निनाम कुलुङ ‘मंगले

हुन त यो पंक्तिकार स्वास्थ्य क्षेत्रको विशेषज्ञ होइन, न त हाल विश्वभर महामारीको रुपमा फैलिएको (कोभिड–१९) रोगको संक्रामक भाइरसले फैलाई रहेको महामारी सम्बन्धी नै विषय विज्ञ वा जानकार हो । तापनि नेपालमै (कोभिड–१९) को संक्रामक भाइरसले नेपाल र नेपालीहरुमै फैलन थालेपछि (लगभग डेढ महिनादेखि) कम्तिमा एक सचेत नागरिकको हैसियतले दिनदिनै (कोभिड–१९) रोगको संक्रमणका कारण विश्वमा कति मानिसहरु मरे ?, कति मानिसहरु सामान्य बिरामी भए ?, कति मानिसहरु उपचार गरेर पूर्ण रुपमा निको भएर घर फर्के ?, कति मानिसहरु (कोभिड–१९) रोगको संक्रमणका कारण सिकिस्त बिरामी छन् ?, कुन–कुन देशमा कुन गतिमा (कोभिड–१९) रोगको संक्रमण फैलिरहेको छ ?, कस्ता–कस्ता मानिसहरुलाई (कोभिड–१९) रोगको संक्रमणले आक्रमण गर्छ ? कुन–कुन उमेर समूहका मानिसहरुले कति दरमाआफ्नो अमूल्य ज्यान गुमाई रहेका छन् ?, साथै (कोभिड–१९) भाइरसको संक्रमणका कारण मर्ने महिला र पुरुषको मृत्यु दरमा कति फरक छ ? आदि बारेमा केही लेख्ने जमर्को गरिएको छ ।

‘वोल्र्डोमिटर’ नामक एक संस्थाले दैनिक रुपमा उल्लेख गर्दै आएको तथ्यांकअनुसार हालसम्म (कोभिड–१९) नामक भाइरसको संक्रमणले बिरामी हुनुअघि नै विभिन्न पाँचवटा रोग भएका बिरामीहरुलाई बढी क्षति पुर्याएको छ । अर्थात् त्यस्ता रोगीहरुमा केही गरी (कोभिड–१९) को संक्रमण देखा परेमा त्यस्ता रोगीहरुले ज्यान गुमाउने खतरा बढी देखिएको छ । ती विभिन्न पाँचवटा रोगहरुको नाम तल उल्लेख गरिएको छ ।
१, मुटुसम्बन्धी विभिन्न रोग ।
२, डायबिटिज रोग ।
३, क्रोनिक रेस्पीटोरी … ।
४, उच्च रक्तचाप ।
५ र क्यान्सर ।

माथि उल्लेखित विभिन्न पाँचवटा रोगहरु पहिलेदेखि नै भएका रोगीहरुले ज्यान गुमाएकोमा पनि महिला र पुरुषको मृत्यु दर तुलना गरेर हेर्दा महिलाभन्दा पुरुषको मृत्यु दर झण्डै दोब्बर बढी रहेको तथ्यांकमा उल्लेख छ । जस्तै (कोभिड–१९) को संक्रमणको कारण भएको महिलाको मृत्यु दर १.७ रहेको देखिन्छ भने पुरुषको मृत्यु दर झण्डै दोब्बर अर्थात् २.८ रहेको देखिन्छ । साथै (कोभिड–१९) को संक्रमणले बिरामी हुनुअघि नै अन्य रोग भएकाहरु जस्तै माथि नै उल्लेख गरिएझै मुटु सम्बन्धी विभिन्न रोग भएकाहरुको मृत्यु दर १३.२ प्रतिशत, डायबिटिज भएकाहरुको मृत्य दर ९.२ प्रतिशत, क्रोनिक रेस्पीटोरी … रोग भएकाहरुको मृत्य दर ८.० प्रतिशत, उच्च रक्तचाप भएकाहरुको मृत्यदर ८.४ प्रतिशत, क्यान्सर भएकाहरुको मृत्य दर ७.६ प्रतिशत र त्यसअघि अन्य केही रोग लागेको थियो कि थिएन ? केही पत्ता लाग्न नसकेकाहरुको मृत्य दर ०.९ प्रतिशत रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

