Logo

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने १० हजार नाघ्यो


बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।

बितेका २४ घण्टामा ७ सय ३७ जनाको ज्यान गएपछि बेलायतको मृतक संख्या १० हजार नाघेको हो।

संक्रमणका कारण बेलायतमा हालसम्म १० हजार ६ सय १२ जनाको ज्यान गइसकेको छ।

यसमा अस्पतालबाहिर भएको मृत्यु जोडिएको छैन।

कोरोना संक्रमणबाट मृतक संख्या १० हजार नाघ्ने बेलायत विश्वको पाँचै मुलुक हो।

बेलायतमा हालसम्म संक्रमितको संख्या ८४ हजार २ सय ७९ पुगेको छ।

युरोपमा बेलायत कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित देश मध्येको एक हो।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्