-हेम खडका

राष्ट्र्बादी, प्रजातान्त्रिक, बामपंथी, कम्युनिस्टहरु भित्रका देशभक्त राष्ट्र्बादी, देशभक्त प्रजातान्त्र र लोकतन्त्रबादी, देशभक्त बामपंथीहरु, देशभक्त कम्युनिष्ट्र क्रान्तिकारीहरु सबैले धुर्बिकरण भएर मात्रै स्वचालित सङ्गठनको निर्माण गर्न सम्भब छ, यसैबाट स्वाधिन बैज्ञानिक समाजबादी सत्तामा श्रमजीवी बर्गको अधिनायकत्व कायम गर्न हामी सफल हुनेछौं । बैज्ञानिक समाजवादी ब्यवस्थाको राज्यसत्ता निर्माण गर्दै गर्दा हाम्रो जनसरकारले यसका आधारहरु निर्माण गर्दै जाने छ । बैज्ञानिक शासकिय स्वरुपको प्रणाली, बैज्ञानिक बिकास र निर्माणको मोडल र श्रमजीवी वर्गसंघर्षको सम्बोधन पहिलो तयारी भित्र पर्ने छ । बैज्ञानिक समाजवदी सत्ताको परिकल्पना: यसमा प्रारम्भिक डिपिआरको निर्माण पहिलो खण्ड हो ।

प्रारम्भिक डिपिआर:
क . जब कुनैपनि आमा गर्भवती हुन्छिन, त्यसपछि १ महिनामा उनी स्वास्थ चौकी जान्छिन, स्थानीय वडाले उक्त आमाको पेट्मा भएको बच्चा यो देशको भोलिको डाक्टर, पाईलट, ईन्जिनियर, नर्स, प्रधानमन्त्री , राष्ट्र्पति अथवा देशको दक्ष जनशक्ति हो भन्ने कुरा मनन गरेर निम्न काम गर्ने १. जबसम्म बच्चा जन्मिदैन तबसम्म उक्त बच्चा र आमाको स्वास्थमा निगरानी गरेर उचित पौस्टिक आहारव्यहारको प्रबन्ध गर्न परिवार सङ्ग सहकार्य गर्ने, २. कम चेतना भएका ठाउँमा अहिले पनि गर्भवती आमाले मधपान, धूम्रपान र असर पर्ने गरि श्रम गर्ने गरेको पाईएको छ । त्यसको पहिचान गरेर चेतावनीसमेत दिएर हेल्दी बच्चा जन्माउन उत्प्रेरित गर्ने, ३ . आबश्यक आईरन , पौस्टिक तत्व पाईने कुरा उपलब्ध गराउने । समय समयमा चेक जाँच गर्न आउने तालिका बनाउने, ४  बच्चाको वडाले अस्थायी नाम र रास्ट्रीय परिचयपत्र त्यतिबेलानै दिने , ५. बच्चा जन्मने समय सम्म उसको अवस्था र चरणहरुको तथ्यांक राखेर ३६ महिना पछि वडाले स्थानीय पालिका वा नगरलाई बुझाउने, ६. बच्चा को उक्त तथ्यांकमा परिवारको विवरण, आर्थिक, सामाजिक , राजनीतिक तथा संस्कृतिक सबै खुलाउने ।

ख. बच्चा जन्मेपछि वडाले स्थानीय सरकारलाई उसको ३६ महिना सम्मको स्वास्थ विवरण सहित उसको पारिवारिक विवरण र रास्ट्रीय परिचयपत्र बिर्थ केर्तिफिकते अनुसारको फर्म्याट सहित बुझाउनु पर्नेछ । अब स्थानीय सरकारले आफ्नो भोलिको दक्ष नागरिकको शिक्षा, स्वास्थ निशुल्क गरेर प्ले ग्रुपमा भर्ना गर्नेछ । – ७ बर्षको बच्चा १ कक्षामा पुग्नेछ । मनन गरेर निम्न काम गर्ने : १. Basic Level Examination (BLE) पास गर्दा उक्त बच्चा १५ बर्सको हुनेछ, २. BLE पछि कक्षा ९ मा आधा बर्ष वा ६ महिना भित्रमा, सैन्य तालिम, ड्राईभिङ, स्विमिङ, हाउस वाईरिङ आदी गराउने, ३.अन्तर्राष्ट्रिय भाषा बाहेकका अरु दुई भाषाहरु चाइनिज र कोरियन, वा फ्रेन्च र डच पढाउने, ४. कृषि, पशु, जडिबुटी, खाद्यान्न, चुल्हो र ब्यवसायिक तालिम,  ५. पार्लर, शृङार, स्वास्थ र पोशाक एवं उत्पादन सम्बन्धि तालिम, ६.कक्षा १० सी पछि ग्रेडिङ अनुसार र रुचि एवं क्षमता अनुसार १११२ उचित विषय रोज्न लगाएर पढ्न पठाउने । १७ बर्षमा उसले सी सकेपछि १९ बर्ष भित्रमा स्कुल लेभल सक्नेछ ।

