Logo

नेपालमा पहिचान आन्दोलनका नेताहरुको दक्षिणपन्थी राजनीति र परिणाम-गोपाल किराती


 

सम्बत २००७ उप्रान्त तागाधारी-मतवाली भन्ने गरिएको मुद्दालाई ०४६ उप्रान्त जातीय मुक्तिको आन्दोलन भनियो। आन्तरिक राष्ट्रीयता व्यवस्थापनको प्रश्नमा “जातीय मुक्ति” को पदावली वैज्ञानिक थियो। तर, प्रथम संविधानसभा वरपर “पहिचान” भन्न थालियो। भारतीय हिन्दी भाषाको “पहचान” शब्द नेपालको मधेसमा आएर “पहिचान” बन्यो। त्यही पदावलीलाई संविधानसभाको राज्य पुन:संरचना समितिले अवलम्बन गर्यो। यसरी नेपालमा उत्पीडित जाति समुदायको राजनीतिक, आर्थिक, साँस्कृतिक आन्दोलनलाई “पहिचान आन्दोलन” भन्न थालियो।

प्रस्तुत मुद्दा उठाउने विभिन्न समयका विभिन्न नेताहरुको वैचारिक-राजनीतिक चिन्तन र चरित्र कुन हदसम्मको दक्षिणपन्थी थियो, जो स्वभाविक रुपमा बिसर्जनको शिकार बन्यो। त्यसवारे अघिल्लो सुनी जानेको र पछिल्लो देखि जानेको अधारमा संक्षिप्त बिवरण:

१. सम्बत २०११ मा, तेह्रथुममा लिम्बुवानका सुब्बाहरुको चुम्लुङ बस्यो। चुम्लुङ्ले ललितबहादुर तुम्बाहाम्फेको प्रधानमन्त्रीत्वमा लिम्बुवान सरकार गठन गर्यो। प्रधानमन्त्री तुम्बाहाम्फेको नेतृत्वमा लिम्बुवान सरकारको प्रतिनिधि मण्डल राजा महेन्द्र समक्ष नारायणहिटी पुग्यो र लिम्बुवान सरकारको अनुमोदनका निमित्त माग गर्यो।

केही महिनापछि महेन्द्र शाह झापा पुगेर तुम्बाहाम्फेलाई बोलाए। तुम्बाहाम्फे उपस्थित भए। जमिनको मौजा देखाउदै महेन्द्रले भने रे -“यो २४ बिघा जमिन खानु, अरु चुपचाप् बस्नु।” अब लिम्बुवान सरकार सकियो।

२. संसदीय निर्वाचन ०१५ मा नेपाली कांग्रेसले बहुमतको सरकार बनाएपछि राज्य प्रशासनमा पहडिया बाहुनहरुको प्रभूत्व बढ्यो। परिणाम, “पहाडिया बाहुनवादी नेपाली कांग्रेस” बिरुद्द सिरहाका बेदानन्द झा नेतृत्वले “नेपाल तराई कांग्रेस” गठन गर्यो। रोचक के छ भने जब राजा महेन्द्रले ०१७ को सैनिक कदम उठाए, लगत्तै तराई कांग्रेसका सभापति बेदानन्द झा निर्दलीय पञ्चायतको मन्त्री बने। तराई कांग्रेस सकियो।

सर्वहारावर्गका गुरु माओले सिद्वान्त र ब्यवहारवीच तालमेलको उदाहरणमा भनेका छन- ´सिद्वान्त भनेको तीरको निशाना हो भने व्यवहार भनेको हातको धनुसबाट तीर हान्नु हो।` अत: ख्याल रहोस कि पहिचान र अधिकार खोजीको व्यवहार गर्नेले सर्वोच्च निशाना अर्थात सिद्वान्त अख्तियार गर्नैपर्छ।

३. नेपाली कांग्रेसको बाहुनवादी हैकम बिरुद्द जनजाति समुदायका केहीले ०१६ मा खगेन्द्रजंग गुरुङ नेतृत्वमा “मतवाली कांग्रेस” गठन गरे। अझ रोचक परिणाम, महेन्द्रको सैनिक कदमसंगै मतवाली कांग्रेसका सभापति खगेन्द्रजंग गुरुङ निर्दलीय पञ्चायतका सहायक मन्त्री बने। त्यस समूहका अरु नेताहरु क्रमश: काजीमान कन्दङ्वा र मकरबहादुर बान्तवा अञ्चलाधीश, सन्तकुमार चौधरी रापंस तथा अर्का सन्तवीर लामा झापामा मौजावाल र पछि डोल्मा घडीको मालिक बने।
मतवाली कांग्रेस सकियो।

पञ्चायती कालको अन्ततिर लिम्बुवान मुक्तिमोर्चा गठन गरेका वीर नेम्बाङ मार्क्सवाद बिरोधी थिए। बहुदलसंगै देखिएका गोपाल गुरुङ त बिरोधी छँदै थिए, पछिल्लो समय अशोक राई र बाबुराम भट्टराई जस्तै मार्क्सवाद परित्याग गरेका गोरेबहादुर खपाङ्गी नारायणहिटी प्रवेशमा रमाए।

०४६ को बहुदल उप्रान्त देखा परेका मार्क्सवाद बिरोधी जातीय- क्षेत्रीय मुक्तिमोर्चा र त्यसका अध्यक्षहरु भगत सुब्बा, पदम पाख्रीन, ललन चौधरी, खुशिमान गुरुङ, एचबी थापा, डम्बर अवस्थीहरु बिस्मृत छन्। कर्णाली मुक्तिमोचाका सुप्रीमो प्रेम कैदी ठकुरी राजतन्त्र पुनर्स्थापनाको प्रतिगमनमा देखिन्छन्।

