Logo

खोटाङमा ३ अर्व ६ करोड अनुदान (बजेट विवरण सहित)


खोटाङ – जिल्लाका १० स्थानीय तहका लागि संघीय बजेटबाट करिब ३ अर्व ६ करोड बजेट विनीयोजन भएको छ । विहीबार सरकारले आर्थिक वर्ष २०७७-०७८ को बजेट भाषणमार्फत जिल्लाका स्थानीय तहका लागि ३ अर्व ५ करोड ९९ लाख बजेट विनीयोजन गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि ५८ करोड ८६ लाख, हलेसी तुवाचुङ नगरपालिकाका लागि ४१ करोड ३१ लाख, ऐंसेलुखर्क गाउँपालिकाका लागि २९ करोड १५ लाख अनुदान आएको छ ।

यस्तै, केपिलासगढी गाउँपालिकाका लागि २४ करोड ४२ लाख, खोटेहाङ गाउँपालिकामा ३२ करोड १ लाख, जन्तेढुंगा गाउँपालिकाका लागि २५ करोड ९५ लाख, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका लागि ३१, करोड ९९ लाख, रावावेंसी गाउँपालिकाका लागि २१ करोड ९५ लाख, बराहपोखरी गाउँपालिकाका लागि २० करोड १० लाख, र साकेला गाउँपालिकाका लागि २० करोड २५ लाख अनुदान प्राप्त भएको हो ।

जिल्लाका स्थानीय तहमध्य सवैभन्दा बढी बजेट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि र सवैभन्दा कम बराहपोखरी गाउँपालिकाका लागि आएको छ ।

आगामी आर्थिक वर्षका लागि जिल्लामा करिव ३ अर्व ६ करोड बजेट विनीयोजन भएको र सो विनीयोजित बजेट रातो कितावमा उल्लेख गरिएको अवस्थामा रहेको प्रदेश सभा सदस्य उषाकला राईले प्रभाव न्यूजलाई जानकारी दिनुभयो । उहाँले जिल्लाका लागि उत्कृष्ट बजेट भित्रिएको बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्