Logo

तुलसीपुरमा जंगली च्याउ खाँदा १४ विरामी


तुलसीपुरमा जंगली च्याउ खाँदा १४ जना विरामी भएका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी ३५ बर्षीया विमला विक, उनका १० बर्षीय छोरा र ११ वर्षीया छोरी, सोही ठाउँका ३६ वर्षीय टेकबहादुर पुन, उनकी ३३ वर्षीया श्रीमति कमला पुन र उनको १९ वर्षीय छोरा टोपेन्द्र पुन विरामी भएका छन्।

त्यस्तै रानी जरुवा निवासी चिनबहादुर रानाको ५ वर्षीय छोरा र ९ वर्षीया छोरी, सोही ठाउँका १८ वर्षीया निर्मला घर्ती मगर, २४ वर्षीया खिमा पुन, १५ वर्षीया अर्की एक किशोरी, ३५ वर्षीया विपना घर्ती र कमानसिंह पुनकी १० वर्षीया छोरी विरामी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

जंगली च्याउ खाँदा तुलसीपुरको रानी जरुवामा बस्दै आएकी सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ३ निवासी १७ वर्षीया अर्की एक किशोरी पनि विरामी भएको प्रहरीले जानकारी दिएको छ। विरामी सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

उनीहरुले जंगलबाट खोजेर ल्याएको च्याउ बिहीवार बेलुका ८ बजेतिर पकाएर खाएपछि विरामी भएको प्रहरीले बताएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्