प्रज्वल श्रेष्ठ

आज मात्रै तीन वटा उदाहरण हेरौँः

१. क्युवा : नेपाल भन्दा सानो एक लाख १० हजार ८६० बर्ग किलो मिटर क्षेत्रफल रहेको क्युवामा जनसंख्या करीब डेढ करोड जति छ ।

सन् १९५९ मा फिडेल क्यास्ट्रोले क्रान्ति गरेर कम्युनिष्ट सत्ता निर्माण गर्नु अघि १५ बर्षमाथिका २२ प्रतिशत मात्रै साक्षर थिए । क्यास्ट्रो सत्तामा आए पछि उनले सबै भन्दा पहिला शिक्षामा क्रान्ति शुरु गरे ।

सरकारले पुरै शिक्षालाई निशुल्क गर्यो । दुर्गम गाँउहरुमा पनि घर गाँउमै शिक्षकहरु पठाएर बालबालिकालाई शिक्षा दिन शुरु गरियो भने ८ सय १७ साक्षरता केन्द्रहरु खोलेर पुरै जनतालाई पढाउने व्यवस्था गरियो । माक्र्सवादी सिद्धान्द अनुसार बनाईएको शैक्षिक पद्धतिले छोटो समयमै गुणात्मक परिवर्तन ल्यायो र सन् २००० सम्म आउदाँ ९७ प्रतिशत नागरिक शिक्षित बनाएको क्युवामा अहिले सत प्रतिशत महिला तथा पुरुष साक्षर तथा शिक्षित छन् ।

लेखक प्रज्वल श्रेष्ठ

सन् १९६१ मा कम्युनिष्ट सरकारले त्याहाँका सबै निजी विश्व विद्यालय र स्कुलहरुलाई राष्ट्रियकरण गर्यो । सरकारको नीति के थियो भने सबै नागरिक शिक्षित भए भने समाज बलियो हुन्छ । विश्वमा शिक्षामा सबै भन्दा अग्रणी मुलुक क्युवा हो ।

जनताका लागि काम गरेकाले झण्डै ५० बर्ष फिडेल क्यास्ट्रोले सत्ता चलाए , जनताले कहिल्यै राजीनामा माग्नु परेन । मेरो बिचारमा यो एउटा उत्कृष्ट वामपन्थी सत्ता हो ।

२ उरुग्वेः नेपालभन्दा भूगोलमा ठूलो तर जनसंख्या कम भएको धनी मुलुक हो । सन् २०१२ मा राष्ट्रपति रहेका जोसेफ मुजका विश्वका गरीब राष्ट्रपति भनिन्थे , कारण उनीसगँ पैसा र शक्ति नभएर हैन परीश्रमि भएका कारण । उनी पनि १४ बर्ष जेल बसेर आएका , छामार युद्ध गरे आएका बामपन्थी राष्ट्रपति थिए । क्युवाली क्रान्तिको प्रभावका कारण उरुग्वेमा उनीहरुले छापामार युद्ध गरेका थिए । उनी एक पटक जेलबाट भागे तर केही महिनामै पक्रिए पछि १४ बर्ष जेल राखिए । उनी सत्तामा आए पछि भव्य राष्ट्रपति भवनमा बस्न मानेनन्, उनी आफ्नै सानो घर पालुवा पसु फर्मसगैँ रहेको दुई कोठाको कच्ची जस्तो घरमा बसेर शासन चलाए ।

उनले आफ्नो तलवको ९० प्रतिशत सार्वजनिक ट्रष्टलाई दान दिए , आफ्नी श्रीमति बाहेक उनले दुई जना प्रहरी सुरक्षाकर्मी बाहेक अरु राखेनन । कुकुर , सुंगुर पाल्ने चारो हाल्ने , ईनारबाट पानी बोकेर शौचालय जाने काम गरे । सन् २०१२ मा बिबिसीले उनको यो काम विश्वमै दुर्लभ भनेर रिपोर्ट भएको थियो । त्याहाँका राष्ट्रपतिको तलव करीब १४ हजार डलर छ । त्यसको ९० प्रतिशत भनेको १२ हजार डलर भन्दा बढी उनी ट्रष्टमा बुझाउथे । उनले त्यसो किन गरे भने वामपन्थी भनेको लक्जरीयस सुविधा खोज्ने हैन सबैलाई सुखी बनाउने हो । उनले काम सानो नहुने र मान्छे जति धेरै धनी बन्न खोज्छ उती गरीब हुन्छ, किन भने उसको चेतनाले हरेक भौतिक सुविधा माग गर्न थाल्यो भने भन्ने उनको तर्क थियो । यो एउटा विश्वमै दुर्लभ वामपन्थी नेताको रुपमा उनले ईतिहास बनाए । पैसालाई प्रेम गर्ने मान्छे कहिल्यै सुखी हुदैन भन्ने उनको सुत्र थियो ।

