अहं प्रश्न: नेपाली समाज तथा राजनीतिका पराधीन सम्बन्धहरु

१. भाषा

नेपाल राज्यमा सरकारी कामकाजको भाषा खस-नेपाली हो, जुन भारोपेली भाषा परिवारमा पर्दछ। बिडम्बना, हिजो आफ्नो विकासक्रममा देशभित्रका यावत मातृभाषाहरुलाई ´मान्छे खाने, गाई-गोरु खाने` अभियोग करार गर्दै सँस्कृत, हिन्दी, बंगालीका शब्दहरुमा अवाञ्छित निर्भरता बढाएको खस-नेपाली भाषा राष्ग्ट्रीय आत्मबेचुवा शासकहरुको दलाल प्रबृत्तिका कारण क्रमश: अंग्रेजीकरणको शिकार बनेर मर्ने जोखिममा छ।

२. धर्म

* पृथ्बीनारायण शाहले नेपाललाई “असली हिन्दुस्तान” बनाउने भनेछन्। जबकि वास्तविक हिन्दुस्तान गंगा मैदान केन्द्रीत भारत हो। तर, पृथ्बीनारायणका खास उत्तराधिकारी राजा महेन्द्रले, जहाँ जातव्यवस्थाको चरम उत्पीडनकारी ताण्डप फैल्याइएको छ, “बिदेशी धर्म” भनिएको पक्षलाई उर्वर भूमि दिलाउने गरी हिन्दु अधिराज्य घोशित गरे। कांग्रेस- एमाले प्रबृत्ति त्यही उध्योगमा देखिन्छन्।

* नेपाली समाजको सत्यनारायण तथा रुद्री पुजामा गराइने संकल्प मन्त्रमा भनिन्छ- “जम्बो द्विपे, भारत खण्डे, उत्तर प्रदेशे, कैरात देशे…..।” प्रा. माणिकलाल श्रेश्ठ अनुसार प्राचीन समय नेपाललाई “कैरात” अथवा “किरात देश” भनिन्थ्यो। सँस्कृत भाशाको उपरोक्त संकल्प मन्त्रले कैरात देश नेपाललाई, धाँधलीपूर्वक “भारतको खण्ड” करार गरिरहेछ।

* पशुपतिमा घुसेको भारतीय साँस्कृतिक उपनिवेशवादको अखडा ध्वस्त पार्न माओवादी सरकारले भारतीय भट्टहरु हटायो र त्यहाँ नेपाली ब्राम्हण भट्ट नियुक्त गरियो। तर, माधव नेपाल नामका कठपुतली सारकारका प्रधानमन्त्रीले नेपाली भट्ट हटाए तथा भारतीय भट्ट खोजी ल्याएर दलालीपूर्वक पुनर्स्थापना गरे।।

३. साँस्कृतिक परम्परा

नेपालमा राज्य प्रशासनको प्रभूत्वशाली खस-आर्य समुदायबाट मृतकको अस्तु सेलाउन अनिवार्य गंगा नदीमा पुर्याउने गरिन्छ।

अहं प्रश्न: नेपाली समाज तथा राजनीतिका पराधीन सम्बन्धहरु-गोपाल किराती

४. संगीत

खस-नेपाली भाषाको सांगितिक सुत्र “सारेगमपधनिशा” भारतीय संगीत सुत्र हो।

५. साहित्य

भारतीय कथा “रामायण” लाई राणाशासनले भरमार प्रोत्साहित गर्यो। जसै महाभारत, गीता, चण्डी जस्ता अनेक भारतीय साहित्य नेपाली समाजमा परम्परागत तुल्याउने शासकीय हैकम बलात् थोपरियो।

आधारभूत प्रश्नमा श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तहरुको संयुक्त राज्यसत्ता निर्माण तथा समाजवादी निर्वाचन प्रणाली वैज्ञानिक समाधान हुने प्रष्ट्र छ। देशभक्त जनक्रान्तिलाई केन्द्रमा राखेर गरिने समीक्षा तथा आत्मसमीक्षाले स्वाधीन र समृद्व नेपाल सुनिश्चित नगरी सुखै छैन ! 

६. राजनीति

* प्रधानमन्त्री भीमसेन थापाको दृढ प्रतिरोधका बावजुद नारायणहिटी दरवारका धर्म गुरु गजराज मिश्र- चन्द्रशेखर उपाधायले गद्दारी गर्दा सन् १८१६ को घातक सुगौली सन्धि थोपरियो।

* राणा जंगबहादुरले नेपाललाई सम्पूर्ण शक्तिसाथ अंग्रेज-भारत निर्भर तुल्याए। सन् १९५० को असमान सन्धि र नेपालको भूमि तथा सीमा अतिक्रमण त्यही सुगौली सन्धि र राणाशाहीद्वारा राष्ग्ट्रीय आत्मसमर्पणवादका परिणाम हुन। फेरी, सुगौली सन्धिलाई पूर्णता दिन खड्ग ओली सरकार इण्डो-प्यासिफिक सैन्य रणनीतिमा संलग्नता र एमसिसी सम्झौतामा लम्पसार परेको छ।

* संसदीय चौकीदार नेपाली कांग्रेस खुलेआम भारतीय कांग्रेसको प्रतिलिपि रहँदै आएको छ। त्यसैकारण नेपालको आन्तरिक राजनीतिमा प्रतिस्पर्धा गर्न खड्ग ओली तथा प्रचण्डहरु पनि दिल्लीको सेवामा तल्लीन् हुने गर्छन्।

* नेपालका प्रधानमन्त्रीहरु सर्वप्रथम भारत भ्रमण गर्छन् र दिल्लीको सम्राट समक्ष आफू नेपालमा कार्यकारी प्रमुख बनेको जाहेरी बक्साउँछन्। खड्ग ओलीले त झन प्रधानमन्त्रीय सपथग्रहणमा हाजिर भएर मोदी सम्राटको राज्याभिशेक नै गरे।

* बहुमतको खड्ग ओली सरकार बनेयता प्रत्यक नेपालीको थाप्लोमाथि ५० हजार पुग्ने गरी बैदेशिक ॠणभार बढाइएको छ।

* सुगौली सन्धिको घातक उत्तरदान गोर्खा भर्ती यथावत छ। गोजीमा नेपाली नागरिकताको प्रमाणपत्र बोकेर भारत या बेलायतको सैनिक झण्डा मुनि सपथग्रहण परम्परामा नेपाली सार्वभौमिकताको हालत के हुदैछ?

७. सम्बत

नेपाल राज्यको आधिकारिक सम्बत बिक्रम सम्बत हो, जुन भारतीय राजा बिक्रमादित्यको नाममा प्रचलित थियो, भन्ने किम्बदन्ती छ।

स्वाधीनताको समाधानका लागि देशभक्तिपूर्ण बहस अभियान आयोजना गरियोस्। आधारभूत प्रश्नमा श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तहरुको संयुक्त राज्यसत्ता निर्माण तथा समाजवादी निर्वाचन प्रणाली वैज्ञानिक समाधान हुने प्रष्ट्र छ। देशभक्त जनक्रान्तिलाई केन्द्रमा राखेर गरिने समीक्षा तथा आत्मसमीक्षाले स्वाधीन र समृद्व नेपाल सुनिश्चित नगरी सुखै छैन !

(गोपाल किराती नेकपा माओबादी केन्द्र पार्टिको अध्यक्ष हुनुहुन्छ । )