Logo

नेपाल-भारत सीमा क्षेत्रमा काँ*डेतार लगाइयो ! विकास बजेट कटाएर काम गर्दै


पर्सा- लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मि*चेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँ*डेतार लगाउनुपर्ने भन्दै वि*रोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक वडाध्यक्षले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँ*डेतार नै लगाइदिएका छन् । ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्य लामाले भारतको विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५/१ देखि ४३१/४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँ*डेतार लगाएका हुन् ।

यता नेपालमा भने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको नक्सा सार्वजनिक गर्न कुनै समस्या नरहेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री ज्ञवालीले पर्याप्त अध्ययन गरेर नक्सा सार्वजनिक गर्ने बताए । “एक इन्च पनि कमी वा बढी नहुनेगरी नक्सा सार्वजनिक गर्ने तयारी भइरहेको छ । संसदीय समितिको निर्देशनअनुसार नै नक्सा सार्वजनिक हुने गरेमा समस्या छैन”, मन्त्री ज्ञवालीले भने । नेपाल सरकारको बक्तव्य पछाडि भारतको परराष्ट्र प्रवक्ताले छलफलमा बस्ने प्रतिक्रिया दिएकाले यसबारेमा छलफल हुने उनले बताए ।

वडाध्यक्ष लामाले स्थानीय प्रशासन, प्रहरी र गाउँपालिका अध्यक्षको सहयोगमा २०७४ मंसिरबाट तार लगाउन सुरु गरिएको र ठुटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेका करिब ५ किलोमिटर क्षेत्रमा अन्तर्राष्ट्रिय का*नुन अनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको जानकारी दिए । कोरोना सं*क्रमणको सन्त्रासपछि गत ११ चैतदेखि सरकारले देशभर लगाएको ‘लकडाउन’पछिको हालसम्मको अवधिमा करिब १ हजार ५ सय मिटर काँडेतार लगाइएको छ । यो अवधिमा वडाभित्रका भारतसँग सीमा जोडिएका १ हजार ८ सय मिटर क्षेत्रमा तार लगाउन बाँकी रहेकामा भारतीय पक्षको अवरोधपछि ३ सय मिटर तार लगाउने काम रोकिएको छ ।

कहिले सीमा, कहिले कुलो र कहिले पुलका विषयमा वि*वाद हुन्छ । म त्यता नगएको आठ वर्ष भयो,’ लामाले भने । देशभरका सबै सीमा नाकामा पर्ने स्थानीय तहका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा पर्ने सीमा क्षेत्रमा तार लगाए वर्षैपिच्छे विवादको विषयमा अल्झिन नपर्ने उनी बताउँछन् । ‘देशभरका सीमा क्षेत्रमा पर्ने स्थानीय तहका जनप्रतिनिधि ताते सधैंका लागि सीमा वि*वाद टुंग्याउन सकिन्छ । सरकारबाट हुने सहयोग रहे असम्भव छैन,’ लामाले भने । ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठले तारबारपछि एकातिर सीमा क्षेत्रमा हुने अ*वैध गतिविधि बन्द भएको र अर्कातिर भारततर्फको जंगलबाट आउने जंगली जनावरबाट आजित भएका स्थानीयहरु खुसी भएको बताए ।

नेपाल-भारतमा सीमा क्षेत्रमा काँ*डेतार लगाइयो ! विकास बजेट कटाएर काम गर्दै

सो क्षेत्रमा दुवैतर्फका प्रतिनिधि बसेर नापजाँच गरेर तार लगाइने सहमति रहेको उनले जनाएका छन् ।‘छिमेकी मुलुकले देशभर सीमा अतिक्रमण गर्दा कताकता दुख्दो रहेछ । मैले आफ्नो वडाअन्तर्गत पर्ने सीमा क्षेत्रबाटै भए पनि भूमि जोगाउन काँ*डेतार लगाउन सुरु गरें,’ वडाध्यक्ष लामाले राजधानीसँग भने, ‘भारतीय पक्षले विवाद गराएर अवरोध गरेपछि ३ सय मिटर बाँकी काम रोकियो । त्यो पनि सहमतिबाट छिट्टै सुरु हुन्छ । ’वडाध्यक्ष लामाले गाउँपालिकाबाट वडाका लागि आएको विकास बजेटबाट छुट्याएर आफूले सीमा क्षेत्रको सुरक्षाका लागि काँडेतार लगाएको जानकारी दिए ।

