Logo

‘सुम्निमा पारुहाङ’ नाट्य कृति लेखनको विधि-प्रवीण पुमा


177 Views

 

१. विषय प्रवेश :
सुम्निमा–पारुहाङ नाट्यकृति खम्बू मुन्दुममा आधारित छ । यस कृतिमा मानिसको उत्पत्ति, विकास र परम्पराको विषयवस्तुहरू समेटिएको छ । यस नाट्यकृति वि.सं. २०४९ सालमा लेखिएरपछि प्रथमपल्ट प्रदर्शन भएको थियो । यस नाटकलाई दोस्रोपल्ट सुम्निमा थियटर एकेडेमी नेपाल र सर्वनाम थिएटरको सहकार्यमा २०७१ भदौ १५ देखि असोज १ गतेसम्म पनि प्रदर्शन गरियो । यस नाटकलाई तेस्रो पल्ट मातृभूमि थियटर नेपालको प्रस्तुतिमा नेपाल सरकार, सास्कृतिक सस्थानद्वारा आयोजित राष्ट्रिय लोकनाटक महोत्सव-२०७६मा माघ २७ गते इलाममा प्रदर्शन गरियो । यस नाटकले धेरै दर्शकहरूको मन जित्यो । यसरी दर्शकहरूको मन जित्न सफल यस सुम्निमा–पारुहाङ नाट्यकृतिलाई नाट्यलेखन विधिअनुसार लेखिएको छ ।

२. नाट्यलेखन विधि :
नाट्यलेखन विधि भनेको नाट्यलेखनको तौरतरिका हो । यसमा नाट्यलेखनको प्रारम्भदेखि अन्त्यसम्मका कार्यहरू गरिन्छ । नाट्यलेखनको विधिहरूमा विविधता पाइन्छ । तथापि नाट्यलेखनका लागि दृढइच्छा, विषय छनौट, संरचना निर्माण, नाट्य घटना, लेखन, पुनर्लेखन, सम्पादन, प्रकाशन र समीक्षा आदि प्रमुख विधि हुन् । यी नाट्यलेखनका विधिहरूको आधारमा नाट्यलेखन गरेमा नाट्य प्रस्तुतिमा जीवन्तता पाइन्छ । सोही विधि अनुसार सुम्निमा–पारुहाङ नाट्यकृति लेखिएको छ ।

२.१. नाट्यइच्छा :
नाट्यइच्छा भनेको नाट्यकारिताप्रतिको नाट्य अठोट हो । नाट्यलेखनका लागि नाट्यअठोट चाहिन्छ । नाट्यलेखनको अवधिमा विभिन्न समस्याहरू आउँछन् । त्यसलाई चिरेर जानुपर्छ । नाट्य अठोट नै छैन भने नाट्यलेखन अधुरो हुन्छ । अतः सो अठोटअनुसार नाट्यकारितामा लागियो, तर नाट्यकारितामा लाग्नु त्यति सजिलो थिएन । नाट्यकारितामा लाग्दा ८० प्रतिशत दिनहरू एक छाकमा बितेका छन् । यस अवधिमा अनेकौँ उतार–चढावहरू आएका छन् । तथापि त्यसलाई चिरेर नाट्यकारितालाई निरन्तरता दिइरहेँ । सोही अठोटले विभिन्न नाट्य विषयहरू मस्तिष्कमा आइरहे । तिनैबाट छनौट गरेर नाट्यकारितालाई अगाडि बढाइएको हो ।

