Logo

नयाँ नक्सा राजपत्रमा प्रकाशित ! एक शेयर गरौ


251 Views

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशन गरेको छ ।

मन्त्री स्तरीय निर्णय गरी शुक्रवार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न मुद्रण विभागमा पठाइएकोमा विभागले तत्काल प्रकाशित गरेको छ । नक्सा छापिएको राजपत्र सबै मन्त्रालय, निकाय र प्रदेश सरकार र स्थानीय तहसहित राज्यका सबै कार्यालयलाई पठाइने मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए ।

सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक केहि समय अघी गरेको थियो । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले गत बुधबार आयोजित पत्रकार सम्मेलन गर्दै नयाँ नक्शा सार्वजनिक गरेकी थिईन ।

नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । यसघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेन नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताइन् । उनले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन् । त्यही बेला अब सरकारी दस्तावेज र पाठ्यपुस्तकहरुम नयाँ संस्करणको नेपाली नक्सा नै प्रचलनमा ल्याउने मन्त्री अर्यालले बताइकी थिईन ।

यससँगै नापी विभागले पहिलो चरणमा ३ हजार कपी नेपालको नयाँ नक्सा छापेर राज्यका सबै निकायलाई वितरण गर्ने तयारी गरेको छ । नयाँ नक्साको छपाइ सुरु गरिसकेको विभागले जनाएको छ । उक्त नयाँ नक्सा आइतबारदेखि राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सबै संवैधानिक निकाय र मन्त्रालय तथा मातहतका कार्यालयमा राख्न पठाइने बताइएको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347