ग. स्कुल लेभल (+२) सकेपछि, अब हाईयर एजुकेशन लिन सिटिजन र पासपोर्ट समेत दिएर ईन्डिपेन्डेन्ट बनाएर पठाउने ।

घ. हरेक नागरिकले आफ्नो पढाई A , B, अर्थात डाक्टर, पाईलट, ईन्जिनियर बाहेकका अरु फ्याकल्टी पढ्ने हरेक विद्यार्थी सहितले ९ घण्टा बिहान ६ बजे देखि २ बजे सम्म र दिउसो १ बजे देखी ९ बजे राती सम्म अनिवार्य रुपले ९ घण्टा काम गर्नुपर्ने प्राबधान राख्ने । साथै अन्य : १. हरेक नागरिकको काम स्थानीय सरकारले तोक्ने र उनीहरुको पारिश्रमिक स्थानीय सरकारले जिम्मा लिने, २. हाल को अबस्थामा A/B को २४०००- र D क्याटेगोरिको श्रमिकले १५०००- अनिवार्य रुपमा नागरिकको खातामा हालिदिने, ३. त्रदे र स्किल्ल्फुल्ल कतेगोॠ को स्केल भने सोही अनुसारको हुनेछ, ४. हरेक नागरिकलाई श्रमका बेला, पठनपाठनका बेला यातायातको निशुल्क व्यवस्था गर्ने र उनीहरुको ६० बर्ष पुगेका बा आमाको निशुल्क यातायात र स्वास्थ जाँच को प्रबन्ध गर्ने, ५. सरकारले उपलब्ध गराएको हरेक २ महिना मा दिएको आधा महिना को थप तलबले आयातित पोशाक क्याजुअल लगाएर घुम्ने र विकेण्ड मनाउन सकिने व्यवस्था गर्ने ।

ङ. हरेक दक्ष नागरिकको आ-आफ्नो दक्षता अनुसार नेपाल मै बसेर काम गर्ने प्रणालीको बिकास गर्ने र लागू गर्ने । अन्य: १. अध्यन सकेर आफ्नो प्रदेश सरकार मार्फत आफ्नो कार्य क्षेत्र जाने, २. हरेक रास्ट्रसेबक कर्मचारी र नागरिकले ड्युटीमा रहदा अनिवार्य रुपले रास्ट्रमा उत्पादित पोशाक र बस्तुहरुको मात्रै प्रयोग गर्न पाउने, ३. तर आफ्नो बिदाका बेला विकेण्डमा भने ईच्छा अनुसारको आयातित बस्त्रशस्त्र र श्रृङ्गार गरेर मनोरञ्जन गर्न पाईने ।

च. निशुल्क शिक्षा, यातायात र स्वास्थ प्राप्त गरे पछि हरेक नागरिकमा राष्ट्रीयता र स्वाधीनताको अनुशासनमा रहन निर्देश गर्ने ।

झ. यसरी हरेक नागरिकको आर्थिक, सामाजिक र राजनीतिक डाटाबेस बनाउने प्रणालीको बिकास गरेर समाजवादको नयाँ चरणको अभ्यास गर्ने र १. बर्ग बिहिन समाजको अभ्यास सम्म पुग्न त्यसको आधारभुत कुराहरूको तयारी गर्ने, २. पुजीवादी र त्यसको उपयुगका अवशेषहरु निस्तेज गर्ने प्रणालीको बिकास गर्ने, ३. प्रणालीअनुसार शासक आफू रोल मोडेल बन्ने र सोही व्यवस्थामा आफुपनि रुपान्तरण हुने । (लेखकको “श्रमजीवी बर्गको राज्य सत्ताको परिकल्पना” को भाग १ को खण्ड “क” बाट यो अंश प्रकाशित गरिएको)

डिजिटल डिपिआर:
जिल्लाको , क्षेत्रफल, भौगोलिक विविधता , खानी, मठाधिश, कृषि , उर्जा , पर्यटन, संस्कृति , जातजाति भेषभुसा, जनसंख्या सबै विवरण संकलन सहितको पालिकाहरुको बिभाजन गर्ने ।

