लेखक जनकऋषि चाम्लिङको मन छोएको तिन पुस्तक (चाम्लिङको आफ्नै दुई कविताको भिडियोसहित)
धरान (२०७७-०१-१९) – अग्रज पत्रकार तथा लेखक जनकऋषि चाम्लिङको हालसम्म दुईवटा पुस्तक प्रकाशित भएको छ । उनको २०६६ सालमा बस्तीभित्र भन्ने कथा संग्रह र २०७५ सालमा किन किरात प्रदेश भन्ने पुस्तक प्रकाशन भइसेको छ । हाल उनि अर्को एक पुस्तकको लेखनमा व्यस्त छन ।
लेखन संगै लकडाउनको बेला उनि दलाई लामा र नेल्सन मण्डेलाको जिवनी पढिरहेका छन । हामीले उनै लेखक चाम्लिङलाई उनको मन छोएको तिन पुस्तकको बारेमा जिज्ञासा राख्दा उनले विपी कोइरालाको उपन्यास ‘सुम्निमा’, प्रदिप नेपालको कथा संग्रह ‘कार जर्किन डि’ (एक जर्किन पानी) र भुपाल राईको कविता संग्रह ‘सिमान्त साैन्दर्य’ पुस्तकको उल्लेख गरे ।
सुम्निमा
यस उपन्यासनमा किरात र आर्यन संस्कृतिको विषयमा उल्लेख गरिएको छ । दुई बिचको ‘फ्युजन’ चित्रण गरिएको छ । भलै किरात समुदायहरूलाई अलिकती ‘डोमिनेट’ गरेको भएपनि यो समाजमा विभिन्न समुदायहरू बिच संयोजन हुनु पर्ने सन्देश यस उपन्यासमा पाइन्छ ।
कार जर्किन डी (एक जर्किन पानी)
यस कथा संग्रहमा साविक एमालेको कोणबाट माओवादी जनयुद्धको विश्लेषण गरिएको पाइन्छ । कथा संग्रहको कथाहरूले जनयुद्ध आवश्यक नभएको र यसले जनताहरूलाई दुःख भएको प्रस्टाउन खोजिएको छ । लेखक नेपाल साविक एमालेको नेता भएको कारण कथाहरू पढ्दा एमालेको दृष्टीकोण थाहा पाउन सकिन्छ । जनयुद्धको साविक एमालेले राजनैतिक रूपमा विरोध गरेको साथमा साहित्यिक रूपमा पनि विरोध भएको पाइन्छ ।
सिमान्त साैन्दर्य
यस कविता संग्रहले आदीवासी जनजातिको आवाज उठाएको छ । जुनै सरकार आएपनि राजनैतिक पहुँच नपुगेको कारण आदिवासी जनजातिको मुद्दा छुटेको सन्देश कविताहरूमा पाउन सकिन्छ । -रेडियोधरानबाट