२.२. नाट्यछनौट :
नाट्य छनौट भनेको नाट्य विषयको छनौट हो । नाट्य इच्छा भएपछि नाट्य छनौट गरिन्छ । यसमा नाट्य विषयको खोजी गरिन्छ । उद्देश्य अनुसारको विषय पाएपछि त्यो विषयको अध्ययन गरिन्छ । त्यो विषयमा भएका तथ्यहरूको प्रमाणीकरण गरिन्छ । त्यो विषयभित्र सूक्ष्म अध्ययन गरिन्छ, विषयभित्र पसिन्छ । शङ्का लागेको विषयमा थप अनुसन्धान गरिन्छ । त्यसको तथ्य जुटाइन्छ, त्यसलाई पुनः प्रमाणीकरण गरिन्छ । तथ्यको प्रमाणीकरण भएपछि नाट्यछनौट गरिन्छ । सोही विधि अनुसार सुम्निमा–पारुहाङ नाट्यकृतिको बिषय छनौट गरिएको हो । नाट्य विषयको छनौट अवधिमा धेरै नाटकहरू मस्तिष्कमा आए तर विषयको गहनताका आधारमा यस सुम्निमा–पारुहाङ नाट्यकृतिको नाट्य संरचना निर्माण गरिको हो ।

सुम्निमा–पारुहाङ नाटकमा कलाकारहरु

२.३. नाट्य संरचना निर्माण :
नाट्य संरचना निर्माण भनेको नाट्य स्वारूपको अवधारणा हो । नाट्य छनौटगरेपछि नाट्य संरचनाको निर्माण गरिन्छ । यसले नाट्य लेखनलाई मार्ग निर्देश गर्छ । यसका लागि नाट्यघटना खोजिन्छ । खोजिएका घटनाहरूमध्येबाट उपयुक्त नाट्यघटना चयन गरिन्छ । यो नाट्यघटनामा समान नाट्यदृष्यहरू हुनुपर्छ । असमानता नाट्यदृष्यहरूको चयन गरिँदैन । नाट्य संरचनाको निर्माणमा नाट्यलेखकले स्वविवेकको प्रयोग गर्छ । सोही विधि अनुसारको सुम्निमा–पारुहाङ नाट्यकृतिको नाट्यसंरचना निर्माण गरिएको हो । यस नाटकको नाट्यसंरचना मुन्दुमी संरचनामा छ । यस नाट्यकृतिको नाट्यसंरचना चक्रीय प्रणालीमा निर्माण गरिएको छ । यस नाटकको नाट्यसंरचना निर्माण अवधिमा धेरै नाट्यसंरचनाहरू मस्तिष्कमा आए । ती नाट्यसंरचनाहरूलाई प्रमाणीकरण गरेपछि यस सुम्निमा–पारूहाङ नाट्यकृतिको दृष्याङकन गरिएको हो ।

२.४. दृष्याङकन :
दृष्याङकन भनेको नाट्यदृय हो । यसले नाट्य घटनालाई लक्षित गन्तव्यमा पु¥याउँछ । यस सुम्निमा–पारूहाङ कृतिमा पनि दृष्याङकन छ । यस नाट्यकृतिमा १२ दृष्यमा दृष्याङकन गरिएको छ ।

२. ४. १. पहिलो दृष्य :
पहिलो दृष्यमा निनाम्मा र हेन्खामा भेट भएर चिनापर्ची गरीसँगै राती बास बस्छन् । यस दृष्यमा निनाम्मा र हेन्खामा दुइ पात्रहरू छन् ।

२. ४. २. दोस्रो दृष्य :
दोस्रो दृष्यमा निनाम्माको विवाह प्रस्तावलाई हेन्खामाले अस्वीकार गरेपछि निनाम्मा अलप हुन्छ । यस दृष्यमा निनाम्मा र हेन्खामा दुइ पात्रहरू छन् ।

२. ४. ३. तेस्रो दृष्य :
तेस्रो दृष्यमा झुक्किएर निनाम्माको वीर्य खाएर हेन्खामा गर्भवती भएपछि निनाम्मालाई खोज्नु साल्पापोखारीतिर सबैजना जान्छन् । यस दृष्यमा हेन्खामा, निनाम्मा, माङ्पा, ताङटुप्मी र गावा गरी पाँचबाट पात्रहरू छन् ।

२. ४. ४. चौथो दृष्य :
चौथो दृष्यमा साल्पापोखरीमा हेन्खामाको निनम्मासँग विवाह हुँदा सबै जना साकेला नाच्छन् । हेन्खामा, निनाम्मा, माङ्पा, ताङटुप्मी, गावा र चराहरू गरी दजनौ पात्रहरू छन् ।

