साथीहरु समक्ष नेक दर्खास्त- सिद्वान्त बिरोधी टिप्पणी बन्द गरियोस
-गोपाल किराती
‘फ्रेन्ड’ माने साथीहरु समक्ष नेक दर्खास्त- सिद्वान्त बिरोधी टिप्पणी बन्द गरियोस् ! तपाईं सही सिद्वान्तमा सहमत तथा गलत सिद्वान्तमा असहमत रहन सक्नु हुन्छ। तथ्यको आधारमा सत्य साबित वैज्ञानिक सिद्वान्तको समर्थन र अवैज्ञानिक सिद्वान्तको बिरोध गर्ने स्वतन्त्रता जो कसैलाई छ र हुनेछ। तर, कतिपय मानिस सिद्वान्त कर्मलाई अपराध ठहर्याउदै, आक्रमण गर्दै भन्छन्-´सिद्वान्तको कुरा नगर!`
जबकि सिद्वान्त बिनाको जीवन हुदैन। सिद्वान्त बिनाको पदार्थ या कुनै गति र अस्तित्व हुदैन। सुन्य, जसको अर्थ हुन्छ- केही पनि होइन वा छैन। परन्तु, सुन्य स्वयं एउटा सिद्वान्त हो। अझ सुन्यलाई समेत बिभक्त गर्ने सिद्वान्त छ। त्यो हो- धनात्मक सुन्य र ॠनात्मक सुन्यको सिद्वान्त। निस्चित कार्यदिशा नभएको गड्यौला समेत सिद्वान्त बिना बाँच्न र मर्न सक्दैन। गड्यौलाको उम्रने र बाँच्ने सिद्वान्त अनुकुल पर्यावरण तथा माटो होला भने मर्ने सिद्वान्त पदार्थ या जीवको रुपान्तरण। अत: प्रकृति प्रदत्त सर्वब्यापक सिद्वान्तको निरपेक्ष बिरोध हाँस्यास्पद, लज्जास्पद तथा पाखण्ड बाहेक अरु हुन सक्दैन।
प्राणी जगतको सर्बश्रेष्ठ मानव र उसको समाज, जसले सिद्वान्तहरु आबिष्कार गर्छ, प्रयोग र विकास गर्छ, सिद्वान्त बिना कसरी सम्भव हुन्छ ? के लट्ठी, ढुंगा र आगो प्रयोगको सिद्वान्त आबिष्कार नगरेको भए आजको मानव समाज जनावर भन्दा फरक हुन्थ्यो ? के फलाम प्रयोगको सिद्वान्त आविश्कार नगरेको भए पृथ्बीका सडक र सहरहरु, मोटर- जहाज, विज्ञान प्रबिधि र सभ्यता सम्भव हुन्थ्यो ? किमार्थ हुदैनथ्यो। तब केही मानिस सिद्वान्तकै बिरोध गर्छन् किन ?
निश्चय नै बिगत मूल नेतृत्वमा रहेका ब्यक्तिको पतनले क्षणिक कठिनाई उत्पन्न गर्छ। तर क्रान्तिकारी इतिहासले भन्छ, पेरिस कम्युन ढले पनि त्यो अक्टोबर समाजवादी क्रान्ति बनेर उदायो, गद्दार ख्रूश्चेबका कारण सोभियत समाजवाद ढले पनि त्यो माओ नेतृत्वमा महान सर्वहारा साँस्कृतिक क्रान्ति बनेर उदायो।
कारण हो, ती मानिस (जान अन्जानमा) बिघटनकारी सिद्वान्तबाट प्रभावित छन, जुन सिद्वान्त वैचारिक आत्महत्या गरेका ज्याक डेरिडाको उत्तर-आधुनिकतावाद हो, जसले Deconstruction अर्थात अनिर्माणवादको कोरोना भाईरस फैलाए। मार्क्सवाद पुरानोको ध्वंश र नयाँको निर्माण गर्ने, ध्वंश र निर्माणवीच समायोजनको द्वन्दात्मक भौतिकवादी सिद्वान्त हो भने डेरिडाको अनिर्माणवाद श्रमिकवर्गलाई सखाप पार्ने धमिरा सिद्वान्त। अनिर्माणवाद अन्तत: साम्राज्यवादको प्रोटिन बन्यो। तसर्थ सिद्वान्तको निरपेक्ष बिरोध गर्ने मानिसहरु सिद्वान्तत: अनिर्माणवादको बाटो भएर साम्राज्यवादकै निशुल्क सेवामा तल्लीन पाखण्डहरु हुन्।
