Logo

सगरमाथामा आधार शिविर फाइभजी विस्तार गर्‍यो चीनले


एजेन्सी -संसारकै अग्लो हिमाल सगरमाथामा फाइभजी मोबाइल नेटवर्क पुगेको छ। गएको शनिबार चीनतर्फको सगरमाथा आधार शिविरमा फाइभजी नेटवर्क विस्तार भएको हो।

चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार उक्त क्षेत्रमा चाइना मोबाइल र हुवावेले सयुक्त रूपमा फाइभजी नेटवर्क विस्तार गरेका हुन्।

योसँगै संसारकै अग्लो ठाउँमा फाइभजी विस्तार भएको छ।

ग्राहकका हिसाबले संसारकै ठूलो टेलिकम चाइना मोबाइलले सगरमाथा क्षेत्रको ५ हजार ३ सय,५ हजार ८ सय र ६ हजार ५ सय मिटरको उचाइमा स्टेशन राखेको छ। यी स्टेशनबाट त्यो क्षेत्रमा फाइभजी नेटवर्कले काम गर्ने छ।

१० लाख अमेरिकी डलर खर्चमा विस्तार भएको यो नेटवर्कको परीक्षण गति डाउनलोडमा ७०० एमबिपिएस र अपलोडमा २२३ एमबिपिएस रहेको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्