Logo

नेपालमा कोरोना भाइरसका कारण दोश्रो मृत्यु भएको पुष्टि


आइतवार नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। बाँकेको नरैनापुरस्थित क्वारन्टीनमा आइतवार बिहान मृत्यु भएको २५ वर्षीय पुरुष कोरोनाभाइरस सङ्क्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका हुन्।

नरैनापुरस्थित दिपेन्द्र प्राथमिक विद्यालयमा रहेको क्वारन्टीनमा रहेका ती युवा बैशाख ३० गते भारतको मुम्बईबाट आएको बताइएको छ। नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खानले उनलाई शनिवार राति वान्ता हुनुका साथै एक्कासी ज्वरो देखिएको र बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको बताए ।

यसअघि शनिवार सिन्धुपाल्चोककी नौ दिनकी सुत्केरी महिलाको कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएको थियो। जिल्ला स्वाथ्य कार्यालय बाँकेको टोलीले ती युवा सहित नरैनापुरबाट शनिवार २६३ जनाको स्वाब सङ्कलन गरेको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जनाएका छन्। तीमध्ये ३९ जना मृतक युवा बसेको क्वारन्टीनका हुन्। योसँगै नेपालमा कुल मृतकको सङ्ख्या दुई पुगेको छ। सङ्क्रमितको सङ्ख्या २९२ छ। आइतवार बिहान अन्य १० जनाको सङ्क्रमण पुष्टि भएको थियो।

कोरोनाभाइरस
नेपालमा कोरोनाभाइरसका कारण दोश्रो मृत्यु भएको पुष्टि

भेरी अस्पताल नेपालगञ्जमा पीसीआर विधिबाट परीक्षण गर्दा ती युवाको कोरोनाभाइरसका कारण मृत्यु भएको देखिएपछि मन्त्रालयले पुष्टि गरेको हो। दुई दिनअघि उक्त क्वारन्टीनमा रहेका छ जना सहित नरैनापुरमा आठ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो। नरैनापुरमा आठ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि उनको सम्पर्कमा रहेका ३०० भन्दा बढीको स्वाब सङ्कलन गर्ने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

आइतवार पनि स्वाब सङ्कलनकालागि स्वाथ्यकर्मीको टोली नरैनापुरमा रहेको श्रेष्ठले बताए। नरैनापुरमा भारतबाट आएका सबैलाई क्वारन्टीनमा राखिएको बताइएको छ र बिहान युवकको मृत्युपछि सो क्वारन्टीनलाई सुरक्षामा राखी आवतजावत बन्द गरिएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्