Logo

हिन्दुजातीय उत्श्रृङ्ख*लता र संस्कृतभाषा


132 Views

-बलदीप प्रभाश्वर चामलिङ

संस्कृतभाषा पनि हाम्रै निधि हो । यसलाई मर्न दिनुहुँदैन, विद्यमान सबै भाषाहरूको संरक्षण गर्नुपर्छ । तर संस्कृतभाषा जगेर्ना गर्ने नाममा राज्य एपक्षीय हुनुहुदैन । आज नेपालमा संस्कृतभाषाको लागि राज्यले आवस्यकता भन्दा बढि महत्व दिएर बालुवामा पानी हालिरहेको छ । संस्कृतभाषाको लागि छुट्टै विश्वविद्यालय खोलिएको छ । त्यसमा पनि अझ विद्यालय स्तरमा संस्कृत पढाउने नीति सरकारले ल्याउनु भनेको हिन्दुआर्य जा*तीय उत्श्रृङ्खलता हो, जातीय सद्भाव खलल पार्ने नीति हो ।

संस्कृतभाषा : संस्कृतभाषा हिन्दुआर्यहरूको विगत पुर्खाको भाषा हो । वर्तमान अवस्थामा कर्मकाण्डीय काममा पुरेतले मन्त्र उच्चारण गर्नुबाहेक बाहिर प्रचलनमा छैन । व्यावहारिक हिसाबले यो भाषा प्रायः मृत झै छ । तर पनि यो भाषालाई अतिरञ्जित तवरले बढाइचढाइँ गरिने गरिएको छ । पूर्वीय दर्शन र ज्ञानको भण्डार भनेर राज्यले काखी च्यापेको छ ।

राज्यको भाषिक पक्ष*पात : संस्कृत भाषा, साहित्य र दर्शनको माध्यमबाट हिन्दुधर्मको संरक्षण गर्नको लागि नेपालमा वि.स. २०४३ सालमा महेन्द्र संस्कृत विश्वविद्यायल स्थापना गरियो । यसको १४ वटा आंगिक र ११ वटा सम्बन्धनप्राप्त गरी जम्मा २५ वटा विद्यापीठ छन् । यी विद्यापीठहरूमा डिग्रीसम्मको पढाइ हुन्छ । तर विद्यार्थी भने जम्मा ४ हजार जति हुन्छन् । संस्कृत विश्वविद्यालयको लागि राज्यले करडौँ रूपैयाँ छुट्याउँछ । यो विश्वविद्यालयको लागि यति धेरै रकम छुट्याइएको हुन्छ कि १ जना विद्यार्थीको लागि सरकारले १ लाख ७० हजार वर्षमा लगानी गर्छ । ७२/७३ सालमा मात्र ५६ करोडा वार्षिक बजेट छुट्याइएको थियो । यति मात्र होइन, महिनामा ९ हजार छात्रवृत्ति विद्यार्थीलाई दिइन्छ ।

यही देशमा उत्पति भएका भाषासम्बन्धी कुनै योजना यो सरकारले ल्याउँदैन । तर राज्यको श्रोतसाधन दुरुपयोग गरेर संस्कृत भाषालाई विशेष महत्व दिनु सोचनीय कुरा हो । स्वयम बाहुनहरू नै यो भाषा पढ्न अनिच्छा गर्दागर्दै संस्कृत अध्ययनको सरकारी स्तरको कार्यक्रम जबरजस्ती ल्याउनु भनेको राज्य आतंक हो ।

संस्कृतभाषा ज्ञानको भण्डार होइन : संस्कृतभाषामा कुनै त्यस्तो ज्ञानविज्ञानको कुरा लेखिएको छैन । कुनै महान दर्शन पनि संस्कृतमा लेखिएको पुस्तक छैन । संस्कृतमा लेखिएका पुस्तकहरू हिन्दुधर्मसंग जोडिएका ग्रन्थहरू हुन् । जहाँ मिथ र उडन्ते कुराबाहेक अरु केही छैन । मनुस्मृति जस्ता मानव सभ्यताको कलंकित ग्रन्थ संस्कृतमा छ । महाभारत, रामायण र पुराणहरू कोरा मिथ हुन् जसको मानव प्रगतिमा कुनै योगदान छैन् ।

