Logo

केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गर्दै राजपा, अनुमोदन गर्‍यो पार्टी एकता


राष्ट्रिय जनता पार्टीले लकडाउनका बेलासमेत आफ्ना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरिरहेको छ।

निर्वाचन आयोगले पार्टी एकताको लागि केन्द्रीय कमिटी बस्न सम्भव नहुने भएकाले हस्ताक्षर संकलन गरेर बुझाए त्यसलाई मान्यता दिन सकिने भनेकाले राजपाले यस्तो गरेको हो।

‘हामीले नचाहँदा नचाहँदै पनि राजनितिक गतिविधि गर्न परिरहेको छ। पार्टी एकताका लागि भएको सैद्धान्तिक सहमतिलाई हामीले केन्द्रीय सदस्यलाई जानकारी गराएका छौ,’ राजपा संयोजक शरदसिंह भण्डारीले भने,’हस्ताक्षर संकलनको काम पनि भइरहेको र यो काम टुंगिसकेपछि जति सक्दो चाँडो दर्ता गराउने प्रक्रियामा जान्छौं।’

राजपाको विधानअनुसार कुनै पनि निर्णय गर्दा अध्यक्ष मण्डलका ६ जनाकै हस्ताक्षर चाहिने प्रावधान छ।

वैशाख १६ गते बसेको अध्यक्ष मण्डको बैठकले राजपा र समाजवादी पार्टीबीचको पार्टी एकता गर्ने सैद्धान्तिक सहमतिलाई अनुमोदन गरेको छ।

‘पार्टी एकताका लागि सैद्धान्तिक सहमति गरेर निर्वाचन आयोगमा दिएको सूचनालाई अध्यक्ष मण्डलको बैठकले अनुमोदन गरेको छ,’ उनले भने,’६ जनाको अध्यक्षमण्डलका सदस्यले हस्ताक्षर गरेपछि यसले आधिकारिकता पाएको र यसलाई केन्द्रीय सदस्यलाई समेत पठाइसकिएको छ।’

वैशाख १० गते मध्यरातमा समाजवादी पार्टी र राजपाबीच एकता भएको थियो। नयाँ पार्टीको नाम जनता समाजावादी पार्टी राख्ने सहमति पनि भइसकेको छ।

एकताका लागि भएको सैद्धान्तिक सहमतिको सूचना निर्वाचन आयोगमा दुई पार्टीले दिइसकेका छन्।

राजपा अध्यक्ष मण्डलका संयोजक भण्डारीले पार्टीको विधान, नियमावली बनाउने काम भइरहेको बताए।

पार्टीको नेतृत्व कस्तो रहने भन्नेमा समेत विचार,विमर्श र छलफल भइरहेको उनले जानकारी दिए।

‘नेतृत्वका लागि खाका तयार भइरहेको छ। सामुहिक निर्णय र एकल जिम्मेवारीबाट पार्टी चलाउने सहमति भएकाले त्यही अनुसारको खाका तयार भइरेको छ,’ उनले भने,’राजपाको जस्तो अध्यक्ष मण्डल भने रहँदैन।’

कांग्रेस र कम्युनिष्टको बीचमा शक्ति सन्तुलन कायम गर्न तेस्रो शक्तिको आवश्यक भएकाले यसैमा आफूहरूको ध्यान गएको समेत भण्डारीको दाबी छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्