२. ४. ५. पाँचौ दृष्य :
पाँचौ दृष्यमा छरूवा छरिसकेपछि कामुकता खोज्दा हेन्खामाले निनाम्मालाई छोडेर गएपछि हेन्खामालाई पछाउँदै निनाम्मा पनि जान्छ । यस दृष्यमा हेन्खामा र निनाम्मा गरी २ पात्रहरू छन् ।

२. ४. ६. छैटौ दृष्य :
छैटौ दृष्यमा होङछा जन्मिएपछि हेन्खामा, चाप्चा, बान्पा र होङछालाई छोडेर निनाम्मा धर्तिदेखि आकाशतिर जान्छ । यस दृयमा हेन्खामा, निनाम्मा, चाप्चा, बान्पा र होङ्छा गरी ५ पात्रहरू छन् ।

२. ४. ७. सातौ दृष्य :
सातौ दृष्यमा चाप्चा र बान्न्पाले सिकार ल्याएर आएपछि सबै जना खाना खानु भित्र जान्छन् । यस दृयमा सुम्निमा, रोहोमा, होङ्छा, बान्चा र चाप्चा गरी ५ जना पात्रहरू छन् ।

२. ४. ८. आठौं दृष्य :
आठौंमा सुम्निमाले होङछालाई तालित दिएर चाप्चा र बान्पाको अत्यचारबाट बच्नको लागि आत्मा रक्षा गर्न लगाउँछिन । यस दृष्यमा सुम्निमा, रोहोमा, चाप्चा, बान्पा, होङ्छा र ताङटुप्मी गरी ६ बटा पात्रहरू छन् ।

२. ४. ९. नौ दृष्य :
नौं दृष्यमा सुम्निमाले चाप्चा र बान्पालाई जगाउनको लागि होङछालाई लिएर चाप्चा र बान्पा भएकोतिर जान्छिन् । यस दृष्यमा सुम्निमा, चाप्चा, बान्पा, होङ्छा र ताङटुप्मी गरी ५ बटा पात्रहरू छन् ।

२. ४.१०. दशौ दृष्य :
दशौ दृष्यमा मरेको चाप्चा र बान्पालाई ब्युताएपछि सुम्निमाले चाप्चा, बान्पा र होङछालाई छुटाइदिन्छिन् । यस दृष्यमा सुम्निमा, चाप्चा, बान्पा, होङ्छा र ताङटुप्मी गरी ५ बटा पात्रहरू छन् ।

२. ४. ११. एघारौ दृष्य :
एघारौ दृष्यमा होङछाले चाप्चाले मारेको सम्निमालाई मृत्यु संस्कार गरेर छोडिगएको सुम्निमा आफै ब्युतिन्छिन । यस दृष्यमा सुम्निमा, चाप्चा, बान्पा, होङ्छा, ताङटुप्मी, रोहोमा, बक्साले गरी ७ बटा पात्रहरू छन् ।

२. ४.१२. बाहै दृष्य :
बाह्रौं दृष्यमा पारूहाङले होङछालाई धर्तिमा एक्लै छोडेर सुम्निमालाई लिएर आकाशतिर जान्छ । यस दृष्यमा सुम्निमा, पारूहाङ, होङ्छा र ताङटुप्मी ५ बटा पात्रहरू छन् ।
ती नाट्यसंरचनाहरूलाई प्रमाणीकरण गरेपछि यस सुम्निमा–पारुहाङ नाट्यकृति लेखिएको हो ।

