Logo

‘दुष्ट भो छिमेकी’ बोलको गित सार्बजनिक (भिडियो सहित)


552 Views

काठमाण्डौ-देशभक्तिपुर्ण जागरणमुलक गित ‘दुष्ट भो छिमेकी’ बोलको गित सार्बजनिक भएको छ, यस गित मार्फत एक गतिलो जबाफ छिमेकीको कु*दृश्यलाईइ दिएको छन । आज यस गित डक्टर किरातको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक  गरिएको हो ।

देशमा आज ‘हट टक’ रुपमा देशको स्वभिमान देखा परेको हो । हामी समान सार्वभौमसत्तामा विश्वास गर्ने भए पनि हाम्र दुई छिमेकी देश हरु बेलाबेला छिमेकी नभई दु*ष्ट झै ब्यबहार गर्ने गरेका छन । त्यही अनुभब लाई गित लेख्ने काम प्रगतिशिल लेखक तथा प्राध्याक डा. धन प्रसाद सुबेदिले लेख्नु भएको हो । यस सगित युबा संगीतकार तथा गितकार डाक्टर किरातको रहेको छ भने स्वर मिना राई, मनिषा लिम्बु, बलराम समाल र डक्टर किरातको सामुहिक रहेको छ ।

यस गितमा ऐरेन्ज बिक्रम कार्किले गरेको हुन भने रेकर्डिस्ट र मिक्सिङ धनपाल गुरुङको रहेको छ । भेनस रेकर्डिङ स्टिडियोमा रेकर्ड गरिएको यस गितको भिडियो छायाङकन तथा सम्पादन गङ्गाराम राईले गरेका हुन ।

कोरोनाको कारण सडक आन्दोलनमा जानु नपाए पनि आफ्नो सृजनाबाट नै जागरण र बिरोध स्वरुप यो गित निकालिएको हो । बन्दाबन्दिको अवस्थामा निकै ठुलो दुखको साथ देश र नेपाली जनताको लागी एउटा सृजना दिन खोजेको युबा संगीतकार तथा गायक डक्टर किरातले मुन्धुमस्टारलाई बताए । उनले थपे, ‘राष्ट्रीय सवालमा हाम्रो तर्फबाट दिने भनेको नै सृजना हो, त्यो सृजना देशभक्त, प्रगतिशिल र उत्प्रेरणा मुलुक होस भन्ने हो ।’

 

भिडियो 

 

गितको अन्श

दुष्ट्भो छिमेकी ब्वासो जस्तै भो
अत्तिभयो अब भने लड्नै पर्ने भो

झुक्याएर लुकिखान रयालकाढी बस्छ
रातिराती चोरिचोरी दार्हानङ्ग्रा धस्छ
कैले टोक्छ सुस्तातिर कैले कालापानी
कैले रोक्छ हामिहरको खाने दानापानी

मेचिलाइ सार्दैसार्दै पश्चिम लान खोज्छ
माहाकाली सर्दैकैले पुर्ब लान खोज्छ
सक्नेभए दसगजा हिमाल पुर्याइ सक्थ्यो
साट्न मिले यो छिमेकी साटिदिन हुन्थ्यो

त्यसको सिमा जोगाइदिने हाम्रै दाजुभाइ
उ चै सधै निहु खोज्छ हाम्रो सिमा आइ
कस्तो निच छिमेकिभो सबै मिलि थुकौ
यो दुस्टलाइ पाठ सिकाउन एकजुटभै उठौ

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347