Logo

कोरोना भाइरस सङ्क्रमण सङ्क्रमित ५४ पुगे, कहाँ छन् सङ्क्रमित?


मङ्गलवार रौतहट जिल्लास्थित दुई छुट्टाछुट्टै क्वारन्टीनमा राखिएकामध्ये दुईजनामा कोरोनाभाइरस सङ्क्रमण रहेको पुष्टि भएको छ।

उनीहरूको प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गरिएको थियो।

तर त्यहाँको परीक्षण नतिजा अनुसार उनीहरूमा सङ्क्रमण देखिएको थिएन।

रौतहट जिल्लाको वृन्दाबन नगरपालिका करुनिया निवासी २४ वर्षीय युवक र अर्का देवाही गोनाही नगरपालिकाको ३५ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ।

प्रादेशिक अस्पतालमा सङ्क्रमण नदेखिएको उनीहरूको राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको थप परीक्षणमा मङ्गलवार सङ्क्रमण देखिएको हो।

कहाँ छन् सङ्क्रमित?

करुनियाका युवक भारतको दिल्लीबाट गत वैशाख ४ गते नेपाल आएको र उनलाई बैशाख ६ गतेदेखि देवाही गोनाही नगरपालिकामा बनाइएको क्वारन्टीनमा राखिएको थियो।

उनी कोरोनाभाइरस सङ्क्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले जनाएका छन्।

कोरोना भाइरस सङ्क्रमण

त्यसैगरि,वृन्दाबनका अर्का सङ्क्रमित रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकास्थित क्वारन्टीनमा १६ दिन बसेर यही वैशाख ६ गते घर फर्केका थिए।

रोजगारीको सिलसिलामा भारतको कोलकातामा रहँदै आएका उनी चैत २२ गते नेपाल प्रवेश गरेका थिए।

दुवैजनाको घर भएको वडामा द्रुत परीक्षण (आरडीटी) गर्ने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्