Logo

नाई सङ्घको अध्यक्ष बब्ल्लु ठाकुर भन्छन ‘लकडाउनका कारण हात मुख जोर्न समस्या भयो’


काठमाडौं, २१ जेठ – अखिल नेपाल राष्ट्रिय नाई मजदुर संघले लकडाउनका कारण हात मुख जोर्न समस्या भएको बताएको छ । विश्व नै अहिले कोभिड-१९ अर्थात् कोरोना भाईरससँग लडिरहेको छ । आजसम्म औषधी नै पत्ता नलागेको यो रोगविरूद्ध लड्ने उपाय भनेकाे सामाजिक दूरी नै हाे । यसका लािग नेपालजस्ता विकासशील देशहरुका लागि लकडाउन बाहेक अरु कुनै उपाय छैन ।

सेवामुखी नाई ब्यवसायमा संलग्न पेशाकर्मीहरुले ६९ औ दिनसम्म आईपुग्दा जेनतेन लकडाउन झेलेको उल्लेख गर्दै यथासिघ्र लकडाउन खोल्नुपर्ने माग राखेको छ । संघले जेठ १९ गते प्रेस विज्ञप्ती जारी गर्दै सो माग राखेको हो ।

संघद्वारा जारी विज्ञप्तीमा उपत्यकामा करिब दश हजार शैलुनहरु रहेको उल्लेख गर्दै प्रति शैलुन सरदर चार जनाले रोजगार विहिन बन्नु परिरहेको जनाएको छ । संघका अध्यक्ष नागेन्द्र ठाकुर बब्लु द्वारा हस्ताक्षरित विज्ञप्तीमा शैलुन संचालकले घर भाडाको समस्या झेल्दै आएको उल्लेख गरिएको छ ।

साथै, संघले कोभिडको कहरसँगसंगै रोजीरोटीको समस्या पनि गासिएकाले समस्या समाधानको लागि सरकारको ध्यानाकर्शण गर्न चाहेको बताएको छ । लकडाउन कडा गर्नु र बढाउनु सरकारको पनि रहर थिएन हाेला । जनतालाइ दुःख त हुने नै भयाे, तर जनताकै सुरक्षाका लागि याे तारिफयोग्य छ । तर यससँगै सरकारले ती न्युन अाय हुने वर्ग, मजदूर, विपन्नहरुको पनि जिम्मा लिन पछाडि हट्न मिल्दैन ।

सरकार भनेको देश र जनताको अभिभावक हो । सरकारले सम्पूर्ण देसबासीको अभिभावकत्ज पूरा गर्न सक्नुपर्छ । यसका लागि ३ वटै तहका सरकार (स्थानीय, प्रदेश र केन्द्र) ले सहकार्य तथा समन्वय गरेर समयमै सबै तिरका समस्या व्यवस्थापना गर्न सक्नुपर्छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) प्रदेश नम्बर २ का अध्यक्ष समेत रहेक बब्लु सिंहले लक डाउन लम्बिन सक्ने भन्दै अशक्त र ज्यालादारी मजदुरी गर्नेका लागि राहतको ब्यबस्था गर्न सरकारसँग माग गर्दै केहि समय अघी पनि फेसबुकमार्फत प्रेस बिज्ञाप्ती निकालेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्