Logo

थुलुङ दुधकोसीले आज ३ सय जना फर्काउँदै


सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाले काठमाण्डौमा रहेका थुलुङ दुधकोसी गाउँपालिकाका तीन सय जनालाई आज शुक्रबार घर फर्काउने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण सरकारले गरेको लक डाउनका कारण अप्ठ्यारो अवस्थामा परेका काठमाण्डौमा रहेका गाउँपालिकाको लोखिम, देउसा, मुक्ली र कांगेलका ३ सय जना साँझ ७ः३० बजे फर्काउने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष असिम राईले सामाजिक सञ्जालमार्फत् जानकारी दिएकाछन् ।

आफै काठमाण्डौ पुगेका अध्यक्ष राईले शुक्रबार साँझ १० वटा मिनिबस काठमाण्डौवाट थुलुङ दुधकोसी गाउँपालिकाका लागि छुट्ने बताए । गाउँपालिका फर्कन चाहनेले गाउँपालिकाको नियम अनिवार्य रुपमा पालना गर्नुपर्ने र खाना तथा पानीको व्यवस्था आफै गर्नुपर्ने समेत उनले बताएकाछन् ।

यस अघि गाउँकार्यपालिकाको बैठकले पालिका बाहिर असहज अवस्थामा रहेका नागरिकलाई थुलुङ दुधकोशी गाउँपालिकाले उद्दार गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमणका कारण उत्पन्न असहज अवस्थामा रहेका र गाउँपालिका फर्कन चाहने आफ्ना नागरिकलाई गाउँपालिकामा फर्काउन १४ दिनको अनिवार्य एकान्तवास बस्नुपर्ने, गाउँपालिकाले गरेको निर्णयको पूर्ण पालना गर्ने पर्ने र गाउँपालिकाले व्यवस्था गरेको सवारी साधनमा सुरक्षित रुपमा आउनु पर्ने शर्त राखेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्