संस्कृत भारतीय महाद्वीपमा आउनुभन्दा अगाडि पाली भाषा थिए । महान दार्शनिक गौतम बुद्धले संस्कृतमा प्रवचन दिएको होइन । बुद्धले पालीभाषा प्रयोग गर्दथे । भारतमा पालीभाषाको प्रचलन थियो । बुद्धकालमा संस्कृतभाषा प्रचलनमा भएको भए बुद्धले संस्कृतमा प्रवचन दिन्थे । पाली भाषा यहीको रैथाने भाषा हो । थुपै पालीभाषाका शब्दहरू संस्कृतकरण भएको छ । बौद्धदर्शनका ग्रन्थहरू पाली भाषामा लेखिएका हुन् । त्यसलाई पछि संस्कृत भाषामा उल्था गरिएको हो ।

हिन्दुदर्शन र संस्कृत ग्रन्थ : भारतीय महाद्वीपमा दुई दर्शन छन् । ती हुन्ः नास्तिक र आस्तिक । आस्तिक दर्शनमा हिन्दुदर्शन पर्छ किनकि यसले आत्माको अस्तित्वलाई स्वीकार्छ । उता नास्तिक दर्शनमा बुद्धिजम, जैन, आजिविक, अज्ञान र चार्वाक पर्दछन् ।

बुद्धको दर्शनले व्यापकता पाइरकेको थियो । बुद्धको दर्शन पुरै भौतिकवादी कोणबाट आइरहेका थियो । यसले गर्दा बुद्धिजमप्रति आम मानिसको ध्यान केन्द्रित हुन थाले । यसबाट हिन्दुईज्ममा संकट आउन थाले । यो भएर बुद्धको दर्शनलाई प्रतिवाद गर्न हिन्दुआर्य समाजका केही चिन्तकहरूले नयाँनयाँ मतहरू विकास गरे । यही मतहरूको समष्टिलाई पछि हिन्दुदर्शनको नाम दिइयो । हिन्दुदर्शनमा जम्मा ६ वटा मतहरू छन्ः सांख्य, न्याय, वैशेषिक, योग, मीमांसा र वेदान्त ।

जुनसुकै दर्शन भनेको तार्किक भ्रम हो जसमा कुनै परिक्षणको वैज्ञानिक विधि अपनाइन्न । यो एउटा जीवन र जगतलाई हेर्ने दृष्टिकोणमात्र हो । यसमा जसलाई जसरी सोच्न र चिन्तन गर्न छुट हुन्छ ।

 

यी हिन्दुदर्शन सम्बन्धी विभिन्न संस्कृतमा लेखिएका पुस्तकहरू छन् । सांख्य दर्शनका प्रणेता ऋषिमुनि कपिलले लेखेका भनिएका ग्रन्थ “सांख्यकारिका”, न्याय दर्शनका अगुवा भनिएका अक्सपद गौतमले लेखेका ग्रन्थ “न्यायसूत्र”, योग दर्शनका अगुवा पतन्जलीले लेखेका ग्रन्थ, “योगसूत्र”, मीमांस दर्शनको प्रणेता भनिएका जैमिनीले लेखेको ग्रन्थ “मीमांसा सूत्र” र वेदान्त दर्शन सम्बन्धी अज्ञात लेखकहरूले लेखेका पुस्तक “उपनिषद” हुन् ।

यद्यपि यी संस्कृतमा लेखिएको ग्रन्थहरूमा कुनै त्यस्तो उत्कृष्ट अब्बल विचार तथा सिद्धान्तहरू छैनन् । सांख्यदर्शनले प्रतिपाद गरेको गुण ( सत, रज र तम) अहिले सम्मपनि बाहुनहरूद्वारा जातीय श्रेष्ठता कायम गर्न दुरुपयोग भइरहेको छ । यसमध्य योगलाई हिन्दुहरूले अहिले शरीर, दिमाग र अध्यात्मको संयोजनको रूपमा अगाडि ल्याएको छ । यो एक शारीरिक अभ्याससंग जोडिएको हुनाले दुनियाले नकार्न सकेको छैन । वैशेषिक दर्शनमा प्रकृतिको नियमलाई प्राथमिकता दिन खोजिएको थियो । हरेक पदार्थ परमाणुको संयोजन हो भन्ने विचार वैशेषिक दर्शनले दिन खोजे पनि परमाणुको अवधारण गैरहिन्दुदर्शन आजिविकबाट ल्याइएको हो ।