१. हरेक पालिका र नगरमा हेलिप्याड:  पालिकामा भएका खानी, पुरातात्त्विक बिभाग, धार्मिक मठ मन्दिर पाटी पौवा, धारा कुवा संस्कृति र महत्त्वपूर्ण स्थान, शहर र ठाउँहरु आधी अध्यन गर्ने र सो को विवरण राख्ने । पालिकाको मुख्य केन्द्र हुने गरि बनाइएको हेलिप्याड सङ्ग जोडेर दोस्रो न । मा सडक बाटोको बिकास गरिनेछ । जसमा छिटो छरितो महत्त्वपूर्ण एम्बुलेन्स , बारुण र सरकारी गाडीहरू पुग्न सक्नेछन् ।

२. सबै पालिका र नगर जोड्ने ४ लेनकोबाटो : पहिलो २ लेनमा यात्रुबाहक र ढुवानीका सवारी साधनहरु आउने र जाने गरि बन्नेछ र दोस्रोमा महत्वोपुर्ण एम्बुलेन्स बारुण र सरकारी गाडीहरू आउने जाने गरि ४ लेनको बाटोको निर्माण गरिनेछ ।

३. सडकको मोडेल , सडक बनाउदै हामी यी कुरा हरुमा ध्यान दिन्छौं , बत्ति , पानी, सिंचाइ , टेलीफोन, ईन्टरनेट , टेलिभिजन , ढल सबैको पाईपलाईन र हरेक टोल र आबश्यक ठाउँमा एक्स्टेन्सन छोड्ने छौं । नदि किनारमा ठूलो ठुलो पम्पिङ गरेर पानी तानिएको हुनेछ जो उक्त स्थानको सबैभन्दा माथी लगिनेछ र सिंचाइको लागि पानी निकासा गरिनेछ, जसबाट विद्युतको उत्पादनलाई समेत ध्यान दिनेछौं । नदिमा बाध, उर्जा बत्ती , सिंचाइ र नदि किनारको दुबै तिर रेल र हरेक पहाडले छेकेको एक बस्ती बाट अर्को बस्तीमा ढुवानीका लागि केबल कारको प्रयोग गर्ने व्यवस्था मिलाउने छौं , यसो गर्दा बिकासको दीर्घकालीन अरु योजना बिर्सने छैनौं । बाटोमा बोट बिरुवा वा रुखहरु उत्पादन र बढी अक्सिजन दिने रुख रोप्ने छौं , जस्तैः हरेक पालिकामा १० लाख चान्द्लर बाल नट (दाते ओखर) र पिपल वर का रुखहरु रोपिनेछ ।

४. हरेक घर जमिन मुनि १ तला र माथी २ तलाको बन्नेछ जसमा २ ओटा गाडी ४ मोटरसाइकल अनि सामन्य लसुन साग रोप्ने आधा रोपनी जग्गा सहितको बनाउछौ । यो क्याटेगोरी ए अर्थात घर बिहिन र तल्लो बर्गको व्यवस्थापनलाई पहिलो प्रथामिकता हुनेछ । बस्तीमा टोल टोलमा आबश्यक ठाउँमा एक्स्टेन्सनहरु छोडिनेछ । जसले आबश्यक अनुसार चलाउन सकिनेछ ।

५ . हरेक टोलमा टोल नजिकै स्कुल र एक हस्पिटल हुनेछ ।  हरेक बिधालय स्कुल अफ साईन्स एन्ड टेक्नोलोजी , स्कुल अफ आर्ट्स एन्ड ईन्टरटेन्मेण्ट, स्कुल अफ कमर्स एन्ड एजुकेसन आदि हुनेछन् ।हस्पिटल हरु पनि सामान्य माइनर अप्रेसन गर्ने सुबिधाजन्य अस्पतालहरु हुनेछन् । आबश्यकिय अबस्थामा तुरुन्तै एम्बुलेन्स मार्फत पालिका बाट हेलिमा सुबिधाजन्य अस्पताल लैजान सक्ने व्यवस्था समेत मिलाएर राखिनेछ ।

६. सेक्रेटरी स्टेसन, उत्पादित बस्तुको स्टोर र बितरण स्टेसन हुनेछ ।  तु टेक्नोक्र्याट सिस्टमले प्रशासन र जनसेवाका कामहरु गरिने व्यवस्था हुदा यो प्रभावकारी र समाजले नै संरक्षण र मर्मत संभार गर्ने रुलिङ हुनेछ । अपराध र अचानक घट्ने घटना पुर्णतः प्रबिधिका कारण छिटोछरितो समाधान हुने प्रणालीको बिकास हुनेछ । स्थानीय सरकारले खाली मणिटरिङ्ग गर्दा सहजै कार्यापालिका र न्यायापालिका चल्ने सक्ने हुनेछ ।