सुम्निमा–पारुहाङ नाट्यकृति

२.५. नाट्य लेखन :
नाट्यलेखन भनेको नाट्य अभिलेखीकरण हो । नाट्यसंरचना निर्माणगरेपछि नाट्य लेखन गरिन्छ । नाट्य लेखनका लागि पहिले नाट्यघटना तयार पारिन्छ । त्यो नाट्यघटनाको गहिराइमा डुबेर अध्ययन गरिन्छ । सम्बन्धित नाट्यघटनालाई मस्तिष्कमा राखेपछि नाट्यभावमा डुबेर नाट्यलेखन गरिन्छ । नाट्यलेखनका अवधिमा घटनाअनुसार नाट्य लेखकको भाव अभिव्यक्तिमा परिवर्तन आउँछ । यो लेखनअवधिमा लेखक कहिले चिच्याउँछ, कहिले रुन्छ, कहिले हाँस्छ, कहिले उफ्रिन्छ । यसले नाट्यलेखनलाई आकर्षक बनाउँछ । सोही विधि अनुसारको सुम्निमा–पारुहाङ नाट्यकृतिको नाट्यलेखन गरिएको हो । यस नाट्यलेखन अवधिमा धेरै नाट्यलेखन गरियो । कैयौँपल्ट लेखन नै रोकियो । तैपनि नाट्यलेखनलाई निरन्तरता दिइयो । लेखिएका मध्ये आवश्यक नाट्यांश मात्रै राखियो । राखिएको नाट्यांशलाई पनि प्रमाणीकरण गरियो । प्रमाणीकरण गरेपछि सुम्निमा–पारुहाङ नाट्यकृतिको नाट्यलेखनले पूर्णता पाएको हो । यसरी नाट्यलेखनपछि यस नाट्यकृतिको नाट्य पुनर्लेखन गरिएको छ ।

२.६. नाट्य पुनर्लेखन :
नाट्य पुनर्लेखन भनेको पुन नाटकको अभिलेखीकरण हो । नाट्यलेखनपछि नाट्यपुनर्लेखन गरिन्छ । यसमा नाटकलाई संशोधन गरिन्छ । आवश्यकताअनुसार नाट्यदृष्यहरूलाई सम्पादन गरिन्छ । सम्बन्धित नाट्य घटनाको चित्रण गरिन्छ । नाट्य घटनामा भएका दुविधालाई हटाइन्छ । यसले नाट्य प्रस्तुतिलाई आकर्षक बनाउँछ । सोही विधि अनुसारको सुम्निमा–पारुहाङ नाट्यकृतिको नाट्य पुनर्लेखन गरिएको छ । नाट्यलेखन अवधिमा धेरै पटक पुनर्लेखन गरियो । पुनर्लेखनपछि त्यसलाई आवश्यक मात्रै राखियो । राखिएको नाट्यांशलाई प्रमाणीकरण गरियो । यसरी पुनर्नाट्यलेखनपछि यस नाट्यकृतिलाई सम्पादन गरिएको छ ।

२.७. नाट्य सम्पादन :
नाट्य सम्पादन भनेको नाट्य काँटछाँट हो । पुनर्लेखनपछि नाट्य सम्पादन गरिन्छ । यसलाई सम्पादकले सम्पादन गर्छ । सम्पादनमा नाट्य गुणस्तरलाई ध्यान दिइन्छ । आवश्यक नाट्य दृश्यहरू थपघट गरिन्छ । यसमा दर्शकको मनोभावलाई पनि समावेश गरिन्छ । यसमा नाटकलाई प्रकाशन योग्य बनाइन्छ । सोही विधि अनुसार सुम्निमा–पारुहाङ नाट्यकृतिको नाट्य सम्पादन गरिएको हो । यस नाट्यकृतिको नाट्य सम्पादन अवधिमा नाट्यांशहरूलाई काँटछाट गरिएको छ । नाट्य सम्पादन अवधिमा कैयौँपल्ट त नाट्यांश कि धेरै भएको थियो भने कि थोरै । यसरी नाट्य सम्पादनपछि आवश्यक नाट्यांश मात्रै राखिएको छ । यसरी नाट्य सम्पादन गरिएपछि यस सुम्निमा–पारुहाङ नाट्यकृतिलाई प्रकाशन गरिएको छ ।

२.८. नाट्य प्रकाशन :
नाट्य प्रकाशन भनेको नाटकको सार्वजनिकरण हो । प्रकाशनयोग्य भएपछि नाटकलाई प्रकाशन गरिन्छ । नाट्यप्रकाशनका लागि नाट्य गुणस्तरलाई ख्याल गरिन्छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347