Logo

फेरी थप १० जनामा कोरोना संक्रमणकाे पुष्टि : स्वास्थ्य प्रवक्ता


काठमाडौं- वीरगञ्ज र नेपालगञ्जमा गरी थप १० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेका प्रवक्ता डा. विकास देवकोटाले १० जनामा व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको बताए। वीरगञ्जमा १ जना र नेपाल गञ्जमा ९ जनामा कोरोना संक्रमण भएको जानकारी मन्त्रालयले दिएको हो।

आइतबार दिउँसो ४ बजेर १५ मिनेट जाँदासम्म २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा र ७७ जना आइसोलेसनमा रहेको समेत उनले बताए।

यसअघि नेपालमा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। यो सँगै जम्मा ६९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसअघि नै १६ जनाको भने उपचार सफल भएर घर फर्किइसकेका छन्। हाल सबैभन्दा बढी विराटनगरस्थित कोसी अस्पतालमा ३१ जनाको उपचार भइरहेको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्