Logo

राति सुत्नु अघि मुख धुनुका ५ फाइदा


१९ वैशाख । हामी बिहान उठेपछि आफ्नो अनुहार धुन्छौं, सनस्क्रीन, मेकअप तथा अन्य धेरै चीजहरू अनुहारमा लगाउने गर्छौं ।

राति सुत्नुअघि मुख धुनुका ५ फाइदा

तर, दिनभरिको समय बितेपछि के राति सुत्नुअघि अनुहार धुनुहुन्छ ? यदि राति सुत्नुअघि अनुहार धुने बानी छैन भने यो बानी अनुहार र छालाको लागि धेरै हानिकारक हुन सक्छ ।

धेरै मानिसहरू दिनमा धेरै काम गरेर थकान पछि घर फर्कन्छन्, उनीहरू अनुहार नधोई सुत्ने गर्छन् ।

तर एक दिनको लापरवाहीले अनुहारमा धेरै पिम्पल्स, ब्ल्याकहेड्स र फ्रेकल्सहरू दिन सक्छ ।

त्यसैले छालालाई सफा र स्वस्थ राख्न रातमा मुख धुनु अतिआवश्यक छ । हरेक दिन राति सुत्नुअघि अनुहार धुनुका फाइदाहरू जान्नुहोस् :

  • मेकअप हटाउँछ : अनुहार धुनाले मेकअप मात्र हटाउँदैन तर दिनभरि अनुहारमा टाँसिएको धुलो र फोहोर पनि हटाउँछ । मेकअपको कारणले अनुहारका पोर्स फोहोरले भरिएर बन्द हुन्छ । मेकअपले यी सबै चीजहरूको लागि चुम्बकको रूपमा काम गर्छ ।
  • पिम्पल्स आउनबाट रोक्छ : दिनभर थाहा नपाइ मानिसहरू धेरै पटक आफ्नो अनुहार छुन्छन् । यसकारण अनुहारमा विभिन्न ब्याक्टेरियाहरू टासिएर एक्नेको जोखिम बढ्दै जान्छ ।
  • चाउरिपनबाट जोगाउँछ : हामी दिनभरि फ्रि रेडिकलहरूसँग सम्पर्कमा रहन्छौं । फ्री रेडिकलहरू कोलेजेन टुट्नका कारण बनि अनुहारमा रेखा र चाउरिपनका रूपमा देखा पर्छ । रातमा अनुहार धुँदा यी फ्रि रेडिकलहरूबाट छुटकारा पाउन सकिन्छ ।
  • आँखाको समस्या हुनबाट जोगाउछ : काजल, आईलाइनर वा मस्करा लगाउन मन पराउने केटीहरूले आफ्नो आँखा सधै धुनुपर्छ । नधोएको खण्डमा आँखा पोल्ने, चिलाउने तथा विभिन्न संक्रमणको जोखिम हुन्छ ।
  • स्किन प्रडक्सहरू राम्ररी काम गर्छन् : सुत्ने समयमा हाम्रो छाला मर्मत गर्न थाल्छ । यस समयमा छाला युभी रे र प्रदूषणको लागी लड्ने गर्छ । यस्तो अवस्थामा रातमा अनुहारमा लगाइएको उत्पादन बढी प्रभावकारी हुन्छ र राम्रोसँग काम गर्छ । त्यसैले रातमा सुत्नुअघि राम्ररी मुख धोएर राम्रो खालको मोइस्चराइजरको प्रयोग गर्नुपर्छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्