Logo

कोरोनाको क्षतिपूर्ति चीनलाई तिराउने सोच्नु दिवासपना हो-चिनियाँ विदेश मन्त्री


एजेन्सी-चीनका विदेश मन्त्री वाङ यीले कोरोनाभाइरसको महा-मारीबारे चीनलाई क्षतिपूर्ति तिराउने कसैले सोचेको छ भने त्यो दिवासपना हुने बताएका छन्।

आइतबार बेइजिङमा संवाददाताहरूसँग कुरा गर्दै विदेशमन्त्री यीले कोरोना महा-मारीको क्षतिपूर्ति चीनले तिर्ने सवाल नै नहुने बताएका हुन्।

अमेरिकाले वुहानको प्रयोगशालाबाट भाइरस लिक भएको, चीनले सुरूमा सूचना लुकाएको जस्ता आरोप लगाएको छ। पछिल्लो महामारीमा  चीनको सुरूआती भूमिकालाई लिएर अष्ट्रेलियासहित केही पश्चिम युरोपेली मुलुकले पनि प्रश्न उठाएका छन्।

चीनले भने ती आरोपमा कुनै सत्यता नभएको जवाफ दिँदै आएको छ। पछिल्लो समय भने चीनले महामारीको सुरू र आफूले चालेका कदमको निष्पक्ष छानबिन गर्न आफू तयार रहेको बताएको छ।

विदेश मन्त्री यीले  अमेरिकासँगको तिक्ततापूर्ण सम्बन्ध कोल्ड वारको सम्मुख पुगेको पनि बताएका छन्। अमेरिकाले नै दुई देशको सम्बन्धलाई कोल्ड वारमा धकेलिरहेको आरोप उनको आरोप छ।

‘हामीलाई जानकारीमा आएको छ कि अमेरिकाका केही राजनीतिक शक्तिहरूले दुई देशको सम्बन्धलाई बन्धक बनाएर नयाँ कोल्ड वारको  सम्मुख धकेलिरहेका छन्,’ यीले भने।

उनले अमेरिका र चीनले सहकार्य गरे दुबै देशलाई फाइदा पुग्ने र आपसी वैमन्यस्यताले दुबैलाई घाटा हुने बताए। संसारका पहिलो र दोस्रो  अर्थतन्त्र भएका अमेरिका र चीन पछिल्लो समय व्यापार युद्धमा छन्।

व्यापार युद्ध चलिरहेकै बेला चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसले उनीहरू सम्बन्धलाई झन् तरल बनाइदिएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्