Logo

काठमाडौँ उपत्यकामा भित्रन खोज्ने १०३ सवारी फर्काइए


पछिल्लो समय विभिन्न बहानामा काठमाडौँ उपत्यकामा भित्रने सवारीसाधनको सङ्ख्या बढिरहेका बेला मङ्गलबार भने अत्यावश्यकबाहेक १०३ सवारीसाधन फर्काइएको छ । विश्वभरि फैलिएको कोभिड-१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि देशभरि लकडाउन गरेको छ । जसका कारण अत्यावश्यकबाहेक सवारी एक स्थानबाट अर्को स्थानमा आउन-जान रोक लगाएको छ ।

यसै क्रममा आज काठमाडौँ महानगरपालिकाको उपप्रमुख हरिप्रभा खड्गी नागढुङ्गा हुँदै काठमाडौँ उपत्यका भित्रन खोज्ने सवारीसाधन र मानिसको आवागमनका विषयमा जानकारी लिन धादिङको सीमा खत्रीपौवा पुगेकी थिइन् । उपप्रमुख खड्गीलाई जानकारी लिने क्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिँदै सोमबार ३७ सवारीलाई यहीँबाट फकाईएको र मङ्गलबार १०३ सवारीसाधन फर्काइएको जनाएका थिए ।

पछिल्लो समय लकडाउन भए पनि विभिन्न बहानामा र पहुँचको आधारमा पास बनाइ सवारीसाधन बाहिरी जिल्लाबाट आउने क्रम बढेपछि अहिले उपत्यका भित्रने सबै नाकामा कडाइ गरिएको हो । काठमाडौँको जनजीवनलाई सहज बनाउन अत्यावश्यक सामग्री ल्याएका र एम्बुलेन्सलाई मात्र उपत्यका प्रवेश दिएको र अन्यलाई फर्काइएको बताइएको छ ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठले अहिले विदेशी नम्बरप्लेट भएका कुनै पनि सवारीसाधन आउने गरेका छैनन् । काठमाडौँमा आउने खाद्य तथा तरकारी छिमेकी जिल्ला धादिङ, चितवनलगायत ठाउँबाट आउने गरेका हुन् । नागढुङ्गा नाकामा सुरक्षा निकायले उपत्यका भित्रिने सवारीसाधनको नम्बर र चालकको सम्पर्क नम्बरसहितको विवरण लिएर सवारीलाई भित्रने दिने गरेको छ ।

अनुगमनको क्रममा उपप्रमुख खड्गीले सवारी चालकसँग भित्र आउनुपर्ने कारण, कति समय बस्ने, कहाँ बस्ने, सवारीसाधन कसरी प्रयोग हुने गरेको छ जस्ता विषयमा जानकारी लिएकी थिइन् । मास्क नलगाई सवारी चलाउने चालकलाई मास्क वितरणसमेत गरेकी थिइन् । वृत्त प्रमुख श्रेष्ठका अनुसार अहिले नागढुङ्गा नाकाबाट दैनिक औसतमा ५०० सवारीसाधन भित्रिने गरेका छन् । –रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्