-मूलघरे कान्छा (राजेन खिम्बुले राई)

युकेस्थित मेडस्टाेनमा हिजो भूपू गोर्खा सैनिक रामकुमार लिम्बू नाम गरेकाे नेपालीको गाडीमा केही अतिवादी गोराहरुले घरमै आगजनी गरीदिएका छन् । उक्त घटना घट्नुको मुख्य कारण काेराेना भाइरसबाट बढ्दो घृणा अपराध नै हो भन्ने जानकारी आएको छ ।

अहिले काेराेना भाइरसकै कारण हामीजस्ता एसियन मूलका मानिसहरुमा अनी नेपालीहरुमा पनि चौतर्फी रुपमा यस्ता दुर्व्यवहार, घृणा, गालीगलौज गर्ने, आक्रमण गर्ने जस्ता घटनाहरु घटिरहेका छन् । यो भन्दा पहिला पनि युकेमा भूपू गोर्खा सैनिक बुढाबुढीहरुलाई पटक पटक यस्ता दुर्व्यवहार, ढुंगाले हान्ने, आक्रमण, थुक्ने, गालीगलौज गर्ने, मेरो देशमा किन आएको ? तेरो आफ्नै देशमै जा भन्ने जस्ता घृणित कार्यहरु घटिरहेका थिए ।

यो देशमा यिनीहरुको नजरमा यसरी घृणित भएर कसरी बाच्नु सकिएला ? यस्तो घटनाहरु देख्दा-सुन्दा साच्चै मेरो मुटु पोल्ने गर्दछ । त्यसैले म भन्ने गर्दछु जे जस्तो दुख-सुख गरीब नै भए पनि आफ्नै देशमा फर्किनुपर्दछ ।

हामी नेपालीहरु जतिसुकै यो देशको लागि बफादार भएर जागिर गरे पनि, युरोप, अमेरिका, युकेमा बसेर यतै व्यापार व्यवसाय गरेर टाइसुट लगाएर हिडे पनि, घर गाडी किने पनि, जतिसुकै पैसा कमाएर लक्जरियस जीवनशैलीमा बसे पनि यहीको ग्रिन कार्ड, रेड पासपाेर्ट लिएर गोरा सरह हुन खोजे पनि आखिर यी सेतो छाला गोराहरुको नजरमा हामी सिर्फ यहाँको विदेशी, खान नपाएर उनीहरुको देशमा आएझै विदेशी नै हौ ।

युकेमा घृणित भएर कहिलेसम्म बाँच्ने ?

हामी यो देशमा आएर जतिसुकै उच्च तह तप्कामा पुगे पनि यिनीहरुको दृष्टिकोणमा हामीलाई हेर्ने दृष्टिकोण सँधै यही नै हुने गर्दछ । मेरो सिद्धान्त जीवनमा यसरी अरुबाट घृणित भएर कहिल्यै बाच्नु नपरोस्,आफ्नै गाउँठाउँमा एक स्वतन्त्र र स्वाभिमानी जिन्दगी बिताएर स्वाभिमानी भएरै मर्न पाइयोस् ।

यो देशमा यिनीहरुको नजरमा यसरी घृणित भएर कसरी बाच्नु सकिएला ? यस्तो घटनाहरु देख्दा-सुन्दा साच्चै मेरो मुटु पोल्ने गर्दछ । त्यसैले म भन्ने गर्दछु जे जस्तो दुख-सुख गरीब नै भए पनि आफ्नै देशमा फर्किनुपर्दछ । कमसेकम यसरी घृणित भएर बाच्नु त पर्दैन । अत: यदि म जन्मिएको मेरो देशमा, मेरो गाउँठाउँमा बाहेक यही विदेशमा नै म कहिकतै मरेछु भने मेरो आत्माले कहिल्यै पनि शान्ति पाउने छैन । मेराे अन्तिम मरण मेरै देश अनि गाउँमै होस् ।

मूलघरे कान्छाकाे फेसबुकबाट ।