अचम्मको कुरा : पति क्वारेन्टाइनमा, पत्नी प्रेमीसँग फ*रार
एजेन्सी-कोरोना महामारीबाट संसारै प्रभावित छ। घरेलु हिंसाका घटना बढेका छन्। सम्बन्ध विच्छेद तथा आ*त्महत्याका घ*टना पनि सुनिएका छन्। तर, भारतको विहारमा एक दम्पती कोरोना कहरमा यस्तो स्थितिमा पुग्यो कि पति क्वारेन्टाइनमा हुँदा पत्नी प्रेमीसँग फ*रार भइन्।
विहारको बेगूसरायमा एक महिला र उनका प्रेमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बेगूसरायस्थित महिला थानामा रहेका दुबैको सम्बन्ध प्रेमी प्रेमिकाको रहेछ। बेगूसरायको बखरीस्थित शकरपुरा निवासी महिला विमलाले एक वर्ष पहिले खगडिया जिल्लाका विजयसँग विहे गरिन। विहेको ९ महिनापछि विजयले विमलालाई बेगूसरायस्थित माइतीघर छोडेर कामका सिलसिलामा गुजरात गए।
माइती आएकी विमलाको गाउँमै रहेका पूर्वप्रेमी कुन्दनसँग निकटता बढ्न थाल्यो। सम्बन्ध यति निकट भयो कि एकअर्का विना बाँच्न नसक्ने भन्नेमा पुगे। यता कोरोना महामारीले लकडाउन भएपछि पति विजय गुजरातबाट घर फर्किए। तर, उनी १४ दिन क्वारेन्टाइनमा बस्न पर्यो। विजय गुजरातबाट फर्किएको खबर विमलाले पाइसकेकी थिइन्।
क्वारेन्टाइन अवधि सकेर विजय ससुराली घर शकरपुरा पुगे। उता पत्नीले प्रेमीसँग भाग्ने योजना बनाइसकेकी थिइन्। विरामीको बहाना बनाएर विमला पतिसँग बेगूसराय आइन्। त्यहीँबाट पतिलाई छो*डेर विमला प्रेमी कुन्दनसँग भागिन।
पति विजयले महिला थानामा उजुरी दिए। दुवैलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राख्यो। महिला थानाका जाँच अधिकारी संजय मिश्राका अनुसार विमलाले प्रेमीसँगै बस्ने भन्दै अडान लिएकी छिन्। उता पति विजय यो घ*टनालाई पञ्चायतमा लैजाने मनस्थितिमा छन्।
विजयले पत्नी भागेको उजुरी दर्ता गरेपछि सबैलाई थानामा लिएर छलफल गरिएको जाँच अधिकारी मिश्राले बताए। उनका अनुसार तत्काललाई पति विजयसँग विमलालाई घर पठाइनेछ।



