Logo

बजेटले फेरि पनि खोटाङलाई उच्चस्थान दिएको छ : सांसद विशाल भट्टराई


काेभिड १९ काे संकटले सिर्जना गरेकाे विषम परिस्थितिमा आएको आ व २०७७/७८ को बजेटले फेरि पनि खोटाङलाई उच्चस्थान दिएको छ । पहिलो कुरा त झण्डै दुइ खर्वको लागत हुने दुधकोशी जलासययुक्त बिधुत आयोजना सुरु हुनु कम्ति सुखद हैन ! ।

दोश्रो कुरा धेरै मेहनतले हामीले निर्माण गरेको हलेसीको गुरुयोजना थोरै बजेटबाट भएपनि प्रारम्भ हुने भएको छ्। (बजेटकाे पेज ४६ ) । मध्यपहाडी, सगरमाथा राजमार्ग(गाइघाट- दिक्तेल), सगरमाथा स्वर्ण चक्रपथ, दिक्तेल आहाले, दिक्तेल खोटाङबजार, दिक्तेल- हलेसी, सालचौतारा -डिकुवा-कुर्लेघाट लगायतका सडकहरुमा बजेट उपलब्ध भएको छ ।

उत्तरको तापखोला, सावाखाेला, दक्षिणको बुवाखोला र कोशीमा केही नया मोटरेबल पुलहरु थपिएका छन् । हलेसी, बाराहताल, कालिका देबिस्थान, मझुवागढीमा बाबु निर्माण, खोटाङबजारको टुडिखेल, उत्तरको बहानेपोखरी, पश्चिमको सल्लेपोखरी, धिप्लुङ झरना, हलेसीमा रक गार्डेन, लगायतका पर्यटन र संस्क्रृतिसंग जाेडिएका कार्यक्रमहरु छन् ।

सिन्चाई, कृषि , बन, खानेपानी, शहरी विकासमा केही कार्यक्रम रहेका छन। दिक्तेलबजार ढलानले निरन्तरता पाउनेछ।  जिल्लाभर रिचार्ज पाेखरी बनाउन थालिनेछ । केही खेल मैदानमा बजेट छुट्टिएकाे छ। मन्त्रालयगत राताे किताब प्रकाशित भएपछि बिस्तृत विवरण सार्वजनिक गरिनेछ ।

सिमित बजेट र असिमित आवश्यकताका कारण सवै समेटिएका छैनन् नै, अत्यावश्यक कतिपय याेजनाहरु प्रदेश र स्थानीय सरकारवाट समेटिनेछन् ।

म राम्ररी वुझ्छु/ सुन्छु / आत्मसात् गर्छु- जनताले गुनासो गर्ने, आलाेचना गर्ने , माग गर्ने र यदाकदा प्रसंशा गर्ने हामीलाई नै हाे । तर भएका काम सिस्टमले आफैं भए, नभएका चैं फलानाले गरेन भन्ने आम चलन छ । यस्तो दाेहाेराे कुरा नगरिदिनु हुन विनम्र अनुराेध गरेका छन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्