Logo

फाप्लुको बागबानी केन्द्रमा व्यवस्थित घेराबार नहुँदा समस्या


सुशिला राई

सोलुखुम्बु-बागबानी केन्द्र फाप्लु क्षेत्रमा व्यवस्थित घेराबार नहुदा वन्यजन्तुको हैरानी खप्नुपरेको छ ।

सोलुखुम्बु सहित ओखलढुंगा र खोटाङका कृषकलाई फलफूल र तरकारीको नयाँ प्रविधि सहजीकरण र विरुवाको आपूर्तीको लागि स्थापनागरिएको केन्द्र क्षेत्रमा घेराबार व्यवस्थित नहुदा भालु, मृग र दुम्सिको हैरानी खेप्नु परेको निमित्त बागबानी विकास अधिकृत उपेन्द्र ठाकुरले बताए ।

करिब साढे १७ हेक्टर (करिब ३५१ रोपनी) क्षेत्रफलमा फैलिएको बागबानी मातार बार र पर्खाल भत्किए पछि वन्यजन्तु पसेर तरकारी तथा फलफूल बालीमा क्षति पु¥याउदै आएको छ ।

तरकारी तथा फलफूलका नर्सरीलाई वन्य जन्तुबाट जोगाउ ननिकै मुस्किलभएको अधिकृत ठाकुरको भनाई छ । हिमाल एफ एमसंग कुराकानी गर्दै उनले खुलासिमा भएपछि मानिसको आवत जावत बढ्ने र सुरक्षाको हिसावले जोखिम बढ्ने गरेको गुनासो गरे ।

अघिल्ला बर्षहरुमा तरकारी विक्रिगर्ने बागबानीले यो बर्ष मौसम प्रतिकुलभएकै कारण तरकारी उत्पादनमा समस्या खेपि रहेको छ । निरन्तरको बर्षाको कारण आवश्यक तामक्रम नपुग्दा तरकारीको बृद्धि विकासमा समस्या आएको बागबानी केन्द्रले जनाएको छ

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्