Logo

एमसीसीमा कहाँ अल्झियो नेकपा ? संसदमा ह्वीप नलगाई भोटिङमा लैजाने प्रधानमन्त्रीको योजना


९ असार, काठमाडौं । विद्युत प्रसारण लाइन र सडक सुधारका लागि अमेरिकाले नेपाललाई दिने ५० करोड अमेरिकी डलर बराबरको अनुदानसम्बन्धी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्ने/नगर्ने बारे सत्तारुढ नेकपा गहिरो विवादमा फसेको छ । बुधबार बिहान बस्ने स्थायी कमिटीको बैठकले यसलाई कसरी टुंग्याउला ? सिंगै देशको ध्यान यसैमा केन्द्रित छ ।

नेकपा स्थायी कमिटीको बैठक बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा मंगलबार बालुवाटारमा दुईअध्यक्ष केपी ओली र प्रचण्डवीच भएको छलफलले बैठकका एजेण्डाहरु तय गरेको छ । जसमा, एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने विषयहरुलाई बैठकका एजेण्डा बनाउन ओली–प्रचण्डवीच सहमति भएको छ ।
4दुई अध्यक्षको छलफल सकिएलगत्तै बुधबार साँझ प्रधानमन्त्री निवासमा ओली पक्षका नेताहरुको बेग्लै बैठकसमेत बसेको छ । स्थायी क

मिटीको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन ओली पक्षका नेताहरु गुटको बैठकमा जुटेका हुन् ।

नेकपा उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक सार्न प्रचण्डसँग प्रस्ताव गरेका थिए । तर, प्रचण्डले नमानेपछि बुधबार बैठक हुने निश्चित भएको छ । यो बैठकमा संस्थापन पक्ष रक्षात्मक र संस्थापन इत्तर पक्ष आक्रामक हुने सम्भावना रहेको नेताहरु बताउँछन् ।

एमसीसी सम्झौता संसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिने छ । प्रतिनिधिसभाको बैठक अब एकैचोटि असार १७ गते दिउँसो बस्दैछ । त्यो दिन संसदले यो सम्झौता पारित गरेन र यसको म्याद पनि थपिएन भने स्वतः निश्क्रिय हुनेछ । र, नेपालले पाउन लागेको अमेरिकी अनुदान निश्क्रिय हुनेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्