७. मिश्रित पुजिको बिकास गरिनेछ:  पालिकामा मुख्य दोस्रो तेस्रो र विविध गरेर औधोगिक बिकासको तयारी गरिनेछ, सहकारी कृषि, उर्जा , पर्यटन र खास मौलिकताले पालिकालाई पहिचान गराईनेछ । कृषिलाई सामुहिक खेती, एक बेल्ट एक खेती र नगदेवाली उत्पादनलाई जोड दिदै कृषिलाई मुख्य उद्योगको रुपमा बिकास गरिनेछ ।
बन जङ्गल हालका सामुदायिक बनहरुमा ठुलो जङ्गल बाहेकमा जंगली जनावरले कम क्षेती गर्ने र नगदमा रुपान्तरण हुने बृक्षारोपणलाई प्राथमिकता दिईनेछ । निजि सामुदायिक र स्थानीय सरकारको मिश्रित पुजि नै उक्त पालिकाको बजेट हुनेछ, यसो गर्दा साझा र सामाजिक दायित्व हरेक सदस्यलाई बराबर पर्न जानेछ । यो नै साम्यवादको आधारभुत आधार हुनेछ ।

बैज्ञानिक भुमी सुधार, बितरण र निजि सम्पत्तिमा हदबन्दी
भुमि सुधारको ईतिहास, ७ साल, १७ साल देखिको आन्दोलनहरु हेर्दा २०५२ को शसस्त्र आन्दोलनसम्म पुग्दा पनि जसको जोत उसको पोत, घर पोत्नेको खेत जोत्नेको भन्ने नारा समेत गलत साबित भएको छ, माक्र्सवादी दृस्ठिकोणले यो कहिलेपनि सहि र बैज्ञानिक हुन सक्दैन , कम्युनिस्टहरुले बेचेको यो भ्रमबाट नेपालमा सच्चा कम्युनिस्टहरु नभएका कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको कुरा स्पस्ट हुन्छ । बैज्ञानिक भुमी बितरण र निजि सम्पत्तिको हदबन्दी बारे प्रारम्भिक प्रस्ताव गरेका छौं ।

१. खेतीयोग्य जम्मा जमिनको क्षेत्रफल निकाल्ने र पहाड र तराईमा बैज्ञानिक हुने किसिमले, अबब्ल, दोयम, सिम, चार जग्गाको वर्गीकरण अनुसार नै ७ सदस्यीय रहेको १ घर परिवारलाई क्रमशः अवल १५ रोपनी, दोयम, २० रोपनी, सिम २० रोपनी, चार ४० रोपनी गरि जम्मा ९५ रोपनी जग्गा निजि सम्पत्तिका रुपमा राख्न पाउने र नभएकालाई बितरण गर्ने । यसो गर्दा एक व्यक्तिको नाममा लगभग १३.५ रोपनी जग्गा पर्न आउँछ, (यो प्रस्ताव पहाडी ईलाकालाई आधार मानेर गरिएको हो तराईको हकमा खेती योग्य जमिन र उत्पादनका आधारमा हदबन्दी लागु हुनेछ ) यसरी यो कार्य सुरु गर्दै गर्दा बाझिएको जग्गाको हकमा बाझो राख्ने जग्गा धनीहरुको जग्गामा पहिलो हदबन्दी लागू हुनेछ । व्यबसायिक कृषि सुरु गरेका धेरै जमिन हुनेहरुलाई भने भुमिको लागत, श्रमिक को श्रम र उत्पादन बितरण र बजार को निश्चिति गरिनेछ ।

२. यसरी बाकी जग्गा रास्ट्रीयकरण गर्ने र स्थानीय सरकारको मातहतमा दिने र सामुहिक खेतीको लागि प्रयोग गर्ने , स्थानीय सरकारले ल्याएको बेरोजगारको अन्त्य गर्ने अर्को पोलिसी यहाँ लागू हुनेछ, हरेक १८ बर्स देखि ६० बर्स सम्मका नागरिकले ई क्याटेगोरी अर्थात किसानी र मजदुरी गर्नेहरुले समेत पालिका स्तरमै जागिर पाउने छ्न , १५ देखि १८ हजार तलब भत्ता दिएर दैनिक ९ घण्टा काम गर्न पर्ने प्राबधान यहाँ लागू हुनेछ । यदि बिरामी र भैपरी आउने बिदा बाहेक अरु कारण आउन नसके दैनिक ५०० का दरले कट्टा हुने समेत व्यवस्था गरिने । यसो गर्दा हरेक परिवार चल्न सक्ने आर्थिक स्थितिको निर्माण हुनेछ ।

३. शहरमा १ रोपनिमा बनेको १ घर, २ गाडी, र व्यक्तिगत बाईक बाहेक अरु निजि सम्पत्तिमा हदबन्दी गरि कमर्सियल बनाउनेतर्फ लैजाने निति बनाउने र पहाड र तराई मा एक घरवार हुने किसिमले अघिल्लो बिकास मोडललाई जोडेर पुनर्निर्माण र बिकास गर्ने ।