नेपालमा नेता धनी भए , जनता गरीब । नेपालमा कम्युनिष्ट आन्दोलन जनताका लागि , जनताकै नाममा र जनताकै बलिदानमा हुने तर त्यसको पृष्टभूमिमा नेता र केही कार्यकर्ताले लाभ लिने राजनीतिक व्यापार र रोजगारी जस्तो मात्रै हुने देखिन्छ ।

३.भियतनामः यो एशियाली मुलुक ठूलो राष्ट्रवादी र कम्युनिष्ट क्रान्ति र अमेरीकी साम्राज्यवाद विरोधी युद्ध जीतेर खडा भएको मुलुक हो । यसको नेतृत्व काका हो चि मिन्हले गरेका थिए । भियतनामको जनसंख्या नेपालको भन्दा तीन गुणा भन्दा बढी छ । त्याहाँ अहिले पनि एकीकृत माक्र्सवादी लेनिनवादी पार्टीको सत्ता छ । २० बर्ष सम्म अमेरीका विरुद्धको युद्धमा टुक्रिएर झण्डै झण्डै खरानी भएर पनि काकाले जोगाएको मुलुक सन् १९६० को दककमा नेपाल भन्दा तल्लो स्तरमा थियो । तर आज त्याहाँको जनताको प्रतिव्यक्ति आए २७४० डलर छ हाम्रोमा एक हजार नाघ्दैछ । यो मुलुक निर्माण गर्न काका हो चि मिन्हले राष्ट्रपतिको सपथ लिए पछि भव्य राष्ट्रपनि निवास रोजेनन् सानो घरमै बसे । उनले बिबाह गरेनन्, भियतनामको लामो युद्धमा जनताको बस्तीमा बिताएका उनलाई भियतनामका सबै जसो महिलाले काका भनेका कारण उनले बिबाह गर्न रुचाएनन् किन भने उनी सबै भियतनामी युवतीहरुलाई छोरी जस्तै सम्झन्थे । सन् १९४५ देखि मृत्यु अघि १९६९ सम्म देशलाई अगाडी बढाए र सुदृढ बनाए । अहिले आर्थिक तथा प्राविधिक रुपमा भियतना एशियाना मुलुकमा गनिन थालेको छ । भर्खरै कोरोना भाईरसको महामारीसगँ जुध्न उसले जनतालाई राहतको रुपमा चामलको एटीएम नै बनाईदिएको छ । जहाँ मान्छेले तोकेको समयमा चामल थापेर ल्याउन सक्छन् । नमुना कम्युनिष्ट नेतृत्वको विकास यो हो । जसले युद्ध र विकास दुबै कुरामा शिक्षा लियो ।

अब हाम्रो बारेमा :

नेपालमा कम्युनिष्ट पार्टी निर्माण भएको ७० बर्ष पूरा भयो । जनवाद र समाजवादका नाममा मान्छे मारेर झापा आन्दोलन देखि जनयुद्ध सम्म भोग्दा हजारौ मान्छे मारिए । अरु छिटफुट आन्दोलन र हिशात छदैनै छ । ७० बर्षमा डेढ दर्जन कम्युनिष्ट पार्टी जन्मियो । सयौं जनवाद समाजवादका दस्तावेज लेखिए । ५ जनाले पुष्पलाल श्रेष्ठको नेतृत्वमा जन्माएको पार्टीले यति धेरै नेता पैदा गर्यो कि गन्न सकिदैन कम्युनिष्ट नेताहरु ः

तर देश पूरानो प्रणालीबाट फड्को मार्न सकेन । अर्थतन्त्र बटरफ्रलाई र परनिर्भर अवस्थामा पुग्यो । अर्थात भारतले तीन दिन नाकाबन्दी गरिदिदा हाहाकार हुने, रोजगारी नपाएर ६० लाख युवा विदेशको गल्लीमा पठाउनु पर्ने, देशमा काम छैन भनेर डिभि पिआर भर्नु पर्ने यस्तो बन्यो । समाजवाद जनवादको सपना कति हो कति तर विपनामा कहिल्यै आउन आटेको छैन ।

यसका बाबजुद देशमा २०५१ साल यता मनमोहन अधिकारी, प्रचण्ड दुई पटक, केपी ओली दुई पटक, बाबुराम भट्टराई एक पटक , झलनाथ खनाल एक पटक र माधव नेपाल एक पटक गरेर २६ बर्षमा ६ जना कम्यनिष्ट नेता ९ पटक प्रधानमन्त्री भएका छन् , बाकी समय पनि काँग्रेसकै नेतृत्वमा भए पनि सत्तामा गएकै छन् ।

