Logo

मन्त्री अर्यालले भूमि फिर्ताका लागि जुटाएका ८ प्रमाण


85 Views

८ जेठ, काठमाडौं । पद्मा अर्याल भूमि व्यवस्था मन्त्रालयमा पुग्नासाथ उनले तत्कालै सबै सरकारी कार्यालयमा प्रयोग भइरहेका नक्साहरु हटाउन पत्राचार गरिन् । अर्यालले २०७५ भदौ २४ गते सबै मन्त्रालयका सूचना अधिकारीहरुलाई बोलाएर नापी विभागले प्रमाणित गरेको नक्सामात्र प्रयोग गर्न निर्देशन दिइन् ।

मन्त्री अर्यालले लिम्पियाधुरा पुनः नेपालको नक्सामा समेट्नका लागि जुन कागजपत्रहरुलाई आधार बनाएकी छन्, अब नेपालले भारतसँग वार्ताको टेबुलमा बस्दा राख्ने आधारहरु तिनै हुन् । मुख्यतः आठवटा प्रमाण नेपालसँग छन्, जसका आधारमा लिम्पियाधुरा नेपालकै थियो र हो भन्ने पुष्टि हुन्छ । मन्त्री अर्यालले संकलन गरेका ८ वटा आधार यी हुन्–

१ः सन् १८१६ मार्चको सुगौली सन्धी

२ः सन् १८१६ डिसेम्बरको पूरक सन्धी

३ः बेलाबखतका नक्सा (१३२ वटा)

४ः जनताले तिरो बुझाएको रसिद

५ः विसं २०१८ को जनगणना

६ः विसं २०१५ को मतदाता नामावली

७ः विभिन्न समयका ऐतिहासिक दस्तावेजहरु

८ः विभिन्न समयमा आदान–प्रदान भएका कुटनीतिक नोटहरु

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347