Logo

ताप्लेजुङको आगलागी करोडौं धनमाल नष्ट


राजेश प्रसाईं “बिद्रोही” – गएराती ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा  भएको भीषण आगलागी बाट करोडौंको धनमाल क्षति भएको छ।

मध्यराती एकाएक बजारमा भएको आगलागी ठूलो प्रयास पछि हाल नियन्त्रणमा आइसकेकाे छ । ताप्लेजुङकाे दमकलले मात्र आगलागी नियन्त्रण गर्न नसकेपछि पाँचथरवाट दमकल झिकाएर आगलागीकाे नियन्त्रण गरिएकाे थियाे ।

आगलागी नियन्त्रणमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको रातभर खटेका थिए । अहिले आगलागीकाे क्षति विवरण संकलन कार्य भइरहेकाे ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निराैलाले जानकारी दिनुभयाे । ताप्लेजुङमा भएकाे आगलागीकाे याे ठुलाे पाँचाैं घटना हाे ।

ताप्लेजुङको आगलागी करोडौं धनमाल नष्ट

ताप्लेजुङ सदरमुकामा २०६० सालमा भएकाे आगलागीमा विरेन्द्र चाेकका ४५ घर जलेर नष्ट भएका थिए भने आगलागीवाट ५१ कराेडकाे क्षति भएकाे थियाे ।

त्यसैगरी २०७१ सालमा ताप्लेजुङ सदरमुकामकाे ताेक्मे वजारमा आगलागी हुँदा ४४ घर जलेर नष्ट भएका थिए भने ४१ कराेड वरावरकाे क्षति भएकाे थियाे । त्यसै गरि २०६८ सालमा भएकाे आगलागीमा शेर्पा टाेलमा आठ घर जल्दा आठ कराेड र २०६९ सालमा टुक्रे वजारमा पाँच घर जल्दा पाँच कराेडकाे क्षति भएकाे थियाे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्