दिमागलाई वैज्ञानिक ताजकी प्रदान गरिरहने हिन्दुदर्शनमा त्यस्तो कुनै खुराक पाइँदैन । प्राचीन ग्रीक दार्शनिकहरूको हाराहारिमा पुग्ने कुनै दार्शनिक हिन्दुसमाजमा जन्मिएन । जुनसुकै दर्शन भनेको तार्किक भ्रम हो जसमा कुनै परिक्षणको वैज्ञानिक विधि अपनाइन्न । यो एउटा जीवन र जगतलाई हेर्ने दृष्टिकोणमात्र हो । यसमा जसलाई जसरी सोच्न र चिन्तन गर्न छुट हुन्छ ।

संस्कृत ग्रन्थ प्राचीन होइन : संस्कृतभाषा पुरानो हुनसक्छ तर यो भाषामा लेखिएका ग्रन्थहरू प्राचीन होइनन् । वेद र धर्मशास्त्रलाई श्रुति र स्मृति भनिन्छ । यसको अर्थ मौखिक रूपमा सुन्दै आएको र स्मरण गर्दै आएको भन्ने हो । पछि लिपिको आविष्कार र विकास भएपछि मात्र त्यसलाई लिपिबद्ध गराएर ग्रन्थ तयार पारिएको हो ।

संस्कृत लेखन ५औँ शताब्दीभन्दा माथि जान सक्दैन । अहिलेसम्मको इतिहास अध्ययनमा संस्कृतभाषामा लेखिएको सबैभन्दा पुरानो लिखत भनेको सत्यदमन राजाको सिक्कामा हो । संस्कृतमा लेखिएको पहिलो ग्रन्थ भनेको “रुद्रदमन” हो । यो सिक्का र ग्रन्थ २ औँ शताब्दीको हो । यसमा संस्कृत लेखनको पुर्णता छैन । परिस्कृत संस्कृत लेखाइ भनेको ५ औँ शताब्दी पछि मात्र हो ।

हिन्दुआर्यले सबैभन्दा पुरानो आख्यान वेदलाई हजारौँ लाखौँ वर्ष पहिले लेखिएको भनेर दाबी गर्छन् । तर यो मिथ्या दाबीमात्र हो । किनकि लिपिको आविष्कार भनेको ३ हजारवर्ष ई.पू. हो भन्ने वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ । वेद र महाभारतको कथा पुरानो होला तर धेरै पछिमात्र त्यसलाई लिपिबद्ध गरिएको हो ।

भारतीय उपमहाद्वीपमा संस्कृत भाषा पुरानो होइन । हिन्दुआर्य आप्रवासीको रूपमा प्रवेश गर्नुभन्दा अगाडि नै यहाँ आदिवासीहरूको भाषा थिए । हिन्दुआर्यहरू भारतीय द्वीपमा ई.पू. ११/१२ शताब्दी तिर आएको कुरामा विद्वानहरू एक मत छ । गंगानदीको आसपास जमेर बसेको ई.पू. ७ औँ शताब्दी मात्र हो । उनीहरूको नेपाल आगमन त धेरै पछिमात्र हो । यसरी संस्कृत ग्रन्थहरूलाई अति प्राचीन हो भनेर भन्नु हास्यास्पद कुरा हो ।