जहाँसम्म माओवादी कम्युनिस्ट आन्दोलनमा हामी किन समर्पित भएर लागेका छौं भन्ने प्रश्न छ, विज्ञान र इतिहास दुवैले यसको शान्दार जवाफ दिएकै छ। विज्ञानको प्रश्नमा मार्क्सवाद-लेनिनवाद-माओवाद नै मानव मुक्तिको सर्बोच्च सिद्वान्त हो भने इतिहासको प्रश्नमा दशक अघिको माओवादी आन्दोलन फर्केर हेरे पुग्छ। जुन समय नेपालमा माओवादी आन्दोलन सशक्त रह्यो, ठिक त्यो समय उत्पीडित जनसमुह (श्रमिकवर्ग, जाति, क्षेत्र, महिला) को आन्दोलन पनि सशक्त बन्यो। जसै माओवादी आन्दोलन कम्जोर हुदै गयो, उत्पीडित जनसमुहको आन्दोलन पनि सेलाउदै गयो। यसले प्रमाणित गर्छ, माओवादी कम्युनिस्ट आन्दोलन समग्र हो भने अरु अंश।

के फेरि माओवादी आन्दोलन सशक्त बन्न सक्छ ? मार्क्सवाद भन्छ- इतिहासको निर्माता जनसमुदाय हुन ! अत: यो प्रश्नको फैसला नेपाली जनताको हातमा अन्तर्निहित छ। यदि जनताको राजनीतिक, आर्थिक, साँस्कृतिक मागहरु पूर्ण भएका हुन भने कुनै राजनीतिक आन्दोलन जरुरी छैन। माग पूर्ण भएका छैनन् भने बिगत जनयुद्व भन्दा दर्जन गुणा शक्तिशाली महान जनबिद्रोह अवश्यमभावी छ। जसले मात्र नेपालमा श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तहरुको संयुक्त राज्यसत्ता (समाजवादी गणतन्त्र) स्थापित गरिन्छ।
प्रचण्ड- बाबुराम वा कुनै ब्यक्तिको पतन नै नेपाली राजनीति र माओवादी वा कुनै आन्दोलन अन्त्यको मापदण्ड हुन सक्दैन। निश्चय नै बिगत मूल नेतृत्वमा रहेका ब्यक्तिको पतनले क्षणिक कठिनाई उत्पन्न गर्छ। तर क्रान्तिकारी इतिहासले भन्छ, पेरिस कम्युन ढले पनि त्यो अक्टोबर समाजवादी क्रान्ति बनेर उदायो, गद्दार ख्रूश्चेबका कारण सोभियत समाजवाद ढले पनि त्यो माओ नेतृत्वमा महान सर्वहारा साँस्कृतिक क्रान्ति बनेर उदायो। पेरु र नेपाली जनयुद्व पनि त्यस्तै प्रतिक्रान्ति बिरुद्द क्रान्तिका निरन्तरता हुन्। कोरोना प्रकोपले त झन पुजीवादी बिश्वव्यवस्थामै जोडदार धक्का हनेको छ र सर्वत्र देशभक्त समाजवाद वस्तुगत बिकल्प बन्दैछ।
यसरी नेपालमा सम्पूर्ण असफल क्रान्तिको ब्याजसहित महान जनबिद्रोह कोशी, गण्डकी र कर्णाली झैँ गड्गडाएर उठ्ने वस्तुस्थिति जाहेर हुँदो छ। माओवादी कम्युनिस्टको कार्यभार वैज्ञानिक विचारधारा र क्रान्तिकारी राजनितिक कार्यदिशा सहित सर्वहारावादी संगठनको आम तयारी हो।
अहिलेलाई धैर्यवान अनि शान्त र सावधान ! (गोपाल किराती नेकपा माओबादी केन्द्र पार्टिको अध्यक्ष हुनुहुन्छ ।)



