२२ वैशाख : बलिउड अभिनेता आमिर खानले पिठोमा १५ हजार भारतिय रुपैयाँ वितरण गर्ने आफू नभएको दाबी गरेका छन्। उनले सोमबार ट्वीट गर्दै उक्त जानकारी दिएका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘म आँटाको प्याकेटमा पैसा राख्ने व्यक्ति होईन। यो या त पुरै गलत कथा हो वा कोहि रोबिनहुड आफुूलाई सार्वजनिक गर्न चाहँदैनन्। सुरक्षित रहनुहोला, माया।’

पिठोसँगै पैसा वितरण गर्ने उनी होइनन्-आमिर खान

केहि दिनदेखि सामाजिक संजालमा एक किलो आँटामा १५ हजार रुपैयाँ वितरण गरेको खबरको निकै चर्चा भएको छ। टिकटकमार्फत केहिले उक्त सामाजिक कार्यमा आमिर खान संलग्न रहेको दाबी गरेका थिए। मेरोलगानी