Logo

गायिका कला राईको ‘लाग्छ मलाई’ गित सार्वजनिक (भिडियो सहित)


काठमाडौं : नेपाली संगीतिक क्षेत्रका सक्रिय अनि मीठो स्वरकी धनी गायिका कला राईले ‘लाग्छ मलाई माया मेरै आफ्नो सानो गाउँको’ गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ ।

बि.बि गुरुङको शब्द अनि बिष्णु अधिकारीको संगीतमा रहेको गीतको संगीत संयोजन पनि बिष्णु अधिकारीकै रहेको छ भने भिडियो सम्पादन अनिल कटुवालले गर्नु भएको छ।

कला राई आर्ट कृएशन युट्युब च्यानलबाट सार्बजनिक गरिएको उक्त गीतको भिडियोमा भोजपुर अनि सोलुखुम्बुको रमणीय ठाउँमा गायिका कला राईकै अभिनय देख्न सकिन्छ भने गीतमा आफू जन्मिएको ठाउँको बयान गरिएको छ । मिठो स्वरको धनी र शुन्दर गायिका कला राई आफै अभिनय समेत गरेकी छिन ।

उनले झण्डै एक दशक देखि नै सांगीतिक यात्रा सुरु गरेकी हुन । रेडियो नेपालमा २०५७ सालमा अधिराज्यभरी लोकगित सिङ्गिङ प्रतियोगितामा प्रथम भएपछि संगीत सिकाईसंगै यस क्षेत्रमा प्रवेस गरकी हुन ।

२०६२ सालमा भएको आधुनिक गित सिङ्गिङ प्रतियोगितामा दोस्रो स्थान हुदैे उनले पुर्ण रुपमा सांगीतीक यात्रा सुरु गरेकी हुन । यस क्षेत्रमा उनी ‘पानधारे चौकी…’ , ‘वुगीवुगी फुल्यो फुल…’, ‘ ‘रैछौ बैगुनी…’, ‘कति बस्छौ गाउँ भुली’ जस्ता दजनौ हिट गित दिएकी छिन ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्