तर देशः बेरोजगारी र भ्रष्टाचार एवं महंगीले आक्रान्त ः नेताहरु चाही फेरिने र चिल्लो हुने क्रम रोकिएन :

१ केपी ओलीः तेह्रथुमको बुकुडो घरमा जन्मदिन मनाउन ५ वटा हेलिकप्टर र १० केजीको केक पुर्याउन सक्ने कम्युनिष्ट नेता केपी ओली, तर विरामी बोक्ने , सुत्केरी बोक्ने हेलिकप्टर नहुदाँ जनताको ज्यान जाने । बालकोटको भव्य भवनबारे ससदमा बाबुरामले उठाएकै छन् धेरै भन्न परेन ।

अब त्यस पछि उनका पछि लाग्ने नेताहरुको कुरा त कसैले पानीको टैकीमा पैसा राखेको, कसैले सुक्म्बासी भएर जग्गा थाप्दा थाप्दै बालुवाटारकै सरकारी जमिन किनेको कुरा सबैलाई थाहा छदैछ ।

२. प्रचण्डः असारे काकाले उल्लेख गरे अनुसार जनयुद्ध शुरु हुनुपुर्व चीतवनको घडेरीमा प्रचण्ड र उनकी श्रीमति सिताको विवाद पर्यो, त्यो बेला त्यो घडेरी बेचेर प्रचण्ड पार्टीलाई पैसा बुझाउन चाहन्थे तर नमानेका कारण सिता दाहालमाथि प्रचण्डले छातै छाताले प्रहार गरेका थिए र त्यो मुद्धा पार्टीले हल गरेको थियो ।

अहिले पनि उनीहरुसगँ सार्वजनिक रुपमा देखिने सम्पत्ति त्यही घडेरी र तीन तोला सुन भन्दा देखाईदैन । तर त्यो आलिसान जीवनशैलीको स्रोत के हो ? धेरैले व्यापारीहरुको , मेडिकल माफियाहरु भन्दै नाम जोड्छन् मसगँ प्रमाण ठ्याक्कै नभएकोले लेखिन तर प्रश्न बाचक चिन्ह छ ।

हाम्रा कम्युनिष्ट नेता प्रधानमन्त्रीहरुले श्रम त कता हो कता उनीहरुको जुत्ता पनि अर्कोले बोकिदिएको, पानी पर्दा छाता अर्कैले ओढाईदिएको, खोला तर्दा मरी मरी कार्यकर्ताले बुई चढाएर तारेको देखिन्छ ।

हो , हाम्रो देशमा कम्युनिष्ट आवरणमा पैसाको लोभ गर्ने, आलिसान र सुविधासम्पन्न व्यक्तिगत जीवन रुचाउने, आसोपासे निर्माण गर्ने असल कम्युनिष्ट कार्यकर्ता हैन भक्त र भजनमण्डली बनाउने, माफिया तस्करलाई कार्बाही गर्ने सम्पत्तिको राष्ट्रियकरण हैन नाफा र कमिसनका लागि करोडको डिल गर्ने गराउने । पछिल्लो गोकुलकाण्ड यसको नमुना हो भने स्वास्थ्य सामाग्रीको घोटाला अर्को ।

यहाँ शिक्षामा राष्ट्रियकरण त हैन , नेताहरुनै लगानी गर्दै महगा स्कुल कलेज चलाउने, माफीयाहरुसगँ हिमचिम गर्ने तिर गयो । त्यसैले आज अनलाई क्लास चलाउछु भन्दा पनि नसक्ने अवस्थामा छ देश ।

नेपालमा नेता धनी भए , जनता गरीब । नेपालमा कम्युनिष्ट आन्दोलन जनताका लागि , जनताकै नाममा र जनताकै बलिदानमा हुने तर त्यसको पृष्टभूमिमा नेता र केही कार्यकर्ताले लाभ लिने राजनीतिक व्यापार र रोजगारी जस्तो मात्रै हुने देखिन्छ । यसलाई बदलौ , परिवर्तन विज्ञानको नियम हो । रोएर कसैले परिवर्तन गरिदिदैन, आफै जाग्ने हो ।

जब सम्म कम्युनिष्टका नाममा निजी पूजीको रक्षा , लोभ र संकुचनताबाट ब्यापक परीश्रमि, किफायती र सार्वजनिक जीवन विताउने सच्चा कम्युनिष्ट नेता पैदा हुदैन या तयार हुदैन तब सम्म नेपालको सत्ता बामपन्थी या कम्युनिष्ट व्यवहारीक रुपले हुन सक्दैन । चेतना भया । ( प्रज्वल श्रेष्ठको फेसबुकबाट)