारेमा प्रश्न गर्ने जो कोही जिज्ञासुहरुलाई यस्तै ओठे जवाफ दिने गरेका छन्दि/न्छन् । जबकि जाति वा समुदाय हुनलाई चाहिने प्रमुख आधार भनेको मातृभाषा हो । त्यस्तै ऐतिहासिक भूमि, अरुको भन्दा छुट्टै भेषभुषा, आप्mनै समुदायभित्र विवाह गर्ने प्रचलन (थर–उपथरको आधारमा), परम्परागत कानुन, रीतिथिति, अरुको जातिको भन्दा भिन्न रहनसहन, संस्कार, संस्कृति, हामी भन्ने भावना, तँ सानो म ठूलो भन्ने भावना नभएको छुवाछूतविहीन समाज, अरु जातिको भन्दा भिन्न प्रकारको चाडबाड आदि हुनुपर्ने भन्ने विश्वव्यापी मान्यता रहेको छ । नागरिकता, तीनपुस्ते, शैक्षिक प्रमाणपत्र, जग्गा–धनी पूर्जा, पेन्सन–पट्टा, ड्राईभिङ लाईसेन्स्, विद्यार्थी कार्ड, वृद्ध–भत्ता कार्ड आदि त तपशीलमा रहने कुरोहरु भए । हुन पनि नेपालमा सर्वप्रथम विसं २००९ सालमा मात्रै नागरिकता ऐन आएको थियो भने, विसं २०२१ सालमा आएको भूमि सुधार ऐन विसं २०२८/०२९ सालदेखि २०३३/०३४/०ं३५ … गाउँ–गाउँ, र टोलटोलमा लाग भएसँगै मानिसहरुले जग्गा दर्ता गर्नका लागि नागरिकता पनि लिन थाले । यसरी हेर्दा विसं २०५१ सम्म ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदवी वा भनौं पगरी कायम रहेको थियो । संखुवासभा जिल्लाका अन्तिम ‘राई/देवान !’ पूर्व रापंस दूर्गामणि देवान हुन् । उनी हाल ललितपुर जिल्लाको भैंसेपाटी बस्छन् । दूर्गामणि देवानका अनुसार उनको ‘राई/देवान !’ बाबुको मृत्यपछि विसं विसं २०४५ सालमा उनी आफु ‘राई/देवान !’ भएका थिए भने, उनले विसं २०५१ सालसम्म ‘राई/देवान !’ भई खाए । त्यसपछि संखुवासभा जिल्लामा भूमि सुधार ऐन पूर्ण रुपमा लागू भयो । यसरी सबै जिल्ला–क्षेत्रमा भूमि सुधार ऐन पूर्ण रुपमा लागू भएपछि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ जो छोटे राजासरह थिए, उनीहरुको दरकार नै परेन । उनीहरु कानुनी रुपमा अझै पनि खारेजीमा परेको देखिदैन । तापनि उनीहरु पदवी वा भनौं पगरी उड्यो !

तर, लेखकले नेपालका अन्य जातजाति जस्तै स्वतन्त्र जातीय अस्तित्व भएका केही किराती जातिहरुको टाउकामा राई ! को फुर्को झुन्ड्याउँदै (जस्तै कुलुङ जातिलाई कुलुङ राई !, खालिङ जातिलाई खालिङ राई ! ) चाम्लिङ जातिको (तर, उनीहरु राई ! नै भन्छन्) मृत्यु लगायत अन्य केही संस्कार र संस्कृतिबारे तुलनात्मक ढंगले वर्णन गर्न खोजेका छन् । उनले आप्mनो सो लेखमा भाषा, संस्कार र सांस्कृतिक कार्यहरुको उदाहरण र विवरणचाहिँ अधिकांश चाम्लिङकै राखेका छन् । जस्तै सहज मरण (नक्मइ) र असहज मरण (झेत्मइ) यो शब्द संभवतः चाम्लिङ जातिको मरणको सवालमा प्रयोग गरिन्छ होला । किनभने, उनले आप्mनो लेखमा उदाहरण दिईएको मरणमा कुलुङ जातिले त्यो शब्द प्रयोग गर्दैनन् । तर, उनको लेखमा त्यही नै सबै राईकरणमा परेका जातिहरुको मरणमा प्रयोग गरिने शब्द हो ! भन्ने भान वा भनौं भ्रम पार्न खोजेक छन् । त्यस्तै भूमि पूजा (साकेला), चुला पूजा (हुइलुङ), पानी पूजा (वाइको) (पाना नम्बर–१०१ हेर्नोस्) शब्द पनि कुलुङ जातिले प्रयोग गर्दैनन । यसरी हेर्दा उनले राईकरणको वृहत् आवरणभित्र सबै किरातीहरुलाई चाम्लिङ ! करण गर्न खोजेका छन् ।

