Logo

झ्यामोलुङमा अर्थात सगरमाथा चीनमा पर्ने चिनियाँ सञ्चार माध्यमकाे दाबी


नेपाल एक सर्वभौम मुलुक हो । जसको सयौं वर्षदेखिको आफ्नै इतिहास र पहिचान छन् । कुनै समय नेपाली विभिन्न राज्यमा खण्डित थिए । तर तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर सिंगो नेपालको रुप दिए । नेपालका दुई छिमेकी विशाल दक्षिणमा भारत र उत्तरमा चीन छन् ।

यी दुवै मुलुकको बीचमा नेपाल अवस्थित हुँदा पृथ्वीनारायण शाहले दुइ ढुंगाबीचको तरुलको रुपमा नेपाललाई उपनाम समेत दिएका थिए । नेपालका छिमेकी मुलुक चीन रभारत दुवै शक्तिसम्पन्न मुलुक हुन् । नेपाल र भारतबीच खुला सिमाना रहेकै कारण भारतसँग नेपालको प्रत्यक्ष सम्बन्ध छ । भारतीय पक्षले नेपालको सीमामा पर्ने विभिन्न जिल्ला नेपाली भूमिमाथि समेत अतिक्रमण गरिरहेको छ । र, सीमा विवाद बल्झिरहेकाे छ ।

पछिल्लो समय नेपालको लिपूलेक तथा लिम्पियाधुरा पनि आफ्नो सरकारी नक्सामा भारतले छापेपछि दुइ देशबीच कुटनीतिक पहल गर्ने भनियाे । तर ठोस रुपमा कुनै कार्यान्वायन हुन सकेन । यस बिषयमा दुई मुलुकबीच कुनै ठोस सहमति नहुँदै भारतले एकतर्फी रुपमा फेरि नेपाली भूमि लिपूलेकमा सडक निर्माण गरेको छ । उसले मानसरोबर जाने बाटो भन्दै दार्चुलाको व्यास गाउँपालिका–१ को गुन्जीदेखि लिपुलेकसम्म करिब २२ किलोमिटर लामो सडक निर्माण गरेको छ ।

यस विषयमा नेपालमा विरोध र बहस भइरहेका बेला चीनको एक सञ्चार माध्यमले नेपालमा पर्ने विश्वकै सर्वाेच्च शिखर सगरमाथा चीनको भूभागमा पर्ने भनेर उल्लेख गरेको छ । चीनको लोकप्रिय टेलिभिजन ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ ले आफ्नो आधिकारिक ट्वीटरमा सर्वोच्च शिखर सगरमाथा चीनको तिब्बतमा पर्ने उल्लेख गरेको हो ।

झ्यामोलुङमा अर्थात सगरमाथा बारे चीनकाम मिडियमा आएको समाचार

ट्वीटरमा भनिएको छ, ‘सर्वोच्च शिखर सगरमाथा चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर हो।’ उसले ट्वीटरमा सगरमाथाकाे उत्तरी भागका केही तस्बिरहरु समेत समावेश गरेको छ । तर सीजीटीएनले गलत समाचार प्रेषण गरेको भन्दै चीनभित्रै सामाजिक सञ्जालमा विरोध भइरहेको छ । सगरमाथा नेपाली भूमिभित्रै रहेकाेमा चीनियाँहरू पनि जानकार छन् ।

चीनको कतिपय विज्ञहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिइरहेका छन् । चीन र नेपालको सीमा क्षेत्र पर्ने सर्वोच शिखर सगरमाथाले उत्तरी मोहडा तिब्बती क्षेत्रतर्फ पर्छ । तर सगरमाथकाे वास्तविक भूभाग भने नेपालतर्फै रहेकाे छ । उक्त उत्तरी माेहडाबाट चीनले सगरमाथाको उचाइ नाप्ने काेसिस गरिरहेकाे समेत चिनियाँ संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।

चीनले नै सन् १९७५ मा सगरमाथाको उचाइ ८ हजार ८४८.१३ मिटर भएको निस्कर्ष निकालेकाे थियाे । साेही नापलाई अहिलेसम्म सगरमाथाकाे आधिकारिक उचाइ मानिँदै आएको छ । त्यसययता अमेरिका र भारतले पनि सगरमाथाको उचाइ नापेका थिए । जसमा थोरै-धेरै मापन परिमाण फरक पाइएको थियो ।

नेपालबाट देखिने सगरमाथा । श्रोत : https://www.britannica.com/

तर २०७२ सालमा आएको महा भूकम्पका कारण सगरमाथाको उचाइ घटेको अनुमान विज्ञहरुले गरे पनि नेपाल सरकारले यसको पुन: उचाइ नाप्न सर्भे टोली पठाएको थियो । २०७६ जेठ महिनामा नापी विभागको टोलीले सगरमाथाको उचाइ नापेर फर्किएको पनि थियो । यद्यपि हालसम्म त्यसको रिपोर्ट सार्वजनिक भएको छैन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्