Logo

‘सुनियाङ्माकाे सपना’ कबिता-सुबास राई ‘क्याप्टेन’


731 Views

 

एक बिहानै सुनाउँछिन् सुनियाङकाे आमा
प्रेत्यक रात हिजाे आज निकाे छैन सपना
लखेटिरहेछ सँग-सँगै,
कालाे सर्प र निखुर कालाे घाेडाले
सधै-सधै ओरालाे ।

बर्षाै भईसकेछ छेम्बिमाङ् नगरेकाे,
चाछुवा र मंसिरे नगरेकाे
उधाैली-उभाैलीमा
हुत्लुङ् नखुट्काएकाे ।

यसपालि त गाउँ गएर
मूलघरकाे साम्खा दाब्बे
पुज्न लाएर बल माग्नु छ
कुलपित्री माङ सँग ।

मूलथाममा बाँधेर वाईकाे सेउली
खुर्केर घुङरिङ,तुप्ला माथि राखेर थान
जस्केला र मूलढाेकाबाट
मुन्धुम फलाकेर केहि अक्षेताहरू मन्साएर
हान्न लाउनु छ,बेछुककाे यारीवेन्मा

हेर्न लाउनु छ चिङवा,
माङ्पाकाईला बाजेलाई
आउने जिन्दगीकाे ग्रहदशाहरू
र शीर उठाउनु छ
सुम्निमा पारूहाङ्लाई साँची राखेर ।

हाम्रो पुर्खाले, भस्मे खाेरिया फाँडेर
बाध्यताकाे जाेताराेले कसेर
दु:खकाे साँढेलाई नारेकै हाे,
जिन्दगीकाे बन्साे र सिरूघारीमा
जाेतेकै हाे निरङ्कुस समयलाई ।

ओल्टाइपल्टाइ गरेकै थिए
आदिम थलाे, मूलबासी धर्ती
पाैरखकाे गैती र झम्पलले,
आफ्नाे बल बुताेले भ्याए सम्म
अँईचाएकै हाे त्याे सभ्यताकाे अनाैँ ।

आफ्नै पसिना र रगतकाे सियाेमाथी
छरेकै थिए रहर र सपनाका वीउहरू । । ।
थामिएकै थियाे दुःख-सुख, पुर्खाकाे विरासत ।

जब !
अभावकाे काेर्राले
सहनै नसक्ने गरि
दिनदिनै चुट्न थाल्याे
राज्यले उस्तै झेलि गरि रहयाे ।

त्यस पछि हाम्राे दिवा बाजे पनि
कुन दिनकाे संजाेकले
भएकाे हाे लाहुरे
अनि !
हामी पनि हुनु परेकाे हाे परदेशी
त्यसैबेला देखि नै
देखिन थालेकाे हाे
खालि लाेदरे सपनाहरू । । ।।

यस्ताे सपना फेरि-फेरि नदेख्न
कसै गरि चाडै फर्किनु छ आफ्नै देश
बगाउनु छ पसिना, लगाउनु छ पाैरख
सिकाउनु छ परदेशमा
सिकेकाे सिप र अनुभव
आफ्नै माटाे र किपटहरूमा
सदाकाे लागि च्यात्नु छ
परदेशीनु पर्ने संस्कार भै सकेकाे
एकल दस्तावेजकाे ठेली ।

एक बिहानै सुनाउँछिन् सुनियाङकाे आमा
प्रेत्यक रात हिजाे आज निकाे छैन सपना
लखेटिरहेछ सँग-सँगै,
कालाे सर्प र निखुर कालाे घाेडाले
सधै-सधै ओरालाे ।


सुबास राई ‘क्याप्टेन’,  भाेजपुर बाेखिम, हाल : ओसाका जापान ।

 

 

 

 

 

 

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347