यसरी हेर्दा अझ खतरा त के देखिन्छ भने, ३१ मार्चको दिउँसोसम्म (कोभिड–१९) नामक संक्रामक रोगको भाइरसले बिरामी भएर ज्यान गुमाएकाहरु १८ प्रतिशत र निको भएर घर फर्कनेहरु ८२ प्रतिशत रहेकोमा पुगेको थियो । स्मणीय छ, ३० मार्चको बेलुकीसम्म (कोभिड–१९) नामक संक्रामक रोगको भाइरसले बिरामी भएर ज्यान गुमाउनेहरु १९ प्रतिशत र निको भएर घर फर्कनेहरुको प्रतिशत ८१ प्रतिशत थियो । तर, आजको मितिमा (कोभिड–१९) नामक संक्रामक रोगको भाइरसले बिरामी भएर ज्यान गुमाउनेहरुको प्रतिशत २१ पुगेको छ भने, निको भएर घर फर्कनेहरुको प्रतिशत ७९ प्रतिशतमा झरेको छ ।

 मुटुसम्बन्धी विभिन्न रोग भएकाहरु, डायबिटिज रोग भएकाहरु, क्रोनिक रेस्पीटोरी … रोग भएकाहरु, उच्च रक्तचाप भएकाहरु र क्यान्सर रोग भएका बिरामी महानुभावहरु विश्वलाई नै त्राहीमाम ! बनाएको (कोभिड–१९) रोगको संक्रमणबाट बच्न सकेसम्म घरभित्रै ‘सेल्फ क्वारेन्टाइन’मा बस्नु होस्, सामाजिक दुरी कायम गर्नु होस्, भनी यो ‘केहीनजान्ने कुलुङे’को हार्दिक अनुरोध छ ।

स्मणीय छ, (कोभिड–१९) को भाइरसलाई संयुक्त राष्ट्र संघ मातहत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नै विश्वभरि पैmलिएको महामारी (प्यान्डेमिक) भनी गत मार्चमै घोषणा गरी सकेको छ । अहिलेसम्म (कोभिड–१९) नामक संक्रामक रोगको भाइरसले संयुक्त राष्ट्रमा आवद्व भएका १९५ र बाँकी देश गरी २१० देशमा आफ्नो उपस्थिति जनाई सकेको छ । साथै (कोभिड–१९) नामक संक्रामक रोगको भाइरसले विश्वका विभिन्न देशका लगभग ३९ लाख ५२ हजार १६२ जनालाई बिरामी बनाएको छ भने सो रोगको उपचारबाट १३ लाख ५९ हजार ८०० भन्दा बढी मानिसहरु पूर्ण रुपमा निको भएर आफ्नो घर फर्की सकेका छन् । त्यस्तै (कोभिड–१९) को संक्रमणका कारण विश्वका विभिन्न देशका २ लाख ७१ हजार ८०० भन्दा बढीले आफ्नो अमूल्य ज्यान गुमाएका छन् । साथै उपचार गराई रहेकामध्ये लगभग ४८ हजार ८८६ जना मानिसहरु सिकिस्त बिरामीका रुपमा छन् । यो तथ्यांक सन् २०२० मे ८ को ग्रीनवीच मिन टाइम (जिएमटी) १५ः१० बजेसम्मको हो ।

