किन ‘अमेरिकन आइडल’को उपविजेतामा सिमित भए नेपालका दिवेश ?
एजेन्सी
नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलमा उपविजेता बन्न सफल भएका छन् । शोको उपाधि जस्ट स्यामले जितेकी छन् ।उत्कृष्ट पाँचमा पुगेका अन्य प्रतियोगीभन्दा धेरै भोट पाएपछि स्यामलाई विजेता घोषणा गरिएको हो । कोरोना भाइरसको त्रास छाइरहेका बेला दिवेशको यो उपलब्धिले नेपाली समुदायमा उत्साह छाएको छ ।
अमेरिकाको गायन रियालिटी शो ‘अमेरिकन आइडल’को १९ औं संस्करणमा प्रतिष्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेल आइडल उपाधिबाट चुकेका छन्। कार्यक्रममा उनी आर्थर गनको नामबाट सहभागी बनेका थिए।
उनलाई लाइबेरियन मूलकी गायिका जस्ट सामले पछि पारेकी हुन्। दिवेश उप-विजेतामै सीमित भएका छन्।
दिवेश काठमाडौंमै जन्मिए, हुर्किए, उनी बच्चैदेखि गुन्गुनाउँथे, गिटार बजाउन खोज्थे, जबकी उनको परिवार र आफन्त कोही संगीत क्षेत्रमा थिएनन् । उनले भनेका छन्, ‘मैले मेरो पहिलो गिटार आमाबाट पाएँ । रेडियो, टिभी जहाँ जुन गीत सुने पनि सँगै गाइहाल्थें । त्यहीँबाट गाउने सपना सुरु भयो ।’ उनको परिवार सन् २००८ मा अमेरिका बसाइँ सर्यो तर पढाइका कारण उनीचाहिँ सन् २०१४ तिर अमेरिका गए । जतिबेला उनले गायनलाई गम्भीर रुपमा अँगालिसकेका थिए ।

दिवेशले स्टेज नेम ‘अर्थर गन’ दुई वर्षअघि आफैंले जुराएका हुन् । त्यतिबेला उनी अठारौं शताब्दीका प्रभावशाली कवि अर्थर रिमवोडका कविताहरु पढ्दै थिए । त्यहिबाट उत्प्रेणा भएर नाम राखेको हुन । दिवेश ‘अर्थर गन’ले कम भोट पाएर नै उपबिजेता सिमित हुन पुगेका हुन ।



