Logo

धरानमा बन्ने भयो प्रादेशिक नाटक घर


154 Views

 

धरानः धरानमा नाटकघर बन्ने भएको छ। लामो समयदेखिको विवाद मिलेसँगै विहीबार नाटकघर भवन निर्माणका लागि शीलान्यास गरिएको छ।

शीलान्यास सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसाद जयकुमार राईसहित धरान उपमहानगरपालिकाका मेयर तलिक राईले विहीबार संयुक्त रुपमा गरे। यससँगै अब धरानमा लामो समयको प्रयासपछि व्यवस्थित नाटकघर बन्ने भएको हो।

यसअघि स्थानीय वडा नम्बर ८का वासिन्दाले नाटकघर बनेपछि होहल्ला हुने भन्दै विरोध जनाएका थिए। उनीहरुलाई मनाउन उपमहानगरपालिकासहित अन्यले कठिन कसरत गर्नुपरेको थियो। स्थानीयवासी सहमत भएसँगै पाँच करोड लागतमा नाटकघर बन्ने निश्चित भएको छ।

यसका लागि सांसद राईले स्थानीय पुर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत ४० लाख रुपैयाँ विनियोजन गरेका छन्। शीलान्यासपछि सांसद राईले नाटकघर निर्माण कार्यलाई पूर्णता दिन स्थानीय, प्रदेश र संघीय सरकारसम्म पहल गर्ने बताए।

धरानका मेयर तिलक राईले केहि समय अघी सर्वदलीय बैठक डाकेका थिए । केहि समय अघी कलाकार, रङ्गकर्मीसहितको टोलीले धरान उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउने बुझाएका थिए । धरानमा नाटकघर बनाउन नदिन अदृश्य शक्तिको चलखेल भएको भन्दै धरानका नयाँ तथा पुराना रङ्गकर्मी, कलाकारको टोलीले ज्ञापनपत्र बुझाएको थियो ।

अदृश्य शक्तिको चलखेल भएपछि दबाव सिर्जनाका लागि सबै कलाकार, रङ्गकर्मीको भेला भएर ज्ञापनपत्र बुझाइएको कलाकार प्रेम सुब्बाको संयोजकत्वमा रहेको थियो । कलाकार र रङ्गकर्मीले धरान सभागृहको कुनामा रहेको करिब दुई कट्ठा खाली जमीनमा नाटकघर बनाउन माग गर्दै आएका छन् । सुनसरी १ नं. क्षेत्रका सांसद जयकुमार राईले सांसद विकास कोषबाट नाटकघर निर्माणको लागि ४० लाख रुपैयाँ सांसद विकास कोषबाट विनियोजन भइसकेको बताएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347