२०७४ देखि हालसम्म विकास बजेटबाट तारबारका लागि पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र गत वर्ष ८ लाख बजेट कटौती गरेर सीमा क्षेत्रमा तार लगाएको उनले बताएका हुन् ।भारतसँगको सीमा वि*वादको विषयकै कारण विगतदेखि नै आफू सीमा क्षेत्र कटेर भारततर्फ नगएको उनी बताउँछन् । भारतीय पक्षसँगको विवादका कारण पटक–पटक ठोरीमा भएका झ*डपका घटनामा अग्रपंक्तिमा रहेका कारण आफू भारततर्फ जाने वातावरण नरहेको उनले जनाए । ‘धेरै पहिलेदेखिका सीमा वि*वादका घटनामा उनीहरूको नजरमा म बा*धक छु ।

‘तारबार हुँदा दुवैतर्फ हुन सक्ने अवैध गतिविधि रोकिएको छ, अर्कातिर भारततर्फको जंगलबाट आउने जंगली जनाबरबाट खेतीबाली पनि जोगिएको छ,’ गाउँपालिका अध्यक्ष श्रेष्ठ भन्छन् । स्थानीय युवा छतेन्द्र आचार्यले भने ठोरी–३ का वडाअध्यक्षबाट देशले नै सिक्नुपर्ने बताए । ‘वडा अध्यक्षज्यूले देशलाई नै सिकाउने गरी उदाहरणीय काम गर्नुभयो । सरकार र सबै स्थानीय तहले चाहे असम्भव केही छैन भन्ने देखियो,’ आचार्यले भने ।

भारतले नेपाली भूमि अ*तिक्रमण गरेकोमा भारतभित्रै चर्को विरोध : भारतले २०१९ नोभेम्बर २ (कात्तिक १६ मा) मा दार्चुलाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने उक्त भूभागलाई आफ्नोपट्टि पार्दै नयाँ राजनीतिक नक्सा जारी गरेपश्चात् उत्पन्न स*मस्या समाधान नभइरहेका बेला ठीक ६ महिनापछि २६ वैशाखमा नेपालसँग कुनै छलफल बिनै एकतर्फी चीन जोड्ने सडकमार्ग बनाएपछि नेपाली पक्ष आ*क्रोशित छ ।

सरकारले यस विषयमा भारतलाई कुटनीतिक नोट पठाएर विरोध जनाउँदै तत्काल यस सम्बन्धमा कुटनीतिक र राजनीतिक तहमा वार्ताको लागि भारतसँग प्रस्ताव गरिरहेको छ । तर भारत सरकारले अटेर गरिरहेपछि नेपालभित्र भारतको मि*चाह प्रवृत्तिको चर्काे विरोध भईरहदा भारतीयहरुले समेत मोदी सरकारको कदमको आलोचना थालेका हुन् ।

कुनै बेला भारतको नेपाल नीतिका निर्माता ठानिएका वि*वादास्पद व्यक्ति जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक एस डी मुनिसमेत अहिले भारतीय सरकारले नेपाल प्रति देखाएको रवैयासँग सन्तुष्ट देखिएका छैनन् । भारतले नेपालप्रति हेपाहा व्यवहार गरेको अहिले बताउन थालेका छन् ।

भारतकै विदेश मामिला विज्ञ मनोज जोशीले बोर्डरको मामलामा भारतले कुरा गर्न नचाहेको भनी नेपाली पक्षले भनिरहेको कुरा सही भएको भन्दै भारतले नेपालले आग्रह गरेको वा*र्ताको प्रस्ताव अस्वीकार गरिरहेको बताए । उनले भारत सरकारले सन् २०१५ मा लगाएको आर्थिक नाकाबन्दीपछि दुईदेश बीच कटुता बढेको विश्लेषण गर्दै छिमेकी देश नेपाललाई बेखुसी बनाउनु भारतको मुर्खता भनी टिप्पणी समेत गरेका छन् ।

भारतीय पत्रकार वेदप्रताप बैदिकले पनि भारतीय नोकरशाहीका कारण यस्तो अवस्था आएको भन्दै मोदी सरकारमाथि नेपालसंगको सुमधुर सम्बन्ध बिगारेको आ*रोप लगाए । उनले नेपाल भारतबीचको सम्बन्ध सुधार्न तत्काल नेपाली पक्षले आग्रह गरेको वार्तामा भारतीय पक्ष बस्न तयार हुनुपर्ने धारणा राखेका छन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्