प्राचीन इतिहासअध्ययन र सँस्कृत : नेपालको प्राचीन इतिहास अनुसन्धानमा सँस्कृत भाषाका ज्ञान हुनुपर्छ भन्ने कुरा भ्रम हो । बरु किरातभाषाको अध्ययनमा दखल भएन भने नेपालको इतिहास उजागर हुन सक्दैन । नेपालको इतिहास अध्ययनमा त्यस्ता गैर–संस्कृत शब्दहरू छन् जसको अर्थ बुझ्न नसक्दा इतिहासमा लगत अर्थ लागेको छ । किरात भाषाको कुथेर, शुल्ली, लिङ्वल, मापचोप जस्ता शब्दकोे अर्थ विद्वानहरूले लगाएर अलिकति भएपनि प्राचीन किरात प्रशासन शैलीको उजागर हुन सक्यो । अन्य त्यस्ता थुप्रै किरातशब्दहरूलाई जसलाई सही अर्थ लगाउन सकिएको छैन । कोली, द्रङ्ग, कोङको, हुस्प्रिन्दुङ, तेङ्खु जस्ता थुप्रै किरातशब्दहरूको अर्थ लागाउन सकिएको छैन । यसको लागि संस्कृत भाषाविद होइन, किरातभाषाविज्ञ नै चाहिन्छ । भारत तथा नेपालको प्राचीन इतिहास थाहा पाउन संस्कृत होइन, यहीको आदिवासी भाषाको ज्ञान हुन आवस्यक छ ।

हिन्दुसमाज सभ्यता होइन, सँस्कृति हो : सभ्यता (सिभिलाईजेसन) भनेको साँस्कृतिक विकास तथा संगठनको उच्च तथा परिस्कृत अवस्था हो । सभ्यता भनेको उन्नत विकसित अवस्था हो । के हिन्दुसमाजलाई उन्नत तथा परिस्कृत भन्न सकिएला ? यहाँ अहिले पनि जातप्रणालीको आधारमा छुवाछुत हुन्छ । हिजोसम्म नारीलाई सतीप्रथाको नाममा ज्यूँदै ज*लाइन्थ्यो ? जसले उचोनीच सामाजिक संरचना बनाएर समाजलाई यथास्थितिमा राखिन्छ, त्यसलाई सभ्यता भन्न मिल्छ ? जहाँ पुरातन जातीय संस्कारको आधारमा न्याय सम्पादन हुन्छ त्यहाँ सभ्यता हुन्छ ? पशुको मासु खानेलाई जे*ल र पशुको मुत्र खानेलाई पवित्र ठानिने समाज के सभ्य समाज हो ? एकल जा*तीय प्रभुता कायम गरिरहेर मुलुकलाई द्व*न्द्व तथा अनिश्चिततातर्फ धकेल्नु सभ्यताको कार्यसुची हो ? वि*भेद र अ*न्यायलाई सधै प्रश्रय दिने कुरा सभ्यता भित्र पर्दैन । त्यसकारण हिन्दुसमाज एक सँस्कृति त हो, तर सभ्यता होइन ।

संस्कृतभाषामा अध्यापन : यदि संस्कृत भाषालाई स्कुलतहमा पढाइने हो भने संस्कृत विश्वविद्यालय खारेज गरिनुपर्छ । संस्कृत विश्वविद्यालयको लागि राज्यले करडौँ लगानी गरिरहेको अवस्था छ । त्यो राज्यको कोषमा चेपाङ जातिको गाँस पनि काटिएको छ । त्यहाँ राउटे जातिको पसिना पनि सिंचित भएको हुन्छ । दुवै स्कुल तहमा पनि र विश्वविद्यालय तहमा पनि अरबौँ राज्यको ढुकुटी खर्च गर्ने एकलौटी अधिकार यो बाहुनराज्यलाई छैन । यो देशका मौलिक आदिवासी भाषाबारे सरकारलाई चासो छैन, तर मृतभाषाको लागि ज*बरजस्ती दुइदुई तहबाट पढाउन खोज्नु कहाँको न्या*य हो ?

अन्यभाषालाई वेवास्ता गरेर संस्कृतभाषालाई यसरी बढुवा दिन खोज्नु भनेको हिन्दुजा*तीय सा*म्प्रदायिकता हो । अन्यभाषाभाषी माथि चरम द*मन र वि*भेद हो । यो लोकतन्त्रको उ*पहास हो ।

बलदीप प्रभाश्वर चामलिङ  -बिश्लेषक, लेखक ‘जा*तियमुक्ती र लोकतंत्र’ अनुवादक ‘क्रुसमा नमरेका बौद्धमार्गी जिसस क्राइष्ट’ (फेसबुक) बाट लिएको हो । बलदीप  प्रभाश्वर चामलिङ राष्ट्रिय जनमुक्ति पार्टीको नेता हुन  (लेखकको निजी बिचार हो । )

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347