Logo

फुटबल टोली सदस्य भरत सेनाको विभागीय ड्युटीमा


राष्ट्रिय फुटबल टोली सदस्य भरत खवास ड्युटीमा खटिएका छन् ।

२८ वर्षीय स्ट्राइकर भरत नेपाली सेनाको विभागीय ड्युटीमा खटिएका हुन् ।

त्रिभुवन आर्मी क्लबका फरवार्ड भरत कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै विभागीय ड्युटीमा खटिएका हुन् ।

भरत नेपाली सेनाका उपसेनानीसमेत हुन् । भरत हाल आफ्नो युनिटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा खटिएका छन् ।

कोरोनाको संक्रमण बढेसँगै नेपाली सेनाले आफ्नो मातहतमा रहेका खेलाडीलाई समेत ड्युटीमा खटाउन थालेको छ ।

कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी लकडाउनेसँगै फुटबल गतिविधि बन्द छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्