परन्तु, मार्क्सवादी बिचारको तत्कालीन खरामो तथा पछिल्लो किरात वर्कर्स पार्टी भने माओवादी कम्युनिस्ट आन्दोलनमा विकास गरियो।

* * *
सर्वप्रथम नेपाली कांग्रेसको बिपी कोइराला सरकार नै मुख्य जिम्मेवार थियो, जसले प्रजातन्त्रको नारामा जातिवाद र क्षेत्रवाद थोपर्यो। परन्तु, बाहुनवाद बिरुद्द जातीय- क्षेत्रीय सवाल उठाउने नेताहरु पनि प्रतिगामी र प्रतिगमनको पनि भरौटे बन्न पुगे। दक्षिणपन्थी राजनीतिको स्वभाविक परिणाम पहिचान आन्दोलनको खुलेआम बिसर्जन भयो।

२००७ अघि ब्राम्हणहरु प्रत्यक्ष सत्ता सञ्चालनमा थिएनन्। हिन्दु बर्णव्यवस्था आधारित राणाशासनमा राज्यको कार्यकारी हर्ताकर्ता सबै खस-क्षेत्रीहरु मात्र थिए। जब राणाशासन ढल्यो, क्षेत्रीहरु सत्ता राजनीतिको पृष्ठमा धकेलिए, अग्रभागमाथि बाहुन एकाधिकार प्रदर्शन गरियो। जुन स्थिति क्षेत्रीका निमित्त स्वीकार्य थिएन। यहिँनिर महेन्द्र शाहले सैनिक ´कु` द्वारा बहुदल बिरुद्द कदम उठाउने सु-अवसर प्राप्त गरेका हुन्।

पुजीवादी चरित्रकै भए पनि त्यस बेला आदोलनकारी दलको परिचयमा दुई तिहाई बहुमत हासिल गरेको नेपाली कांग्रेसले सर्वजातीय प्रजातन्त्र अभ्यास गर्न सक्नु पर्थ्यो। मुर्खतापूर्वक बाहुन प्रजातन्त्र प्रदर्शन गर्दा ३० बर्ससम्म स्वयं कांग्रेस राजनीतिक दलित, मधेसी अनि जनजाति बन्न बाध्य भयो। कांग्रेसी बाहुनवाद बिरुद्द पहिचान र अधिकार खोज्दै राजदरवार पसेका मधेसी- जनजातिहरु त ´उम्केको माछा भुङ्ग्रोमा` हुने नै भए।

* * *
कोरोना बन्देजको समय सामजिक सञ्जालमा डा. कृष्ण भट्टचनको भनाई भन्दै छ्यास्स देखियो-´मार्क्सवाद र पुजीवाद दुवै मुर्दावाद!` यो सत्य हो भने त्यसको वैज्ञानिक निर्ष्कष हुन्छ- पहिचानवादीहरु फेरि पनि स्टेफन हकिङ्को ब्ल्याक होलमा खस्ने भए !

सर्वहारावर्गका गुरु माओले सिद्वान्त र ब्यवहारवीच तालमेलको उदाहरणमा भनेका छन- ´सिद्वान्त भनेको तीरको निशाना हो भने व्यवहार भनेको हातको धनुसबाट तीर हान्नु हो।` अत: ख्याल रहोस कि पहिचान र अधिकार खोजीको व्यवहार गर्नेले सर्वोच्च निशाना अर्थात सिद्वान्त अख्तियार गर्नैपर्छ। यहिँनिर जातिहरुको न्यायपूर्ण आन्दोलनको सिद्वान्त मार्क्सवाद-लेनिनवाद-माओवादको वैज्ञानिक अपरिहार्यता स्पष्ट्र हुन्छ। बाघको खजना बोकेर मात्र स्याल पनि मार्न सकिने पुर्खौली अनुभव पनि यहिँनिर ब्यक्त हुन्छ।

कुनै समय पुजीवाद पनि प्रगतिशील थियो। प्रगतिशील चरित्रमा हुँदा त्यसले पनि जातिहरुको मुक्ति गर्दथ्यो। परन्तु, आज पुजीवादी विचारधारा साम्राज्यवादमा पतन भएको छ। साम्राज्यवाद भनेको दलित, जनजाति वा मधेसीमा सीमित हुदैन, पुरै देश खाने दुश्मन हो त्यो। त्यस्तो साम्राज्यवादी दुश्मनको मुट्ठीमा केन्द्रीत पुजीवादी राजनीतिले यहाँ जातिहरुको मुक्ति गर्दैन भन्ने तथ्य आजको पुस्ताले बुझ्नै पर्छ। अन्यथा इतिहासबाट शिक्षा नलिएको ठहर्छ।

मार्क्सवादको प्रश्नमा पनि कम्युनिस्टको नाममा पुजीवादको व्यवहार गर्ने संशोधनवादले जातिहरुको मुक्ति गर्दैन, भन्ने तथ्य खड्ग ओली र प्रचण्डलाई हेरे पुग्छ। अत: उदाहरणमा जनयुद्दकालीन माओवादी कम्युनिस्ट जस्तो वैज्ञानिक सिद्वान्त र क्रान्तिकारी ब्यवहार गर्न सक्षम पार्टी निर्माण गर्नुपर्छ। भर्खरैको भिषण माओवादी आन्दोलनको पृष्ठभूमि वा विरासतमा यो सम्भव छ।

अत: पहिचान पक्षधर जनसमुदाय विज्ञान बिरोधी राजनीतिबाट बेलैमा सावधान रहनु पर्छ। (गोपाल किराती नेकपा माओबादी केन्द्रको पार्टी अध्यक्ष हुनुहुन्छ ।)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्