Logo

अब रेडियो र टेलिभिजनबाटै सुरु भयो १० कक्षासम्मको पढाई (समय तालिका समेत )


118 Views

काठमाडौं । सरकारले अनलाइन कक्षामा सहभागी हुन नसक्ने विद्यार्थीलाई लक्षित गर्दै आजबाट रेडियो र टेलिभिजनबाट समेत पढाउन सुरु गरेको छ । कोरोनाभाइरसका कारण लामो समयदेखि प्रभावित अध्ययन अध्यापनलाई सुचारु गराउन सरकारले वैकल्पिक विधि अपनाएको हो ।

लकडाउन सुरु भएयता विद्यालयहरु सञ्चालनमा आउन सकेको छैनन् । जसले गर्दा विद्यार्थीको अध्ययनमा ठूलो असर परिरहेको छ। त्यसैलाई मध्यनजर गर्दै सरकारले आजदेखि सबै विद्यार्थीलाई समेट्ने गरी रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरेको हो ।

शिक्षा मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखाले १ देखि कक्षा आठसम्मको पढाइ सञ्चालन हुने तालिका सार्वजनिक गरेको छ ।

विकास केन्द्रका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलबाट पढाइने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टीभी, म्याक्स टीभीको स्कूल एजुकेसन च्यानलबाट प्रसारण हुने उल्लेख छ ।

कक्षा ९ र १० का विद्यार्थीहरुले आवश्यक अध्ययन सामग्री केन्द्रकाे युट्युव च्यानल मार्फत अनुकूलता अनुसार हेर्न समेत सक्नेछन् ।

जेठ २८ गतेदेखि काठमाडौँ महानगरपालिको शिक्षा विभागको सहकार्यमा मेट्रो एफएम ९४.६ मा हरेक दिन बिहान ९ देखि साँझ ५ः३० बजेसम्म कक्षा १ देखि १० सम्मका विभिन्न विषयको कक्षा सञ्चालन भइरहेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सँगको सहकार्यमा जनता टेलिभिजन, योहो टेलिभिजन, टीभी टुडे लगायतका टेलिभिजनबाट समेत नियमित कक्षाहरु सञ्चालन भइरहेका छन् ।

अनलाइनमा पहुँच हुने विद्यार्थीहरुले शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनलाइन सामग्रीको आधारमा आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्नेछन् ।

 

एनटीभी प्लसबाट सञ्चालन हुने कक्षाको समय तालिका

एनटीभी प्लसबाट सञ्चालन हुने कक्षाको समय तालिका

एनटीभी प्लसबाट सञ्चालन हुने कक्षाको समय तालिका

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347