Logo

सिलिन्डर पड्केर टहरामा आग्लागी सबै सामान जलेर खरानी, दम्पती परिवारको बिचल्ली


 संवाददाता,१८,बैशाख –काठमाण्डौं । राजधानी काठमाण्डौंको धापाखेल स्थित मदन राई र पत्नी पम्फा राईको टहरामा भिषण आग्लागी भएको छ । बुधबार खाना पकाउने क्र्रममा ग्याँसको सिलिन्डर एक्कासी पड्केर आग्लागी भएको हो । टहरामा रहेका सम्पूर्ण सामान जलेर खरानीमा परिणत भएपछि यतिखेर यी दम्पत्ती परिवार बिचल्लीमा परेको स्थाई घर खोटाङ जिल्ला भई हाल कपनमा बस्दै आएको रबि चाम्लिङले कलाखबरलाई जानकारी दिए ।

सिलिन्डर पड्केर टहरामा आग्लागी,लत्ताकपडादेखि सबै सामान जलेर खरानी भए पछि दम्पती परिवारको बिचल्ली

केही समयदेखि मदन राई आफू मृगौला पीडित भएकोले उपचारका लागि जग्गा भाडामा लिएर टहरा बनाएको पनि चाम्लिङले बताए । हाल उनले विभिन्न सहयोगीहरुबाट उठेको रकमले निधान हस्पिटलमा मृगौला डाइनासिस गर्दै आएको पनि उहाँले बताए । टहरामा भएका सम्पूर्ण सामान जलेर खरानी भए पछि अहिले निकै कारुणिक र दयनीय जीवन विताउन बाध्य भएकोले समाचारको माध्यमबाट सहयोगी दाता खोज्न पनि उहाले अपिल गर्नु भयो ।

पीडित परिवारको सम्पर्क नम्बर उहाले उलब्ध गराए पछि कलाखबर युनिटले पनि पीडित परिवारसँग केही जानकारी लिएको थियो । सोही क्र्रममा आग्लागीबाट मदन राईको पत्नी पम्फा राईको पुरै शरीर जलेर गम्भिर घाईते भएको सँगै बस्ने छिमेकी दक्षा राईले जानकारी दिइन् । आग्लागीबाट शरीरमा रहेको एक सरो कपडा बाहेक केही पनि बाँकी नरहेको पनि उहाँले जानकारी दिइन् ।

सिलिन्डर पड्केर टहरामा आग्लागी,लत्ताकपडादेखि सबै सामान जलेर खरानी भए पछि दम्पती परिवारको बिचल्ली

अहिले उनीहरु स्थानीयहरुको सहयोगमा रासनपानी लत्ताकपडा दिएर सटरमा राखिएको पनि उहाँले बताइन् । स्थाई घर खोटाङ जिल्लाको दोवरत्न गाँउपालिका वडा नं १२ खिरुङले रहेको दम्पत्ती चार जनाको परिवार सहित उपचारको लागि धापाखेलमा बस्दै आएको पनि राईले बताइन् ।

सिलिन्डर पड्केर टहरामा आग्लागी,लत्ताकपडादेखि सबै सामान जलेर खरानी भए पछि दम्पती परिवारको बिचल्ली

एक हप्ता अगाडी मात्र मृगौला पीडित मदन राईको बुबाको निधन भएको घाउ सेलाउन नपाउदै टहरामा आग्लागीको क्र्रममा श्रीमती पम्फा राई जलेर गम्भिर घाइते भएको पनी उनले सुनाइन् । आग्लागीबाट नागरिक्तादेखि हस्पिटलको सबै कागजात समेत जलेर नष्ट भएको छ ।

श्रीमान अगाडिदेखि नै मृगौला पीडित हुन् भने श्रीमती आग्लागीबाट घाइते भए पछि अहिले यी परिवार निकै बिचल्लीमा परेका छन् । उनीहरुसँग अर्को टहरा बनाउने पैसा समेत नभएको एक महिलाले बताए ।

सिलिन्डर पड्केर टहरामा आग्लागी,लत्ताकपडादेखि सबै सामान जलेर खरानी भए पछि दम्पती परिवारको बिचल्ली
कलाखबरबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्