(कोभिड–१९) रोगको संक्रमणले कुन–कुन उमेर समूहका मानिसहरु कति दरमा मरी रहेका छन् ? भन्ने बारेमा केही जानकारी लिनेतर्पm । किनभने, (कोभिड–१९) रोगको संक्रमणले कस्ता–कस्ता मानिसहरुलाई बढी आक्रमण गर्छ ? भन्ने त माथि नै उल्लेख भईसकेको छ । फेरि पनि ‘वोल्र्डोमिटर’ नामक संस्थालाई नै आधार मानेर भन्नु पर्दा (कोभिड–१९) रोगको संक्रमणका कारण मर्ने बिरामीहरुमध्ये २१.९ प्रतिशत ८० वर्ष र सो भन्दा माथिका उमेर समूहका रहेका छन् । त्यस्तै ७० देखि ७९ वर्ष उमेर समूहका ८ प्रतिशत, ६० देखि ६९ वर्ष उमेर समूहका ३.६ प्रतिशत, ५० देखि ५९ वर्ष उमेर समूहका १.३ प्रतिशत ४० देखि ४९ वर्ष उमेर समूहका ०.४ प्रतिशत, ३० देखि ३९ वर्ष उमेर समूहका ०.२ प्रतिशत, २० देखि २९ वर्ष उमेर समूहका ०.२ प्रतिशत, १०ख देखि १९ वर्ष उमेर समूहका ०.२ प्रतिशत मृत्य दर रहेको देखिन्छ । तर, अचम्म वा भनौं सुखद कुरो के भने, ० देखि ९ वर्षको उमेर समूहका बालबच्चाहरुको भने कोभिड–१९) नामक संक्रामक रोगको भाइरसका कारण हालसम्म मृत्य भएको देखिएको छैन ।

त्यस्तै (कोभिड–१९) रोगको संक्रमणको कारणले मृत्य भएकाहरुको लैगिंक अनुपात हेर्दा महिलाको मृत्य दरभन्दा पुरुषको मृत्य दर लगभग दोब्बर रहेको देखिन्छ भन्ने पनि माथि नै उक् प्रसंगमा उल्लेख भएको छ । जस्तै (कोभिड–१९) रोगको संक्रमणले मृत्यु हुने समग्र प्रतिशतमा पुरुषको मृत्य दर ४.७ रहेको देखिन्छ भने महिलाको मृत्य दर २.८ रहेको देखिन्छ । यो मृत्य दर (कोभिड–१९) रोगको संक्रमणका कारण सीधै ज्यान गुमाएकाहरुको तथ्यांक हो भने, अरु सहायक रोगका कारण ज्यान गुमाएका महिला र पुरुषको मृत्यु दरको अनुपातमा पनि लगभग दोब्बरकै फरक देखिन्छ ।

त्यसैले फेरि पनि मुटुसम्बन्धी विभिन्न रोग भएकाहरु, डायबिटिज रोग भएकाहरु, क्रोनिक रेस्पीटोरी … रोग भएकाहरु, उच्च रक्तचाप भएकाहरु र क्यान्सर रोग भएका बिरामी महानुभावहरु विश्वलाई नै त्राहीमाम ! बनाएको (कोभिड–१९) रोगको संक्रमणबाट बच्न सकेसम्म घरभित्रै ‘सेल्फ क्वारेन्टाइन’मा बस्नु होस्, सामाजिक दुरी कायम गर्नु होस्, भनी यो ‘केहीनजान्ने कुलुङे’को हार्दिक अनुरोध छ । किनभने, नेपालमा बल्ल (कोभिड–१९) रोगको संक्रमणको ‘स्टेज थ्री’मा पुगेको अवस्था छ । तर, आज (विसं २०७७ वैसाख २६ गतेदेखि) धेरै मान्छेहरु लकडाउन खुल्ला गरेको वा भनौं देश सामान्य अवस्थामा रहेको अवस्थामा झै गरेर जताभावी हिँडिरहेको देखिन्छ । अझ हामीले के बुझ्नु जरुरी छ भने, एकपटक पाएको यो अमूल्य मानव जीवनलाई फेरिफेरि प्राप्त गर्न सकिदैन । अनि यो मानव जीवन त्यति सजिलै प्राप्त भएको पनि होइन, सबै नेपालीलाई चेतना भया !

थप केही जानकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९, ninamkirat123@gmail.com