Logo

आदिवासी जनजाति प्रतिष्ठानको उपाध्यक्षका लागि यस्तो छ प्रतिस्पर्धा


165 Views

काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रिक्त हरेको उपाध्यक्ष पदका लागि आकांक्षीहरुले सक्रियता देखाएका छन् ।

उपाध्यक्ष चन्द्रबहादुर गुरुङको गत वैशाख २६ गते र सदस्यसचिव गोविन्दलाल माझीको वैशाख २८ गते चार वर्षीय कार्यकाल सकिएसँगै प्रतिष्ठान नेतृत्वविहीन बनेको छ । ती पदहरुमा अहिले प्रतिस्पर्धा चलिरहेको छ । प्रतिष्ठानको उपाध्यक्ष कार्यकारी पद हो । प्रतिष्ठानको अध्यक्षमा प्रधानमन्त्री र सहअध्यक्षमा संघीय मामिला तथा स्थानीय विकासमन्त्री रहने व्यवस्था छ ।

उपाध्यक्ष कार्यकारी पद भएकाले सो पदका लागि आदिवासी जनजाति समुदायबाट नै एकजना नियुक्त गर्नुपर्ने हुन्छ । त्यसका लागि सहअध्यक्षको संयोजकत्वमा नेपाल आदिवासी जनजाति महासंघ र प्रतिष्ठानको सञ्चालक परिषदबाट चुनिएका एक प्रतिनिधि रहने प्रतिष्ठान ऐनमा व्यवस्था छ ।

सो व्यवस्था अनुसार सहअध्यक्ष हृदयेश त्रिपाठी (मन्त्री अध्यक्ष र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम तथा सञ्चालक परिषदबाट निर्वाचित ज्ञानेन्द्र पुन सदस्य रहेको समितिले उपाध्यक्षका लागि सिफारिस गर्नेछ । मन्त्रिपरिषदबाट नियुक्ति हुनेछ ।

प्रतिस्पर्धामा को–को छन् ?

लोकतान्त्रिक आदिवासी जनजाति महासंघका पूर्वमहासचिव शरण राई, पूर्वसभासद तथा जनजाति महासंघका पूर्वमहासचिव पेम्बा गुरुङ भोटे, जनजाति महासंघकै उपाध्यक्ष तथा नेपाल मगर संघका अध्यक्ष नविन रोकामगर, किराँत याक्थुङ चुम्लुङका पूर्वअध्यक्ष अर्जुन लिम्बू प्रतिस्पर्धामा देखिएका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघका पूर्वमहासचिव शरण राई प्रतिस्पर्धीमध्ये सबैभन्दा पुराना नेतामा पर्दछन् । उनी २०३६ सालदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा सक्रिय छन् ।

पृथ्वीसुब्बा गुरुङ अध्यक्ष रहँदा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका महासचिव, उपाध्यक्ष हुँदै महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका व्यक्ति हुन् । उनी न्याय र समानताको आन्दोलनमा अनवरत रुपमा लागेका व्यक्ति भए पनि पार्टीमा कम अवसर पाउनेमध्येमा पर्छन् ।

पूर्वसभासद भोटे, लिम्बू र राई पूर्वएमालेका हुन् । रोका मगर पूर्वमाओवादीका हुन् ।

भोटे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका खास मानिसका रुपमा गनिन्छन् । भोटे पृथ्वीसुब्बाको साथबाट अघि बढ्ने दाउमा छन् । उनी जनजाति महासंघको महासचिव हुँदै संविधानसभाको सभासद भएका थिए ।

त्यस्तै, अर्जुन लिम्बू पुख्र्यौली घर ताप्लेजुङ भए पनि अहिले झापाका मतदाता हुन् । उनी नेकपाका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङ निकट मानिन्छन् । लिम्बू किरात याक्थुङ चुम्लुङको नेतृत्व गरिसकेका व्यक्ति हुन् । उनी अनेरास्ववियुको केन्द्रीय सदस्य समेत थिए ।

रोकामगर जनजाति महासंघका वर्तमान उपाध्यक्ष पनि हुन् । उनी मगर संघका केन्द्रीय अध्यक्ष पनि हुन् । उनी नेकपाका केन्द्रीय नेता हुन् । उनी उर्जा, जलस्रोत तथा सिचाईमन्त्री वर्षमान पुन निकटका हुन् ।

आआफ्नै दावी, ओलीको बोलीमा भर

प्रतिष्ठानको उपाध्यक्ष नियुक्तिका लागि प्रतिस्पर्धामा देखिएकाहरुको आआफ्नै दावी रहेको पाइएको छ ।

पूर्वसभासद समेत रहेका भोटेले आफ्नो मनको चाहना भएपनि लविङ गर्दै नहिडेको बताए । उनले भने, ‘पार्टीले उपयुक्त ठानेर जिम्मेवारी दिएमा स्वीकार्य हुन्छ ।’

नविन रोकामगरले भने आदिवासी जनजाति अभियन्ताको हैसियतले पार्टीले आफूलाई जिम्मेवारी दिएमा प्रतिष्ठानको नेतृत्व गरेर काम गर्ने चाहना रहेको बताए ।

अर्जुन लिम्बूले भने साथीहरुको सुझावका आधारमा आफूले पनि चाहना राखेको बताए । प्रतिष्ठानको गिर्दो साखलाई उचाईमा पुर्याउनका लागि सरकारले गम्भीर ढंगले निर्णय लिनेमा आफ्नो विश्वास रहेको बताए ।

न्याय र समानताको आन्दोलनमा अविचलित रुपमा आफू लागेको बताउँदै शरण राईले पार्टीले दिएको जिम्मेवारीमा कहिल्यै कमजोरी नगरेको स्पष्ट पारे ।

प्रतिष्पर्धीहरुले आआफ्नो तर्फबाट लविङ गरेपनि अन्तिम निर्णय भने प्रतिष्ठानका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । प्रधानमन्त्रीले चाहेको व्यक्तिले मात्र उपाध्यक्षको नियुक्ति पाउने पक्का छ । नागरिकखबरबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347