त्यसैले हाम्रो देशमा रहेका ‘मार्टिन चौतारी’ लगायत अन्य अध्ययन–अनुसन्धानरत संघ–संस्थाहरुले यसरी नेपालका कुनै पनि जातजाति, भाषी, धर्म वर्ण, लिंग आदिका बारे अध्ययन–अनुसन्धान मूलक किताब, जर्नल, सोध–ग्रन्थ, लेख, प्रकाशित गर्दा कपम्तमा राज्यको अभिन्न अंगको रुपमा रहेको केन्द्रीय तथ्यांक विभागले हरेक १०–१० वर्षमा गर्ने गरेको राष्ट्रिय जनगणनाहरुको तथ्यांक हेर्ने, स्वदेशी–विदेशी खोज तथा अनुसन्धानकर्ताहरुले गरेको खोज तथा अनुसन्धान गरेर लेखेको किताब वा अध्ययन अनुसन्धानलाई पनि हेरेर रुजु गर्ने बानी बसाल्न सुरु गर्ने हो कि ? नत्रभने, यस्ता कयौं भोगीराजहरुले अरुको अस्तित्वलाई नामेट पार्दै÷पार्ने प्रयास गर्दै आप्mनो नामको अगाडि मुन्धुमविद, संस्कृतिविद, संस्कारविद, भाषाविद, जातिविद, जनसंख्याविद, कानुनविद र प्राडाको फुर्को झुन्डयाउँदै हामी जस्ता राज्य र मिडिया अनि अन्र्ताराष्ट्रिय रुपमा पहँुच नहुने/नभएका जातिहरुलाई जबर जस्ती राई ! जातिमा सम्मिलीकरण (एस्सीमिलेसन) गरी रहने छन् ।

आशा छ, आगामी दिनमा मार्टिन चौतारी जस्तो मिडिया र समाज अध्ययनको क्षेत्रमा केही हदसम्म विश्वासिलो र भर पर्दो मानिएको संस्था र ‘समाज अध्ययन’ जर्नलको टिममा रहेका विद्धान महानुभावहरुले कुनै पनि … विद, … विज्ञ, प्राडा, अनुसन्धानकर्मी, खोजकर्ता भनिनेहरुले पठाएको सामग्री भन्दैमा ‘क्रस–चेक’ वा भनौं ‘भेरिफाई’ नगरी अन्धाधन्द ढंगले प्रकाशित गर्नु हुने छैन । जस्तोे विसं २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांक हेर्नु भयो भने, त्यहाँ कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ जना देख्नु/भेट्नु हुने छ भने, कुलुङ मातृभाषीको संख्या ३३ हजार १७० जना रहेको छ । त्यति मात्रै होइन, त्यहाँ कुलुङबाहेक अरु ११ वटा किराती जातिहरुको पनि अलग्गै जातीय र भाषिक तथ्यांक आएको छ । तापनि भोगीराज जस्ता लेखक वा … विद भनिनेहरु ती जाति वा समुदायलाई कथित् राई ! जातिमा सम्मिलीकरण गर्नमै रमाई रहेका देखिन्छन् । त्यसमा ‘मार्टिन चौतारी’ जस्ता संस्थाहरुले नै जानी–नजानी साथ दिएपछि त कसको … के नै लाग्छ र !

वास्तवमा यस्ता अनुसन्धानकर्ता, लेखक, …कार, वा …विद भनिनेहरुलाई अरुको जातीय स्वपहिचान वा भनौं कुनै पनि जाति वा समुदायको ‘म को हुँ ? वा हामी को हौं ? भन्ने जातीय स्वपहिचान र आत्मनिर्णयको अधिकार हनन् गरेकामा त्यसका विरुद्ध उनीहरुलाई कानुनी उपचार गर्नेतर्फ नै सोच्नुपर्ने हो कि ? हामीहरुबीच वास्तवमै यो पक्ष विचारणीय रहेको देखिन्छ । …

नोटः  थप जानकारीका लागिः ९८४९९८५९९७, ९८६२४३६०४९ ninamkirat123@gmail.com

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्