जब पार्टी शान्ति सम्झौतामा आयो, जब पार्टीको राज्य संगठन समिति बन्यो र जब प्रदेश निर्वाचन तयारी चल्यो, तब हामीले देशमा यातायात पूर्वाधार लागायत विकासका बृहत्तर योजनाहरु पटक-पटक पार्टीमा प्रस्तावित गर्यौं।

परन्तु, देश र जनताको उन्नतिमा समर्पित हाम्रा प्रस्तावहरु पार्टीको उपल्लो नेतृत्वले कहिल्यै प्राथमिकता दिएन, जसरी प्राथमिकताको सट्टा आठ सय जिल्लाको युगान्तकारी रुपरेखा-प्रस्तावलाई ०६५ मा उपेक्षा र तिरष्कार मात्र गरियो ।

अरु विषयमा समेत ब्यवहार त्यही दोहरियो। त्यसवीच माओवादी सरकारले कहिल्यै बजेट प्रस्तुत गर्ने अवसर पाएन। यो पनि सीमा थियो। परन्तु यो नितान्त सहायक पक्ष थियो। मुख्य पक्ष सानो मानिसले ठूलो कुरा ल्याएको हुँदा नै ती प्रस्तावहरु उपेक्षा र दमनको कित्तामा धकेलिए ।  फेरि पनि “ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल” बोलको देश गानले भने झैं संघर्ष जारी छ ।

अहिले पुरै विश्व जनमत कोरोना प्रकोपबाट आक्रान्त छ। बिश्वको अंग हुनुको हैसियतमा स्वदेश तथा बिदेशका नेपालीहरु स्वत: आक्रान्त हुने नै भैयो । स्वभाविक रुपमा सरकारी बन्देज छ। बिध्यमान बन्देजको समय सामाजिक सञ्जाल माध्यमले सुचना र विचार आदान-प्रदान सशक्त औजार बनेको छ ।

यसक्रममा बिगतमा हामीले प्रस्तावित गरेका, खासगरी नेपालमा यातायात पूर्वाधार विकासका योजनाहरु निम्न रुपमा यहाँ पुन: प्रस्तुत गरिन्छ:

सडक मार्गवारे: ठूलो नदी किनारै किनार ठूलो सडक तथा सानो नदी किनारै किनार सानो सडक निर्माण गर्ने। नदी मार्गलाई आधार बनाई डाँडापाखा जोड्ने ।

सुरुङ रेल मार्गवारे,
१ . ताप्लेजुङ- झापा,
२ . मकालु- मोरङसुनसरी,
३ . चोमोलुङमा- सिरहा,
४ . गौरिशंकर- महोत्तरी,
५ . गनेश हिमाल- चितवन,
६ . मनास्लु- नवलपुर,
७ . धौलागिरी- लुम्बिनी,
८ . सिस्ने हिमाल-दाङ,
९ .कान्जिरोबा- बाँकेबर्दिया,
१० . दार्चुला- कैलाली ।

उपरोक्त हिमाल-तराई जोड्ने दशवटा सुरुङ रेलमार्ग निर्माण गरी तीब्र गतिको यातायात ब्यवस्था गर्ने । पहाडी ईलाकामा दर्जनौं सहायक स्टेशनहरु हुनेछन । हिमाली क्षेत्रका नागरिकले तराई- मधेसमा खेती, ब्यापार ब्यवसाय, उध्योग धन्दा ईत्यादि गर्ने छन ।

नयाँ राष्ट्रीय एकीकरणको देश विकास कार्यक्रम

तराई-मधेसका नागरिकले हिमालयमा प्राकृतिक वातानुकुलित घर निर्माण गर्ने छन । जब बिहान हुनेछ, हिमाल-पहाडका नागरिक रेल चढेर एक डेढ घण्टामा तराई-मधेसमा सेवा-श्रम कार्यमा पुग्ने छन भने जब बेलुका हुनेछ, तराई- मधेसका नागरिक रेल चढेर एक डेढ घण्टामा हिमालयको घर पुग्ने छन ।

यातायातको उपरोक्त पूर्वाधार योजनाले समग्र नेपालको साझा आर्थिक जीवन प्रणाली निर्धारण गर्नेछ र नयाँ राष्ट्रीय एकीकरण सम्पन्न गरिन्छ। साथै, स्वाधीन र समृद्व नेपालको लक्ष सुनिश्चित गरिन्छ ।

रेलमार्ग भएर पाईप मार्फत हिमालयको सर्वोत्तम स्वच्छ पिउने पानी थरुवान-मधेसका साथसाथै देशब्यापी स्वत: आपूर्ति गर्न सकिन्छ। पछिल्लो अनुभवका आधारमा सुरुङ रेलमार्ग निर्माण भूकम्प प्रतिरोधक हुनु पर्ने स्वत: प्रष्ट छ ।